बुद्धिचाल महासंघको कार्यवाहक अध्यक्षमा महर्जन

काठमाडाैं | कात्तिक १२, २०८०

बुद्धिचाल महासंघको कार्यवाहक अध्यक्षमा महर्जन

नेपाल बुद्धिचाल महासंघको कार्यवाहक अध्यक्षमा हेराकाजी महर्जन नियुक्त हुनुभएको छ । महासंघको नवौं कार्यसमितिको बैठकअघि अध्यक्ष विदुरप्रसाद गौतमले कार्य व्यस्तताको कारण देखाएर वरिष्ठ उपाध्यक्ष रहेका महर्जनलाई राजीनामा पत्र हस्तान्तरण गर्नुभएको थियो ।

 

गौतमको उपस्थित रहेको बैठकले राजीनामा स्वीकृत गरेपछि महासंघ विधान बमोजिम अध्यक्षले गर्ने सम्पूर्ण कार्यकारी अधिकारसहित महर्जनलाई अध्यक्षमा सर्व सहमतिले निर्णय महासंघले गरेको छ ।

 

२०५५ सालमा बुद्धिचाल  खेलाडीका रुपमा जीवन सुरु गरेका महर्जन २०६२ सालमा केन्द्रीय कार्यसमितिमा छिनुभएको थियो ।

 

त्यसपछि उहाँ संघको सचिव, महासचिव र उपाध्यक्ष हुँदै गत वैशाखमा सम्पन्न साधारणसभामा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । यसअघि, २०७२ देखि २०७६ सम्म उहाँले ललितपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षको जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गर्नुभएको थियो ।

 

कार्यवाहक अध्यक्षको पदभार ग्रहण गर्दै महर्जनले बुद्धिचाल खेल बिकास र विस्तार गर्ने कार्यमा सबैलाई समेतेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कास्की:    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का प्रतिनिधिले पोखरा रङ्गशालास्थित क्रिकेट खेल मैदानको आज निरीक्षण गरेका छन् ।  आइसिसीको टोलीले सन् २०२७ मा हुने १९ वर्षमुनिको महिला विश्वकपका ...

थप पढ्नुहोस्

काठमाडौं:    स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिलगायत आवासीय चिकित्सकका छ वटा सङ्घ संस्थाले आवासीय चिकित्सकको निर्वाह भत्तामा एकरुपता नल्याए सडकमा उत्रिन बाध्य हुने बताएका छन् । सामूहि...

थप पढ्नुहोस्

ढोरपाटन:    बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न थालेका छन् । सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको सङ्ख्या बढेपछि काठेखोला, गलकोट, जैमिनीका बस्तीहरु सुनसान बन्दै गएका हुन् । स्थानी...

थप पढ्नुहोस्