सिटिवानको दोस्रो तीजगीत प्रतियोगिता, विजेताले ५० हजार पुरस्कार पाउने

टाइटल स्पोन्सरमा राष्ट्रिय वाणिज्य बैंक

पाेखरा | भदौ २६, २०८०

सिटिवानको दोस्रो तीजगीत प्रतियोगिता,  विजेताले ५० हजार पुरस्कार पाउने

पोखरा:   सिटीवान टेलिभिजनले आयोजना गर्न लागेको दोस्रो खुल्ला तीजगीत प्रतियोगिता–२०८० को टाइटल स्पोन्सरमा राष्ट्रिय वाणिज्य बैंक रहने भएको छ ।

 
‘तीजको वेला सिटीवानको साँस्कृतीक मेला’ भन्ने मूल नारासहित सिटिवान टेलिभिजनले आयोजना गर्न लागेको दोश्रो खुल्ला तीज गीत प्रतियोगिता–२०८० को लागी बैँकले प्रायोजन गरेको हो ।

 

यहि भाद्र ३० र ३१ पोखरा उद्योग वाणिज्य संघमा आयोजना हुने प्रतियोगितामा साँस्कृतिक महत्व, कला, महिला हिसां, पर्यटन प्रर्बदन, सामाजिक क्षेत्र,सरसफाइ, बैदेशिक रोजगार, उधमशिलता, तथा लागु पदार्थ दुब्र्यसनी, विपद व्यवस्थापनसँग सम्बन्धित गीतहरु गाउन पाइने टेलिभीजनकी प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले बताइन । 
 

प्रतियोगितामा पहिलो दोस्रो तेस्रो हुने समुहलाई क्रमश ५० हजार र प्रमाणपत्र, ३० हजार २० हजार  सान्त्वनालाई नगद १० हजार र प्रमाणपत्र दिइने श्रेष्ठले बताइन् । प्रतियोगितामा उत्कृष्ट भेषभूषा र उत्कृष्ट नृत्यलाई नगद रु ५ हजार र प्रमाणपत्र रहेको छ ।

 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्