रुपाको मोहोरियाटोलमा लोकतान्त्रिक तमु संघ

पाेखरा | भदौ २३, २०८०

रुपाको मोहोरियाटोलमा लोकतान्त्रिक तमु संघ

पोखरा:    लोकतान्त्रिक तमु संघ नेपालको संगठन निर्माणको अभियान कास्कीमा वडाबाट गाँउतर्फ प्रवेश गरेको छ । 


कास्की जिल्लाको पाँचवटै पालिकामा अधिवेशन सम्पन्न गरी वडामा संगठन निर्माणक्रमसँगै रुपा गाँउपालिका वडाबाट गाँउ गाँउमा लोकतान्त्रिक तमु संघको संगठन निर्माण शुरु भएको हो ।


शुक्रबार रुपा गाँउपालिका वडा नं.६ अन्र्तगत मोहोरियाटोल गाँउको प्रथम अधिवेशनले प्रेम पुजारी गुरुङको अध्यक्षतामा ९ सदस्यीय गाँउ कमिटि गठन गरिएको हो। लोकतान्त्रिक तमु संघ नेपाल रुपा गाँउपालिका वडा नं.६ कमिटिका अध्यक्ष सु.पुर्णबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनले कमिटिको उपाध्यक्षमा डिलकुमारी गुरुङ, सचिवमा मिना गुरुङ, कोषाध्यक्षमा देवी गुरुङ र सदस्यहरुमा गौमाया गुरुङ, बेलमाया गुरुङ, सुर्यबहादर गुरुङ, गिता गुरुङ र तुलबहादुर गुरुङ चयन हुनुभएको छ । 


नवनिर्वाचित कार्यसमितिलाई लोकतान्त्रिक तमु संघ नेपाल, रुपा गाँउपालिका कमिटि अध्यक्ष सु.केहरसिंह गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।


नेतृत्व चयनका लागि जिल्ला समन्वय समिति कास्कीका सदस्य क्या.हर्कबहादुर गुरुङको संयोजकत्वमा लोकतान्त्रिक तमु संघ रुपा गाँउपालिका कमिटि अध्यक्ष केहरसिंह गुरुङ, नेकपा एमाले प्रदेश कमिटी सल्लाहकार प्रेमबहादुर गुरुङ सदस्य रहनुभएको थियो ।


अधिवेशनको प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका सदस्य क्या.हर्कबहादुर गुरुङले उद्घाटन गर्नुहुदै तमुहरुको एकता, तमुहरुमा चेतना र विकासका लागि सबै जुट्नुपर्नेमा जोड दिनुभयो। यसरी नै नेकपा एमाले प्रदेश कमिटी सल्लाहकार प्रेमबहादुर गुरुङ, संघका जिल्ला अध्यक्ष नारायण गुरुङ,रुपा गाँउपालिका कमिटि अध्यक्ष केहरसिंह गुरुङले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो।  

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्