०३१ पछि फेवाको १६ सय रोपनी जग्गा अवैध दर्ता
पाेखरा | असोज १०, २०८०
पाेखरा: २०३१ सालपछि फेवातालको जग्गा १६ सय रोपनी बढी अवैध दर्ता भएको विभिन्न अध्ययन र प्रतिवेदनले देखाएको छ । यसरी भएका सबै दर्ता खारेज गर्न अदालतले आदेश दिएको हो ।
३१ सालमा फेवातालमा लगाइएको बाँध फुटेपछि सतह घट्दा धेरैले अतिक्रमण गरेको र विविध तरिकाले लालपुर्जासमेत लिएको कारण हालको तालमुनि पनि व्यक्तिको वैध जग्गा छ । जसको लालपुर्जा लिएर उनीहरु बेलाबखत आन्दोलन गर्दै आएका छन् ।
तर पछिल्लो फैसालाले भने व्यक्तिको नाममा रहेको जग्गालाई अवैध भनिएको छ । जसअनुसार उनीहरुले मुआब्जा पाउने छैनन् ।
‘विक्रम संवत २०१८ देखि २०३१ सम्म कायम रहेको ताल र तालको डिल भन्दा बाहिरको जग्गाको हकमा मात्र कानुन बमोजिम मुआब्जा दिनुपर्ने देखिँदा सो पहिचान गरी उचित मुआब्जा दिने व्यवस्था मिलाउनू,’ आदेशमा भनिएको छ ।
आदेश अनुसार ३१ सालपछि फेवाताल घटेको अवस्थामा जग्गा दर्ता गरी भोगचलन गरेको हकमा अब उनीहरुको स्वामित्व नरहने भएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

