पोखरामा राष्ट्रिय भलिबल जारी, पुलिसको दुवै टोलि विजयी
पाेखरा | भदौ ३०, २०८०
पोखरा: पोखराको लामाचौरमा राष्ट्रिय भलिवल कप जारी रहेको छ । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स)को आयोजनामा शनिबार महिला तथा पुरुष तर्फको लिग चरणका ६ खेलहरु सम्पन्न भएका छन्।
काठमाडौंको न्यू डाइमण्ड युथ स्पोटेर्स क्लवले शनिबार भएको महिला तर्फको दुई खेलमा जित हासिल गरेको छ । पहिलो खेलमा भने न्यू डाइमण्ड एकेडेमीले बुटवलको एभेरेष्ट भलिवल क्लब माथि लगातार तीन सेटको शानदार जित हासिल ग¥यो। डाइमण्डले एभेरेष्ट माथि २५-११, २५-१५,२५-१६ को सेटमा पराजित गरेको हो ।
अर्को खेलमा डाइमण्डले एपिएफ माथि उत्कृष्ट पूनरागमन जित दर्ता ग¥यो । महिला तर्फ निकै प्रतिष्प्रर्धात्मक खेलमा पहिलो लगातार दुई सेट आफ्नो पोल्टामा पारेको न्यू डाईमण्ड बिरुद्ध एपिएफले कमव्याक हुदै दोश्रो र तेश्रो सेट आफ्नो पोल्टामा पार्न सफल भए पनि पाँचौ सेटमा उत्कृष्ट पूनरागमनसहित डाइमण्डले जित दर्ता गरेको थियो । न्यू डाइमण्डले २५-२०, २५-१८ को सेटमा अग्रता लिए पनि एपिएफले तेश्रो सेटमा २५-१८ र चौथो सेटमा २५-२२ मा लगे पनि अन्ततः पाँचौ सेटमा भने न्यू डाइमण्डसंग एपिएफ १५-५ को सेटमा पराजित भएको छ ।
शनिबार भएको पुरुष तर्फको पहिलो खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले अर्को विभागिय टोली शसस्त्र प्रहरी बलको एपिएफलाई ३-२ को सेटमा पराजित गर्यो । पुलिसले एपिएफ माथि २३-२५, २५-२२, २५-२०, २३-२५ र १५-१३ को सेटमा जित हासिल गरेको हो ।
पुरुष तर्फ को अर्को खेलमा बुटवलको मणिमुकुन्द भलिबल क्लबले बागलुङ गलकोट स्पोट्र्स क्लब माथि सोझो सेटमा पराजित गरेको हो । मनिमुकुन्दले गलकोट माथि २५-२३, २९-२७ र तेश्रो सेटमा २५-२० मा पराजित गरेको हो ।
महिला तर्फको अर्को खेलमा नेपाल पुलिसले एभेरेष्ट माथि सोझो सेटमा पराजित गर्यो । पुलिसले एभेरेष्ट माथि २५-१८, २५-१८ र तेश्रो सेटमा २५-२० को सेटमा पराजित गरेको हो । प्रतियोगिता राउन्ड रोविन लिगको आधारमा खेलाइएको छ । यसैबिच उक्त प्रतियोगिताको उद्घाटन शनिबार एक समारोहका बिच नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले गर्नू भएको हो ।
आइतबार महिला तथा पुरुष तर्फका ५ खेलहरु हुने भएको समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारीले बताउनु भयो । शुक्रबार भएको लिग चरणको खेलमा पुरुष तर्फ गण्डकी प्रदेशले एकमा जित एकमा हार व्यहोरेको छ । पुरुष तर्फका केही खेल शुक्रबार देखि सुरु भएको हो । समाजको २७ औं बार्षिकोत्सव एवं २५ औ संस्करणको लामाचौर तीज महोत्सवको अवसरमा महिला भलिवल खेल भने शनिबार देखि सुरु भएको हो ।
प्रतियोगितामा महिलातर्फ ४ नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लव, न्यू डायमण्ड क्लव तथा एभरेष्ट भलिबल क्लव बुटवलले सहभागिता छ । त्यसै गरि पुरुषतर्फ गण्डकी प्रदेश, विभागिय टोली नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लव, मणिमुकुन्द क्लव बुटवल गरि पाँच टिमको सहभागिता रहेको महोत्सवका प्रचार संयोजक दीनेश भण्डारीले बताउनु भयो ।
राष्ट्रिय भलिबल प्रतियोगितामा महिला र पुरुष तर्फ उपाधि विजेतालाई जनही १ लाख ५० हजार १ सय ११ रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । त्यसै गरी दोस्रो हुने टिमलाई जनही १ लाख १ सय ११ र तेस्रो हुनेलाई जनही ५० हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको समाजले जनाएको छ । महिलाहरुको महान पर्व हरितालीका तीजका अवसरमा असोज १ गतेसम्म महोत्सव संचालन हुने भएको छ । ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

