चाउथेको लागुऔषध अड्डामा कास्की प्रहरीको छापा, ६ लाख नगद र साढे ३ हजार एम्पुल बरामद

पाेखरा | असोज ७, २०८०

चाउथेको लागुऔषध अड्डामा कास्की प्रहरीको छापा, ६ लाख नगद र साढे ३ हजार एम्पुल बरामद Filed Photo

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध कारोबारीको अड्डामा छापा मारेको छ ।

 

पोखरा १४ का  वडाध्यक्ष बोधबहादुर कार्कीका अनुसार पोखरा महानगरपालिका १४ चाउथेको प्रतिभा टोलस्थित एक घरमा आइतबार बेलुकी छापा हानेको हो ।

 

उक्त घरबाट कास्की प्रहरीले ६ लाख २३ हजार नगद र ३ हजार ६ सय बढी एम्पुल लागुऔषध बरामद गरेको वडाध्यक्ष कार्कीले पुष्टि गरे ।

 

उनका अनुसार गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारको समन्वयमा जिल्ला प्रहरी कार्यालय कास्कीले छापा मारेको थियो । छापापश्चात लागुऔषधको कारोबारमा संलग्न केही युवालाई पक्राउ गरिएको छ ।

 

छापा हानेपछि वडाध्यक्षको रोहबरमा मुचुल्का गरिएको कास्की प्रहरीका सूचना अधिकारी तथा डिएसपी श्रवणकुमार विकले लागूऔषध र नगदसहित केही युवा प्रकाउ परेको सुनगाभा न्यूजलाई बताए ।

 

उनले विस्तृत जानकारी केही दिनमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जानकारी दिए ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्