एसिया कप: श्रीलंका टस जितेर ब्याटिङ गर्दै
काठमाडाैं | भदौ ३१, २०८०
काठमाडौं: श्रीलंकाले एसिया कप २०२३ को फाइनलमा भारतविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकोछ । कोलोम्बोमा घरेलु टोली श्रीलंकाका कप्तान दाशुन शानकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
श्रीलंकाले टोलीमा आज एक परिवर्तन गरेकोछ । घाइते स्पिनर महेश थिक्सेना यसअघि नै बाहिरिएका थिए । उनको स्थानमा स्पिनर दुशान हेमान्थालाई आज मौका दिएको छ । उता भारतले आज टोलीमा प्रमुख खेलाडी फर्काएको छ । घाइते अक्षर पटेलको स्थानमा वासिन्टन सुन्दरलाई मौका दिएको छ ।
भारत आठौं र श्रीलंका सातौं एसिया कप जित्ने लक्ष्यका साथ मैदान उत्रनेछन् । श्रीलंका र भारतको सुपर फोरमा ४९४ अंक थियो । नेटरनरेटको कारण भारत शीर्ष र श्रीलंका दोस्रो स्थानमा रहँदै फाइनल खेलेका हुन् ।
श्रीलंका सुपर फोरमा भारतसँग ४१ रनले पराजित भएपनि पाकिस्तानलाई दुई विकेट र बंगलादेशलाई २१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । उता भारतले श्रीलंकालाई ४१ रन र पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । बंगलादेशसँग भने ६ रनले पराजित भएको थियो । श्रीलंकाले सन् १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ मा उपाधि जितेको थियो । भारतले सन् १९८४, १९८८, १९९०/९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो ।
भारतको प्लेइङ–११:
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, हार्दिक पान्ड्या, लोकेश राहुल, ईशान किशन, रविन्द्र जडेजा, कुलदीप यादव, वासिन्टन सुन्दर, जस्प्रित बुमराह र मोहम्मद शिराज ।
श्रीलंकाको प्लेइङ–११:
पाथुम निसांका, कुशल परेरा, कुशल मेन्डिस(विकेटकिपर), सदिरा समाराविक्रमा, चरिथ असलंका, धनन्जय डि सिल्भा, दासुन शानका(कप्तान), दुनिथ वेलालागे, दुशान हेमान्था प्रमोद मदुशान र मथिशा पाथिराना ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

