मुल्य वृद्धिको विरोधमा पिएन क्याम्पस अगाडी प्रर्दशन
पाेखरा | असार ८, २०७९
कास्की : पेट्रोलियम पदार्थ तथा ग्यासको मुल्य वृद्धि गरेसँगै पृथ्वीनारायण क्याम्पस गेट अगाडी अनेरास्ववियुुले विरोध प्रदेशन गरेको छ ।
५० बढि विद्यार्थीको सँख्यामा आज (बुधबार) दाउरा बालेर चिया पकाएर, पेट्रोलको मुल्य अनुसार मोटरसाइकललाई विक्रिमा राखेर र मुखमा टेप लगाएर विरोध गरेको हो ।
कोणसभालाई सम्बोधन गर्दै क्याम्पस कमिटिका अध्यक्ष विष्णु पोखरेलले सरकारले नागरिकलाई राहत दिनुको सट्टा चरम मुल्य वृद्धि गरेर जनताको ढाड सेकेको आरोप लगाए ।
यसैगरि केन्दिय सदस्य अनुप लामिछानेले राज्यले जनतालाई संकटबाट मुक्त गराउन नचाहेको टिप्पणी गरे । ‘राज्यले अभिभाकत्व लिनुपर्ने समयमा मौन बस्दै जनतालाई पीडामाथि पीडा थपिरहेको छ, उनले भने, ‘यस्तो चरम वृद्धि हामीलाई स्वीकार्य छैन । यो कदम सरासर गलत छ ।त्यसैले निर्णय फिर्ता लिइयोस ।’
प्रर्दशनका क्रममा ‘शेरे चोर यो देश छोड, शेरेको चमत्कार मुल्य वृद्धि र भ्रष्टाचार र अरु हामि जान्दैनौ मुल्य वृद्वि मान्दैनौ’ लगायतका नारा लगाएका थिए ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

