दक्षिणकालीमा बाग्मती नदीको पहरोमा फसेका रामबहादुरको उद्धार

काठमाडाैं | असोज ४, २०८०

दक्षिणकालीमा बाग्मती नदीको पहरोमा फसेका रामबहादुरको उद्धार

काठमाण्डौ: सशस्त्र प्रहरी बल नेपालले बाग्मती नदीको पहरोमा फसेका एक व्यक्तिको सकुशल उद्धार गरेको छ ।

 

गएराति काठमाण्डौको दक्षिणकाली नगरपा​लिका–८ कटुवाल दहको सिम्पानी राई टोलका ४० वर्षीय रामबहादुर लामाको बाग्मती नदी किनारबाट उद्धार गरिएको सशस्त्रका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिनुभयो ।

 

पानीको बहाव कम भएका बेला नदी पारि गएका लामा बहाव बढेसँगै वारि आउन नसकी पहरोमा बस्नु भएको थियो ।उद्धार पछि लामालाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ

मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...

थप पढ्नुहोस्

ढोरपाटन:  तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ ।  वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...

थप पढ्नुहोस्

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्