घोरबन्दा कपको उपाधिका लागि आयोजक र सराई भिड्ने
पाल्पा | भदौ ३०, २०८०
पाल्पा: पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी नकआउट खुल्ला फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक नव जागृती युवा क्लब (कालो) र सराई एफसी भिड्ने भएको छ ।
हरितालिका तीजको अवसरमा स्थानीय क्लब नव जागृति युवा क्लबद्वारा आयोजित प्रतियोगिताको कोठीचौर खेलमैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा भगवती एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक टोलीले फाइनलमा सराई एफसीसँगको भेट पक्का गरेको हो ।
प्रचारप्रसार संयोजक बिरबल रानामगरका अनुसार आयोजकको जीतमा निश्चल थापामगर र निरज थापाले समान १/१ गोलको योगदान दिए भने भगवती एफसीको तर्फबाट सुरज श्रेष्ठले पेनाल्टीमार्फत सान्त्वना गोल फर्काए ।
पहिलो हाफको १३ औं मिनेटमा आयोजका कप्तान मनिक गाहामगरले फल गरेपछि रेड कार्डको शिकार बन्दै मैदानबाट बाहिरिए ।
उक्त अवसरमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै भगवती एफसीले १ गोलको अग्रता बनाएको थियो । भगवती एफसीले आफ्नो अग्रतालाई पहिलो हाफमा जोगाएपनि दोस्रो हाफमा भने गुमाउन पुग्यो ।
आयोजक टोली १० खेलाडीमा सिमित रहेपनि निरज थापाले टिमको लागि पहिलो गोल गर्दै खेल बराबरीमा फर्काए ।
१–१ गोलको बराबरीमा रहेको अवस्थामा आयोजकले दबदबा सिर्जना गर्दै निश्चल थापामगरले निर्णायक गोल गर्दै अग्रतालाई दोब्बर बनाए । उनको त्यो गोल दोब्बर मात्रै बनेन । टोलीलाई उपाधि नजिक पुर्याउन योगदान दियो । सो खेलबाट निश्चल म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

यसअघि बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा सराई एफसीले जनकल्याण एफसीलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ ।
प्रचारप्रसार संयोजक बिरबल रानामगरका अनुसार अब फाइनल खेल असोज १ गते हरितालिकाको दिन कोठीचौर खेलमैदानमा हुनेछ ।
प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५० हजार प्राप्त गर्नेछ भने उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २५ हजार हात पार्नेछ ।
प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
आयोजक संस्था विगत २०३८ सालदेखि नै सामाजिक क्रियाकलापसँगै खेलकुदको क्षेत्रमा त्रियाशिल रहदै आएको छ ।
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

