आधारभूत तालिमबाट २ हजार ४ सय ११ प्रहरी जवान दीक्षित
गण्डकीबाट २ सय ७७ जना
काठमाडाैं | असोज ७, २०८०
काठमाडौं: विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७९ कात्तिक २० गतेदेखि संचालित प्रहरी जवान आधारभूत तालिमबाट कुल २ हजार ४ सय ११ जना प्रहरी जवान दीदक्षित भएका छन् ।
ती मध्ये ४ सय ६७ जना महिला र १ हजार ९ सय ४४ जना पुरूष रहेका छन् ।
कुन केन्द्रबाट कति ?
नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालबाट १ सय १ जना, काठमाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगंजबाट १ सय ३ जना, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासीबाट १ सय ८९ जना, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरबाट २ सय ९५ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।
यस्तै मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर राजविराजबाट २ सय ८३ जना, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीबाट २ सय ८० जना, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रबाट २ सय ७७ जना, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलबाट २ सय ८७ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् ।
यस्तै कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज)बाट ३ सय जना, सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलबाट १ सय ९६ जना, सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र (प्रहरी प्रशिक्षण स्थल बुडर, डोटी) बाट १ सय जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् ।
दीक्षान्त समारोहका प्रमुख अतिथिहरूले आ–आफ्नो दीक्षान्त समारोहमा प्रहरी जवान आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई बधाई तथा सफलताको कामना व्यक्त गर्दै आवश्यक निर्देशनसमेत दिएका थिए ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

