पौडेलको सम्झनामा पिएन क्याम्पसमा दीप प्रज्वलन

पाेखरा | असोज १८, २०८०

पौडेलको सम्झनामा पिएन क्याम्पसमा दीप प्रज्वलन

पोखरा:   पर्वत तमादीखोलामा एक्कासी आएको बाढीमा परि मृत्यु भएका माधव पौडेल (विजय)लाई उनका सार्थीहरुले सम्झिएका छन् । 


पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत मानविकी संकायका विद्यार्थीहरुले आज (बिहीबार) मृतक पौडेलको सम्झनामा श्रद्धाञ्जली  सभासँगै दीप प्रजलन गरेका हुन् ।  


मानवीकी संकायको आयोजनामा बिहीबार भएको श्रद्धाञ्जली  सभामा विद्यार्थी अपिल अधिकारीले मृतक पौडेल प्रति भावपूर्ण श्रद्धाञ्जली  एवम् परिवारप्रति समवेदना प्रकट गरे । 


गत असोज १३ गते शनिबार बागलुङबाट पोखरा आउँदै गरेको ग १ ज ६२१३ नम्बरको टाटा सुमो गाडी पर्वत तमादीखोलामा एक्कासी आएको बाढीले बगाउँदा पौडेलसँगै तीन जना बेपत्ता भएका थिए । 


बाढीमा बेपत्ता भएका मृतक पौडेलको शव स्याङ्जाको मिर्मिस्थित कालीगण्डकी ए जलविद्युतको ड्याममा फेला परेको थियो । 


बाढीमा बेपत्ता भएका रुपन्देही घर भएका ३४ वर्षीय गोपाल बस्याल र कास्की घर भएका माधव पौडेलको शव भेटिएपनि बागलुङ घर भएका डम्मरबहादुर थापाको अवस्था अझै अज्ञात रहेको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्