आफ्नो विरुद्ध निरन्तर समाचार आएपछि उषालाई अनुपको प्रश्न: –‘प्रमाण छ ?’
काठमाडाैं | असोज ८, २०८०
केही दिन यता नेपाली मिडियामा चलचित्र निर्देशक एवं कलाकार अनुप बरालले कलाकार छनौटमा नातावाद, कृपावादलाई पश्रय दिएको र ‘कास्टिङ् काउच’लाई बढावा दिएको समाचारले स्थान पाइरहेको छ ।
निर्देशक बरालले करिब १७ वर्षअघि कागबेनीको अडिसनबाट छानिएपछि अन्त्यमा आफुलाई हटाएर दिया मास्केलाई उक्त भूमिका दिइएको अभिनेत्री उषा रजकले बताएकी छिन् । अभिनेत्री रजकले निर्देशक बरालको एक्टर्स स्टुडियोमा अभिनय सिकेको र अवसर आउँदा पाखा पारिएको मात्र हैन यस विषयमा कुरा गर्दा डिनरको प्रस्ताव गरेको बताएकी छिन् ।
त्यसयता निर्देशक बराल होमटाउन पोखरा आइपुगेका छन् । यही मेसोमा रजकद्वारा प्रेषित स्टाटस र समाचारमा उल्लेखित विषयबारे प्रश्न गर्दा बरालले भने ‘यस्तो समाचार र यस्ता अपजस म माथि किन लागिरहेको छ ? मैले सोच्नै सकेको छैन ।’
उनले प्रतिक्रिया दिने क्रममा समाचारमा उल्लेखित विषया नितान्त व्यक्तिगत र पारिवारिक भएको बताउँदै तत्काल केही बोल्ने अवस्थामा नरहेको उल्लेख गरे । यद्यपि, कलाकार छनौटको विषयमा बरालले निर्देशकीय भूमिकामा रहेको व्यक्तिले ‘फलानो कलाकार उपयुक्त हुनसक्छ’ भन्न सक्ने तर निर्णंय गर्ने अधिकार नहुने प्रष्ट्याए ।
‘कास्टिङ् डाइरेक्टरले अनिडसनमा सहभागी कलाकारबारे निर्देशकलाई सुझाव दिएको तर जोडबल नगरेको र गर्न पनि नमिल्ने हुन्छ’ बरालको भनाई छ ।
यसबाहेक कास्टिङ् काउचबारे आफुलाई केही पनि थाहा नभएको उनले जनाए । समाचारपछि पनि पहिलो पत्नीबारे गरिएको स्टाटसबाजीले आफुलाई झनै दुखित भने बनाएको उनले बताए ।
‘तपाइ गलत छैन भने उषा रजकविरुद्ध कानूनी कारवाहीमा जानुहुन्छ ?’ भन्ने प्रश्नमा बराल भन्छन् ‘म अहिले कामको लागि पोखरा आएको छु, यहीबेला मैले वर्षाैको मेहेनतबाट आर्जेको नाम र शाख ध्वस्त पार्न खोजिएको छ, हाललाई म मेरै कामको जिम्मेवारीमा छु ।’
यस विषयमा आफु धेरै नबोल्ने भन्दै अन्त्यमा सुनागाभा न्यूजमार्फत बरालले रजकलाई प्रश्न सोधेका छन् ‘के तपाइसँग प्रमाण छ ?’
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

