हजारको नक्कली नोटसहित लगनखेलबाट एक जना पक्राउ
काठमाडाैं | असोज २९, २०८०
सांकेतिक तस्बिर
प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। ललितपुर महानगरपालिका वडा नम्बर ५ लगनखेल बसपार्कबाट एक जनालाई नक्कली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले बताए।
प्रहरीले मकवानपुरगढी गाउँपालिका घर भई ललितपुरको झरूवासी बस्ने ३२ वर्षीय कुमार वाइबालाई आइतबार बेलुकी पक्राउ गरेको हो। उनलाई प्रहरी प्रभाग लगनखेलबाट खटिएको टोलीले पक्राउ गरेको हो। वाइबाको साथबाट एक हजारका नक्कली नोट ११ वटा बरामद भएको हो।
वाइबा नक्कली नोट लिएर लगनखेलको खुद्रा व्यवसाय गर्ने एक पसल पुगेका थिए। उनले त्यहाँ चुरोट किन खोजेका थिए। तर पैसा नक्कली परेको थाहा पाएपछि पसलेले प्रहरीलाई खबर गरेका थिए।त्यसपछि प्रहरीले वाइबालाई नियन्त्रणमा लिएको थियो। उनको साथबाट नक्कली नोट बरामद पनि बरामद भएको थियो।
नक्कली नोट प्रयोग गर्दा विशेषगरी थोरै मूल्यको सामान खरिद गरी सक्कली नोट फिर्ता लिने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको परिसरले जनाएको छ।
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

