फिष्टेल एकेडेमीलाई बास्केटबल प्रतियोगिताको दोहोरो  उपाधि

पाेखरा | भदौ २५, २०८०

फिष्टेल एकेडेमीलाई बास्केटबल प्रतियोगिताको दोहोरो  उपाधि

पोखरा: पोखरामा संचालन भएको कास्की जिल्ला ब्यापी   बिद्यालयस्तरिय पहिलो  ५ र ५ मर्दिखोला छात्र छात्रा  बास्केटबल  प्रतियोगितामा  फिष्टेल एकेडेमीले दोहोरो उपाधि जित्न सफल भएको छ । 

 

फिष्टेल एकेडेमीले छात्र छात्रा दुबै प्रतियोगितामा बिजेता बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो। सो प्रतियोगितामा  छात्रातर्फ गण्डकी बोर्डिङले  द्वितीय र बालकल्याण स्कुलले तृतीय स्थान हासिल गर्न सफल भए।

 

 त्यसैगरी    छात्रतर्फ    दोश्रो   गण्डकी बोर्डिङ र तेस्रो स्थान  मनकामना बोर्डिङले  हासिल गर्न सफल भए।पोखरा स्थित  मालेपाटन बास्केटबल कोर्टमा सम्पन्न  प्रतियोगितामा पहिलो, दोश्रो र तेस्रो हुने टिमले नगद पुरस्कार क्रमशः रू २० हजार, १०  हजार र ६ हजारसहित ट्रफी र मेडल प्राप्त गरे।

 

मर्दी खोला बास्केटबल क्लबले आयोजना गरेको सो प्रतियोगितामा छात्रतर्फ २०  र छात्रातर्फ ११ वटा बिद्यालय सहभागी भएका थिए।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्