‘लामाचौर कप’ उपाधिका लागि गण्डकी र पुलिस खेल्दै
पाेखरा | असोज १, २०८०
तस्बिर फाइल
पोखरा: पोखरा लामाचौरमा जारी राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुष तर्फ गण्डकी प्रदेश र नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन् ।
सोमबार भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा गण्डकीले पुलिसलाई ३–२ को सेटमा हराउँदै फाइनल प्रवेश गरेको हो ।
गण्डकी तालिकाको शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको हो । कुल चार खेलबाट गण्डकीको ९ अंक बटुल्दै फाइनलमा प्रवेश गरेको हो । समान खेलबाट समान अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदै पुलिस फाइनलमा प्रवेश गरेको हो । सोमबारनै एपिएफले मणिमुकुन्द भलिबल क्लबलाई ३–१ को सेटले हराएपनि फाइनल प्रवेशका लागि पर्याप्त हुन सकेन ।
एपिएफको कुल चार खेलबाट दुई जित दुई हार सहित ७ अंक रह्यो । मणिमुकुन्दको चारखेलबाट दुई जित र दुई हार सहित पाँच अंक रह्यो । गलकोट स्पोट्र्स क्लबको चार खेलबाट चार हारसहित अंकविहिन भयो । फाइनल खेल आजै हुनेछन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

