जसपाद्वारा जिल्ला समिति पुनर्गठन
काठमाडाैं | असोज २८, २०८०

काठमाडौँ: जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना विभिन्न पाँच जिल्ला समिति पुनर्गठन गरेको छ ।
भक्तपुर, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, धादिङ र इलाम जिल्ला समिति आज पुनर्गठन गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार भक्तपुरमा श्याम शिल्पकार, काभ्रेपलान्चोकमा वीरबहादुर तामाङ, सिन्धुपाल्चोकमा जगत् मोक्तान, धादिङमा इमानसिंह तामाङको अध्यक्षतामा जिल्ला समिति रूपान्तरण गरिएको छ ।
पुनर्गठित जिल्ला समिति २१ सदस्यीय रहेको सो पार्टीले जनाएको छ । आजै इलाम जिल्ला समिति पनि पुनर्गठन भएको छ । छिकिन तामाङको अध्यक्षतामा पुनर्गठित समिति ३१ सदस्यीय रहेको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताउनुभयो । रासस
पोखरा: पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो। गण्ड...
पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ । हरिताल...
पोखरा: उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हि...