नगरबस दुर्घटना फलोअप:  तीन गम्भिर, चार जना सामान्य घाइते (नामावली सहित)

पाेखरा | कात्तिक १२, २०८०

नगरबस दुर्घटना फलोअप:  तीन गम्भिर, चार जना सामान्य घाइते (नामावली सहित)

पोखरा:    पोखरामा नगरबस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । पोखराबाट पुम्दीभुम्दीस्थित शान्तिस्टुपा जाँदै गरेको नगरबस दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् । 


पोखराबाट पुम्दीभुम्दी जाँदै गरेको ग १ ख ८५८५ नम्बरको बस घैयाखेतमा आज दुर्घटना भएको हो । बसमा ३५ जना सवार रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । 


बस दुर्घटना हुँदा घाइते भएका सात जना मध्य उत्तम बहादुर गुरुङ, रिमा कार्की र बुद्धिराज सुवेदीको  अवस्था गम्भिर रहेको ट्राफिक कार्यालय कास्कीले जनाएको छ । बसमा ३५ जना सवार रहेको प्रहरीले जनाएको छ । 


घाइतेहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


बसमा सवार यात्रुको नामावलीसहित

अनिता थापा, बिनिता न्यौपाने, सीता शर्मा, उत्तम बहादुर गुरुङ, सुस्मिता तिवारी, बिशाल न्यौपाने, अजय त्रिपाठी, सुसान पौडेल, सीता शेर्पा, रेखा बस्नेत, समर बस्नेत, बिनिता पराजुली, मञ्जली सुनार, चन्द्रमा पौडेल, प्रभा पराजुली, तारा पराजुली, सुरक्षा रिमाल, चन्द्र प्रसाद पराजुली, गीता गुरुङ, राधिका थापा, सुरेश निरौला, इसु निरौला, रीमा कार्की, बुद्धिराज सुवेदी, रेवती कार्की, ग्रीस थापा, कल्पना सिग्देल, बिबेक शर्मा, रोशनी बस्नेत, सीता गुरुङ, सृष्टी गुरुङ, सुवाश गुरुङ रहेका छन् । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्