सुरु भयो इन्द्रजात्रा, यी ठाउँमा गाडी आवागमन प्रभावित हुने
काठमाडाैं | असोज ९, २०८०
काठमाडौं: हनुमानढोका दरबार क्षेत्रमा योंसी ठड्याएसँगै काठमाडौंको सबैभन्दा ठूलो जात्रा मानिने जात्रा येँया (इन्द्रजात्रा) विधिवत् सुरु भएको छ ।
आज (मङ्गलबार) द्वादशीका दिन १०ः३७ बजेको शुभसाइतमा इन्द्रध्वजोत्थानसँगै इन्द्रजात्रा सुरु भएको हो । अष्टमीका दिन भोटाहिटीबाट ‘योसिँ’ (लिङ्गो) तानेर तलेजु मन्दिर अगाडि ल्याइएको लिङ्गो आजको शुभ साइतमा ठड्याइएको हो ।
इन्द्रजात्राको अवधिमा यही असोज ११ गतेदेखि काठमाडौंका विभिन्न सडकमा गाडी आवागमन प्रभावित हुने भएको छ ।
काठमाडौं महानगरले आज इन्द्रजात्राको अवधिमा आवागमन व्यवस्थापनसम्बन्धी एक सूचना प्रकाशित गरी असोज ११ गते वसन्तपुर, मरु, चिङकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म गाडी सञ्चालनमा रोक लगाएको हो ।
असोज १२ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेङ्गल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमान ढोका हुँदै वसन्तपुर क्षेत्रमा गाडी सञ्चालन गर्न निषेध गरिएको छ ।
असोज १५ गते भने वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासिं, इन्द्रचोक, मखन हुँदै वसन्तपुर क्षेत्रमा गाडी निषेध गरिएको जनाएको छ ।
महानगरले वसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्त्वको पर्व भइसकेका कारण यस जात्राका सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियालापहरु हिँडेर सञ्चालन गरिने जनाएको छ । साथै तोकिएका ठाउँमा गाडी प्रवेश नगराउन त्यसमार्गबाट गन्तव्य जानुपर्ने यात्रुले वैकल्पिक मार्ग वा पैदल यात्राबाट गन्तव्य तय गरेर यातायत व्यवस्थापनमा सहयोग पुर्याउन समेत महानगरपालिकाले आग्रह गरेको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

