पौडेलको सम्झनामा पिएन क्याम्पसमा दीप प्रज्वलन

पाेखरा | असोज १८, २०८०

पौडेलको सम्झनामा पिएन क्याम्पसमा दीप प्रज्वलन

पोखरा:   पर्वत तमादीखोलामा एक्कासी आएको बाढीमा परि मृत्यु भएका माधव पौडेल (विजय)लाई उनका सार्थीहरुले सम्झिएका छन् । 


पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत मानविकी संकायका विद्यार्थीहरुले आज (बिहीबार) मृतक पौडेलको सम्झनामा श्रद्धाञ्जली  सभासँगै दीप प्रजलन गरेका हुन् ।  


मानवीकी संकायको आयोजनामा बिहीबार भएको श्रद्धाञ्जली  सभामा विद्यार्थी अपिल अधिकारीले मृतक पौडेल प्रति भावपूर्ण श्रद्धाञ्जली  एवम् परिवारप्रति समवेदना प्रकट गरे । 


गत असोज १३ गते शनिबार बागलुङबाट पोखरा आउँदै गरेको ग १ ज ६२१३ नम्बरको टाटा सुमो गाडी पर्वत तमादीखोलामा एक्कासी आएको बाढीले बगाउँदा पौडेलसँगै तीन जना बेपत्ता भएका थिए । 


बाढीमा बेपत्ता भएका मृतक पौडेलको शव स्याङ्जाको मिर्मिस्थित कालीगण्डकी ए जलविद्युतको ड्याममा फेला परेको थियो । 


बाढीमा बेपत्ता भएका रुपन्देही घर भएका ३४ वर्षीय गोपाल बस्याल र कास्की घर भएका माधव पौडेलको शव भेटिएपनि बागलुङ घर भएका डम्मरबहादुर थापाको अवस्था अझै अज्ञात रहेको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्