‘अधिवेशन ऐतिहासिक भयो, अरु विषयतर्फ नलागौ’ –रश्मी आचार्य
पाेखरा | असोज २०, २०८०
पोखरा: हालै पोखरामा सम्पन्न नेकपा एमालेको प्रथम गण्डकी प्रदेश अधिवेशन ऐतिहासिक र लोकतान्त्रिक ढंगले सम्पन्न भएको युवानेता रश्मी आचार्यले जनाएका छन् ।
अधिवेशन सम्पन्न गर्न प्रचारप्रसार उपसमितिको संयोजकको भूमिकामा रहेका आचार्यले अधिवेशन लोकतान्त्रिक विधिबाट सम्पन्न भएको भन्दै यसले अन्य पार्टीमा पनि प्रतिष्पर्धाको विकल्प नभएको सन्देश दिएको उल्लेख गरे ।
‘एमालेमा आफ्ना मान्छेलाई पद बाँड्ने, टीका लगाइदिने भनेर जुन आलोचना गरिन्थ्यो, त्यसको जवाफ पनि हो हाम्रो अधिवेशन’ आचार्य भन्छन् ‘राजनीतिमा अवसर र प्रतिष्पर्धा दुबै हुनुपर्छ, मन र मत जित्नेले जिम्मेवारी पाउनुपर्छ ।’
यसअघि पार्टीको गण्डकी प्रदेश कमिटीमा उपसचिवको जिम्मेवारी सम्हालेका आचार्य स्वयं सचिवको उम्मेदवार थिए । निर्वाचनमा पराजय भोगेका आचार्यलाई पार्टीमा देखिएको गुटबन्दीबारे प्रश्न गर्दा उक्त विषयतर्फ प्रतिक्रिया दिन आवश्यक नरहेको टिप्पणी गरे ।
‘अधिवेशनका दौरान कसैलाई सर्वसम्मत गराउँदा टीके र अलोकतान्त्रिक भनि आलोचना गरिन्थ्यो, चुनाव गर्दा पनि गुटबन्दी भनिन्छ । प्रत्येक आलोचकलाई जवाफ दिँदै बस्न सकिँदैन’ आचार्यले भने ।
अधिवेशन सभ्य, भव्य र ऐतिहासिकरुपमा सम्पन्न भएको भन्दै उनले आफुलाई दिएको जिम्मेवारी पुरा गरेको बताए । पार्टीका नेता खगराज अधिकारीको प्यानलमार्फत उम्मेदवारी दिएका आचार्यले पद क्षणिक हुने भन्दै आज जसले जिम्मेवारी पाए भोली कोही अर्काेले पाउने भन्दै सामान्यरुपमा लिइदिन आग्रह गरे ।
‘पार्टी एक ढिक्का छ, हामी सबै एमाले हौं’ आचार्य भन्छन् ‘लोकतान्त्रि विधिमार्फत पदाधिकारी चयन भएका छन्’
अधिवेशनमा आचार्यले लमजुङका धनञ्जय दवाडीसँग प्रतिष्पर्धा गरेका थिए । मत परिणाम अनुसार दवाडीले ५ सय २० मत प्राप्त गर्दा आचार्यले ३ सय ६७ मत पाएका थिए ।
त्यस्तै, अधिवेशनबाट अध्यक्षमा म्याग्दीका नवराज शर्माले लमजुङकै मायानाथ अधिकारीलाई १ सय ६६ मतले पराजित गरे । अधिकारीले ३ सय ६५ मत प्राप्त गरेका थिए ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

