बिरौटाका क्षितिज फुर्सेखालामा मृत फेला
पाेखरा | असोज १४, २०८०
सांकेतिक तस्वीर
पोखरा: पोखरा महानगरपालिका १७ फुर्सेखोलामा क्षितिज बस्याल मृत फेला परेका छन् ।
पोखरा महानगर १७ बिरौटा हनुमान टोल बस्ने १४ बर्षीय बस्यालको शव फुर्सेखोलामा हिजो (शनिबार) फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
खोलामा शव अड्किएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीले खवर गरेका थिए । बस्यालको शव अहिले पोष्टमार्टमका लागि गण्डकी अस्पतालमा लगिएको कास्की प्रहरीले जनाएको छ ।
फुर्सेखोलामा मृत भेटिएको शव बस्यालको भएको मृतकका ठुली ममीले पहिचान गरेको प्रहरीले जनाएको छ । मृतक बस्यालको आमाबुबा विदेशमा भएको र बिरौटामा ठुली ममीसँग बस्दै आएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

