एन्फा अन्तर्गत नेपाल प्रशिक्षक संघको अध्यक्षमा राजेन्द्र तामाङ निर्वाचित

काठमाडाैं | बैशाख ३, २०७९

एन्फा अन्तर्गत नेपाल प्रशिक्षक संघको अध्यक्षमा राजेन्द्र तामाङ निर्वाचित

काठमाडौँ, वैशाख ३ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत नेपाल प्रशिक्षक संघको अध्यक्षमा राजेन्द्र तामाङ निर्वाचित हुनुभएको छ । संघको शनिबार चितवनमा सम्पन्न निर्वाचनले राजेन्द्रको अध्यक्षतामा नयाँ समिति निर्विरोध  चयन गरेको हो । 

संघको उपाध्यक्षमा समिर लिम्बु, सुरेन्द्र तामाङ र हेमबहादुर गुरुङ तथा सदस्यहरुमा अर्जुन चौधरी, मन्जित पुन, सनोज श्रेष्ठ, बिमन श्रेष्ठ, रामचन्द्र थापा, बिजय श्रेष्ठ, धनेश्वर प्रजापति, सरोज श्रेष्ठ, बिनोद महर्जन, अनिल तामाङ र महिला सदस्यमा भगवती रानामगर निर्वाचित हुनुभएको छ । एन्फाको असार ६ गते हुने नयाँ कार्यसमिति निर्वाचनमा प्रशिक्षक संघबाट एकजनालाई मताधिकार रहेको छ । 

यसैगरी एन्फा निर्वाचनका लागि एन्फामा आवद्ध ४८ जिल्लामध्ये ४५ जिल्ला, ‘ए’ डिभिजन क्लबबाट १४, ‘बी’ बाट ११ र ‘सी’ डिभिजन क्लबलाई नौ, खेलाडी संघ, महिला र रेफ्री संघलाई एकम एक मताधिकार प्रदान गरेको छ । एन्फाले राष्ट्रिय लिगका लागि छनोट भएका मोफसलका चार क्लबलाई पनि यसपटक निर्वाचनमा मताधिकार दिएको छ । 

काठमाडौं:   प्रधानमन्त्री सुशीला कार्कीले भिडियो सन्देश सार्वजनिक गर्नुहुँदै नयाँ मतदातालाई आगामी निर्वाचनमा भाग लिन आग्रह गर्नुभएको छ।  शुक्रबार साँझ भिडियो सन्देशमार्फत् उहाँले जेनजी युवालाई नाग...

थप पढ्नुहोस्

पोखरा: नेपाल परिवार नियोजन संघ कास्की शाखाले शुक्रबार पोखरा महानगरपालिका वडा नं २ स्थित विन्ध्यवासिनी माविमा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान संचालन गरेको छ । संघले किशोर किशोरी तथा युवालाई लक्षित...

थप पढ्नुहोस्

लमजुङ:  लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।  क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट बेँसीसहर आउँदै गरेको ग१ज ६३०६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा सोही पालिका&...

थप पढ्नुहोस्