अनलाइनमार्फत ११ लाख रूपैयाँ ठगी गर्ने महिला पक्राउ

काठमाडाैं | असोज ५, २०८०

अनलाइनमार्फत ११ लाख रूपैयाँ ठगी गर्ने महिला पक्राउ

‘फिफिया’ नामको एपमार्फत अनलाइन बेटिङ गराएर ११ लाख २७ हजार ठगी गरेको आरोपमा पक्राउ परेकी  एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ।

 

पक्राउ पर्नेमा भोजपुर हतुवागढी गाउँपालिका–६ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–६ बस्ने २८ वर्षीय दादीकी शेर्पा राई रहेकी र निजले फुटबललगायत अनलाइन खेलको विज्ञापन राखेर बेटिङमार्फत ११ लाख २७ हजार ठगेको अनुसन्धानबाट खुलेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

 

उनका अनुसार सामाजिक सञ्जालमार्फत साथी बनाएर इमेल आइडीबनाउन र  फिफिया एप इन्स्टल गर्न लगाउनाका साथै बैंक खातालगायतको बायोडाटा विवरण अपडेट गर्न लगाएर  पीडितलाई सोही एपबाट हुने आर्थिक कारोबार नेपालमा कानुनबमोजिम छ भनी विश्वास दिलाइ ठग्ने गरेको अनुसन्धानबाट खुलेको छ। 

 

विभिन्न देशबीच हुने फुटबललगायत अनलाइन खेलको विज्ञापन राखेर उनले सट्टेबाजी खेलेमा ९० मिनेटभित्र फाइदा हुने भन्दै उक्त रकम ठगेको भेटिएकाले निजविरुद्ध प्रचलित कानुनबमोजिम ठगी तथा सट्टाबाजीसम्बन्धी कसुरमा अनुसन्धान एवं कारबाहीका लागि टेकुस्थित जिल्ला प्रहरी परिसरमा पठाइएको प्रवक्ता रेग्मीले बताए।

पोखरा:  यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा हुने १८ औं हिसान स्पोर्टस मिटको तयारी पुरा भएको छ । शिक्षाको संगै विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलाप खेलकुद मार्फत अघ...

थप पढ्नुहोस्

पोखरा:  पोखरामा पौष ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारीमा तीव्रता दिइएको छ ।  पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा पौष १...

थप पढ्नुहोस्