पोखरामा २३ वर्षपछि बाघजात्रा निकालिदैं

भदौ १८ देखि २० गतेसम्म प्रदर्शन गरिने

पाेखरा | भदौ १४, २०८०

पोखरामा २३ वर्षपछि बाघजात्रा निकालिदैं

पोखरा:  नेवार समुदायमा प्रचलित जात्राको पनि जात्रा ऐतिहासिक बाघजात्रा पोखरामा २३ वर्षपछि प्रदर्शन हुने भएको छ ।

 

बाघजात्रा आयोजक समिति पोखराले आगामी १८, १९ र २० गते पोखराको चोकचोकमा विभिन्न समुदायको सहभागितामा बाघजात्रा निकालिने आज (बिहीबार) आयोजिन पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

 

आयोजक संस्थाका सचिव सुनिल उलकले वि.स. २०५७ सालमा मोहरियाटोलले बाघजात्रा प्रदर्शन गरेपश्चात रोकिएको बताउदै यस वर्षदेखि निरन्तरता दिइने बताए । 

 

उलकले  विशेषगरी नेवार समुदायमा भैरवजात्रा, गाइजात्रा, गणेशजात्रा, माघेजात्रा प्रचलित रहेपनि बाघजात्रा ओझेलमा परेकाले संरक्षणका लागि फेरि प्रदर्शन सुरु गरिएको सुनाए । उनका अनुसार १८ गते नेवा छें हुदैं मोहरियाटोल, बागबजार, बालमन्दिर स्कुल, वडा नम्बर ३ कार्यालय, बालधाराचोक, नालामुखचोक हुँदै नेवा छेमा समापन हुनेछ । 

 

यस्तै १९ गते नेवा छे हुदैं गणेशटोल, सिमलचौर, सिर्चजनाचोक, लखनचोक, महेन्द्रपुल हुँदैं नेवा छेमा पुगेर जात्रा समापन हुनेछ । 

 

२० गते मुख्य समापन समारोहका लागि नेवा छे हुँदैं भिमसेन मन्दिर तेर्सापट्टि, महेन्द्रपुल, रानीपौवा, माटेपानी, गौडामुख, कुँडहरचोक, अमरसिंहचोक हुँदैं रंगशाला पुगेर समापन गरिने सचिव उलकले बताए ।

 

यस्तै आयोजक संस्थाका सदस्य शान्ति श्रेष्ठ उदासले सो जात्रामा किंवदन्तीमा आधारित बाघको डमी प्रयोग गरेर जात्रा प्रदर्शन गरिने जानकारी दिइन् । उनले बाइसे चौबिसे राजाको प्रतिमा झल्कनेगरी भाँकाीसमेत देखाइने बताइन् ।

 

तीन दिन हुने बाघजात्रामा नेवार संगै मगर, गुरुङ, तामााङ लगायतका अन्य समुदायको पनि सहभागिता रहने उनले बताइन् । 

 

उनका अनुसार भक्तपुर नगरपालिकाको सहयोगमा भक्तपुर घिन्ताघिसी (५० जनाको समुह) ले विभिन्न साँस्कृतिक नृत्यहरु प्रदर्शन गर्नेछन् । 

 

२३ वर्षपछि पोखरामा प्रदर्शन हुन लागेको बाघजात्रालाई पोखरा महानगरपालिका र नेवा खल कास्कीले सहयोग गरेको आयोजकले जनाएको छ ।

काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्