बेपत्ता जीपसँगै भेटियो बुटवलको बस्यालको शव, दुईजना अझै अज्ञात
पाेखरा | असोज १४, २०८०
सांकेतिक तस्बिर
पोखरा: पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमाना तमादीखोलामा बाढीमा बगेर बेपत्ता भएको जीप ३ सय मिटर तल मोदी किनारमा फेला परेको छ ।
जीपसँगै बेपत्ता भएका तीन जनामध्ये रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ का गोपालप्रसाद बस्यालको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार दुई जना अझै बेपत्ता छन् ।
गएराती बागलुङदेखि पोखराका लागि छुटेको ग १ज ६३१३ नम्बरको टाटा सुमो जीप बाढीले बगाएर बेपत्ता भएको थियो ।
जीप चालकलाई पर्वत प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

