पोखरा भ्यू पोइन्टमा ‘भेडिखर्क फुटबल कप’ हुने

पाेखरा | भदौ १६, २०८०

पोखरा भ्यू पोइन्टमा ‘भेडिखर्क फुटबल कप’ हुने

पोखरा: हिन्दु नारीहरुको पर्व हरितालिका तीजको अवसरमा पोखरा महानगरपालिका २२ स्थित भ्यू पोइन्टमा ‘प्रथम भेडिखर्क कप सिक्स ए साइड फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ ।

 

स्थानीय क्लब भ्यू पोइन्ट कलबले ‘खेल स्वास्थ्यका लागि, स्वस्थ्य युवा देशका लागि’ भन्ने नारासहित आगामी अजोज १–३ गतेसम्म भेडिखर्क खेलमैदानमा प्रतियोगिता आयोजना गरिने क्लबका अध्यक्ष विश्वराज बास्तोलाले जानकारी दिए । 

 

उनका अनुसार प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ४० हजार प्राप्त गर्नेछ ।

 

यस्तै उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २० हजार हात पार्नेछ भने प्रतियोगितामा विधागत पुरस्कारको पनि व्यवस्था गरिएको छ । 

 

प्रतियोगितामा सहभागिताका लागि दर्ता शुल्क ४ हजार निर्धारण गरिएको आयोजकले जनाएको छ । 


 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्