प्रधानमन्त्रीलाई प्रश्न: नवलपुरको विकास किन ओझेलमा पर्याे ?

नवलपुर | भदौ १२, २०८०

प्रधानमन्त्रीलाई प्रश्न: नवलपुरको विकास किन ओझेलमा पर्याे ?

नवलपुर: नवलपुरको विभिन्न विकासका विषयमा जिल्लाको टोलीद्वारा प्रधानमन्त्री समक्ष ध्यानाकर्षण गराएको छ । 

 

जिल्ला समन्वय समिति नवलपुरको समन्वयमा संघीय तथा प्रदेश सांसद, पालिकाका जनप्रतिनिधि ,जिल्लाका राजनीतिक दलका प्रतिनिधि लगायतको सँयुक्त उपस्थितिमा प्रधानमन्त्री समक्ष जिल्लाको विकासका विषयमा ध्यानाकर्षण गराएको हो ।

 

जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले जिल्लामा विभिन्न योजना तथा बजेट सुनिश्चितताको माग गरिएको बताए ।

 

उनले नमूना सदरमुकामको काम अघि बढ्न नसकेको र गत वर्षको बजेटसमेत फ्रिज भएको हुदाँ उक्त कार्यलाई तत्काल अगाडि बढाउनका लागि कार्यक्रममा समावेश गरी आवश्यक बजेट  व्यवस्था गरिदिन ध्यानाकर्षण गराइएको प्रमुख विश्वकर्माले जानकारी दिए ।

 

उक्त टोलीले बुझाएको पत्रमा नवलपुर (ब.सु.पू.) जिल्लाको गण्डकी प्रदेश राजधानी जोड्ने पहाडी मार्गलाई छिटो सम्पन्न गर्न जोड दिनुपर्ने,  जिल्लाको नमुना सदरमुकाम हुँदै बग्ने केरुङ्गे खहरे खोला लगायत जिल्लामा अवस्थित अन्य खोलाहरु मानवबस्ती भन्दामाथी भएकाले सोबाट निकट भविष्यमा कावासोती बजार र अन्य क्षेत्रमा पर्न सक्ने जोखिमलाई ध्यान दिँदै खोला व्यवस्थापनका लागि बजेटको व्यवस्था गर्नुपर्ने, नवलपुर (ब.सु.पू.) जिल्लामा पर्ने नेपालकै सबैभन्दा ठूलो धौबादी फलाम खानी संचालनमा ल्याउन आवश्यक बजेट व्यवस्था गर्नुपर्ने, नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्लाको नाम परिवर्तन गरि नवलपुर जिल्ला नामाकरण गर्नु पर्ने, दुम्कीबासबाट त्रिवेणी जोडने सडकलाइ तत्काल संचालनमा ल्याउनु पर्ने,  प्रदेश औद्योगिक क्षेत्र लोकाहाको कार्य अगाडी बढाउनु पर्ने उल्लेख छ ।

 

 

जिल्ला समन्वयको संयोजनमा पुगेको टोलीमा संघीय सांसद डा. शशांक कोइराला, प्रदेश सांसद रोशन बहादुर गाहा, दमयन्ती रूचाल, देवचुलीका नगर प्रमुख हरिप्रसाद न्यौपाने, गैंडाकोटका मेयर मदन भक्त अधिकारी , विनयी त्रिवेणीका अध्यक्ष घनश्याम गिरी, माओवादी केन्द्रका नेता किसन शर्मा लगायत विभिन्न राजनीति दलका व्यक्तिको सहभागीता रहेको थियो ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नवलपुरको भूगोलका विषयमा आफू जानकार रहेको र उठाएका विषय सम्बोधनका लागि पहल गर्ने धारणा राखेका थिए ।


 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्