एन्फा अन्तर्गत नेपाल प्रशिक्षक संघको अध्यक्षमा राजेन्द्र तामाङ निर्वाचित
काठमाडाैं | बैशाख ३, २०७९
काठमाडौँ, वैशाख ३ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत नेपाल प्रशिक्षक संघको अध्यक्षमा राजेन्द्र तामाङ निर्वाचित हुनुभएको छ । संघको शनिबार चितवनमा सम्पन्न निर्वाचनले राजेन्द्रको अध्यक्षतामा नयाँ समिति निर्विरोध चयन गरेको हो ।
संघको उपाध्यक्षमा समिर लिम्बु, सुरेन्द्र तामाङ र हेमबहादुर गुरुङ तथा सदस्यहरुमा अर्जुन चौधरी, मन्जित पुन, सनोज श्रेष्ठ, बिमन श्रेष्ठ, रामचन्द्र थापा, बिजय श्रेष्ठ, धनेश्वर प्रजापति, सरोज श्रेष्ठ, बिनोद महर्जन, अनिल तामाङ र महिला सदस्यमा भगवती रानामगर निर्वाचित हुनुभएको छ । एन्फाको असार ६ गते हुने नयाँ कार्यसमिति निर्वाचनमा प्रशिक्षक संघबाट एकजनालाई मताधिकार रहेको छ ।
यसैगरी एन्फा निर्वाचनका लागि एन्फामा आवद्ध ४८ जिल्लामध्ये ४५ जिल्ला, ‘ए’ डिभिजन क्लबबाट १४, ‘बी’ बाट ११ र ‘सी’ डिभिजन क्लबलाई नौ, खेलाडी संघ, महिला र रेफ्री संघलाई एकम एक मताधिकार प्रदान गरेको छ । एन्फाले राष्ट्रिय लिगका लागि छनोट भएका मोफसलका चार क्लबलाई पनि यसपटक निर्वाचनमा मताधिकार दिएको छ ।
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...

