इजरायलले भन्यो -गाजामा ६ हजार बम खसाल्यौँ

काठमाडाैं | असोज २६, २०८०

इजरायलले भन्यो -गाजामा ६ हजार बम खसाल्यौँ Mohammed Abed/AFP/Getty Images

एजेन्सी​:   इजरायलले गाजामा हालसम्म ६ हजार बम खसालेको जनाएको छ, जसको कुल वजन चार हजार टन रहेको छ ।

 

इजरायलले विगत छ दिनमा गाजामा रहेका हमासको इलाकामा यी बमहरू खसालिएको जनाएको छ ।

 

इजरायली वायुसेनाले गाजामा हालसम्म ३ हजार ६ सय ठेगानामा आक्रमण गरेको जनाएको छ ।

 

अर्कोतर्फ प्यालेस्टाइनी अधिकारीहरूले इजरायलको बमबारीमा हालसम्म १ हजार ५ सय ३७ जनाको ज्यान गएको जनाएका छन्, जसमा ५ सय बालबालिका र २ सय ७६ जना महिला रहेका छन् ।

 

 

योसँगै हमासको आक्रमणमा हालसम्म १ हजार ३ सय इजरायली मारिएका छन् । हमासले करिब १ सय ५० इजरायलीलाई बन्धक बनाएको बताइएको छ ।

 

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्