पत्रकार पौडेल एमाले गण्डकीको सदस्यमा निर्वाचित

पाेखरा | असोज १९, २०८०

पत्रकार पौडेल एमाले गण्डकीको सदस्यमा निर्वाचित

पोखरा:  नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट पत्रकार सुष्मा पौडेल सदस्य पदमा निर्वाचित भएकी छिन् । 

 

पोखरामा सम्पन्न भएको प्रथम अधिवेशनमा पत्रकार पौडेलले ६ सय ३० मत प्राप्त गर्दै खुला युवा महिला सदस्य सदस्य निर्वाचित भएकी हुन् ।  निर्वाचित पौडेल प्रेस चौतारी गण्डकी प्रदेशको इन्चार्ज हुन् ।

 

 युवा महिला पदमा ५ जनाको कोटाभएपनि ८ जनाको उम्मेदवारी परेपछि पौडेलसहित ५ जना निर्वाचित भए ।

 

सो पदमा सुरक्षा लामिछाने, सिर्जना केसी, अञ्जु केसी, छविकला पाण्डे निर्वाचित भएकी थिइन् ।

 

नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा, उपाध्यक्षमा स्याङ्जाको मीनप्रसाद गुरुङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, उपसचिवमा कास्कीका दानबहादुर विक र पर्वतकी मञ्जु अधिकारी ‘प्यासी’ महिला उपसचिवमा निर्वाचित भएका छन् । 
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्