पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा थप हवाई उडान लागि नेपाल–चीनले सयुक्त पहल गर्ने

काठमाडाैं | असोज ९, २०८०

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा थप हवाई उडान लागि  नेपाल–चीनले सयुक्त पहल गर्ने

पोखरा: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा भएका सहमति र समझदारीबारे दुई देशले १३ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन् ।

 

आज बिहान सार्वजनिक संयुक्त वक्तव्यमा रेलमार्गको संभाव्यता अध्ययनदेखि विद्युत प्रशारण लाइन निर्माण, नाका खोल्नेलगायत विषय समेटिएका छन् । वक्तव्यमा पोखरा अन्तराष्ट्रिय विमानस्थलमा थप हवाई उडान तथा रुटका लागि दुवै देशले प्रोत्साहन र पहल गर्ने बताइएको छ ।

 

चीनको सिजाङ स्वायत्त क्षेत्रबाट नेपालका उत्तरी दुर्गम गाउँहरुमा विद्युतीकरणका लागि नेपाली पक्षले गरेको आग्रह स्वीकार गर्दै व्यवसायिक शर्तमा उपकरण वा प्रविधि उपलब्ध गराउन चीन सकारात्मक भएको छ ।

 

भ्रमणका क्रममा केरुङ–रसुवागढी–चिलिमे २२० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण छिटो सुरु गर्ने सहमति दुई देशबीच भएको छ । दुवै पक्ष जिलोङ-केरुङ–काठमाडौं क्रस बोर्डर रेलमार्गको सम्भाव्यता अध्ययनको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्दै चीन नेपाल रेल्वे सहयोगसम्बन्धी आठौं कार्यबैठक यथाशीघ्र आयोजना गर्ने सहमत भएका छन् ।

 

नेपालका रेल्वे कर्मचारीलाई तालिम दिन सहयोग गर्न पनि चीन तयार भएको छ । टोखा–छहरे सुरुङमार्ग आयोजनाको सम्भाव्यता अध्ययन र काठमाडौं चक्रपथ आयोजनाको दोस्रो चरणको कामलाई तीब्रता दिन दुवै पक्ष सहमत भएको संयुक्त वक्तव्यमा उल्लेख छ । सन् २०१७ मे १२ मा बिआराइ परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको स्वीकार्दै दुवै पक्षले परामर्शलाई तिब्रता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

 

चिनले यसअघि बन्द रहेका दुई देशबीचका नाकाहरु खोल्न पनि सहमति जनाएको छ । नेपालले एक चीन नीतीप्रति आफ्नो दृढ प्रतिवद्धता दोहोर्‍याउँदै ताइवानको स्वतन्त्रताको विरुद्धमा रहेको प्रष्ट पारेको छ । हिजो चिनियाँ समकक्षी लि छियाङसँग दुईपक्षीय भेटपछि विभिन्न सम्झौता भएपछि संयुक्त वक्तव्य आज बिहान मात्रै सार्वजनिक भएको हो ।

काठमाडौं:   नेपाल शिक्षक महासंघको आह्वानमा जारी शिक्षक आन्दोलन आज १८औं दिनमा पुगेको छ।   विद्यालय शिक्षा विधेयक, २०८१ को यथाशीघ्र पारितीलगायतका मागसहित राजधानी केन्द्रित आन्दोलनमा उत्रिएक...

थप पढ्नुहोस्

पोखरा:   कास्कीको उत्तरी भेगमा रहेको अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय गाउँ हो घान्द्रुक ।   जुन निकै लोकप्रिय गन्तव्यहरुको लिस्टको अग्रभागमा पर्ने ठाउँ हो ।   आन्तरिक र बाह्य प...

थप पढ्नुहोस्

स्याङ्जाको पुतलीबजार नगरपालिका–९ काल्खुमा जारी ‘ऐतिहासिक काल्खु मेला’मा शनिबारदेखि दोस्रो चरणका खेल हुने भएको छ ।   जनसम्पर्क युवा क्लबको आयोजनामा गत चैत्र पूर्णिमा(३० गते) देखि ...

थप पढ्नुहोस्