ईश्वरमणिको मुक्तक संग्रह ‘सम्बोधिका’ लोकार्पण

पाेखरा | भदौ १०, २०८०

ईश्वरमणिको मुक्तक संग्रह ‘सम्बोधिका’ लोकार्पण

पोखरा:    साहित्यकार ईश्वरमणि अधिकारीको मुक्तक संग्रह ‘सम्बोधिका’को आज पोखरामा लोकार्पण गरिएको छ । सो मुक्तक संग्रहको प्रमुख अतिथि नेपाल संगीत नाट्य एकेडेमिका पूर्व कुलपति सरुभक्तले साहित्यकार तीर्थ श्रेष्ठ, प्राज्ञ हरिदेवी कोईराला, रमेश श्रेष्ठ, दीपक समिप, सरस्वती प्रतिक्षा र श्रष्टा अधिकारीलगायतको साथमा लोकार्पण गरेका हुन्।


उक्त अवसरमा साहित्यकार सरुभक्तले साहित्यिक कृतिहरु समाजका ऐना तथा सामाजिक चेतनाका उपज भएको बताए । साहत्यकार ईश्वरमणिको यो चौथो कृति हो मुक्त संग्रह । यसअघि समयको तस्बिर नामक कविता संग्रह, हृदयको आलाप गजल संग्रह प्रकाशन भइसकेका छन् ।


शुरुमा जतिबेला म सार्वजनिक पुस्तकालयको अध्यक्ष थिएँ सो समयमा अधिकारीको एउटा हिमाल आरोहीको जीवनीमा आधारित पुस्तक प्रकाशन भईसकेको छ । उक्त पुस्तक तत्कालिन समयमा कुमुदिनी होम्समा कक्षा १० मा अध्ययन गर्ने विद्यार्थी अरिबन तिमिल्सिनाको जिवनीमा लेखिएको मलाइ थाहा छ ।


पोखरा मुक्तकको शहर हो । यहाँ मुक्तकका कर्महरु हुनु पनि स्वाभाविकै हो । सरुभक्तले भने, यस्ता असल कृतिहरु आईरहनु पर्छ ।


कृतिमा भएका सबै सिर्जना उत्कृष्ट हुनैपर्छ भन्ने छैन र हुन्नन् पनि तर एक दुईटा असल सिर्जना भए असल र कृति उत्तम भईहाल्छ उनले भने । विषय विज्ञताको हिसाब किताबमा लागेका विज्ञहरु साहित्य लेखनमा पनि उत्तिकै निपूर्ण छन् भन्ने कुरा गणितका विज्ञ डा।अधिकारीको कृतिबाटै प्रस्ट भएको छ ।


प्रमुख अतिथि श्रेष्ठले पछिल्लो समय प्रचलित रुवाई शैलीको लेखनमा मुक्तक आईरहेका भएपनि हाम्रो नेपाली धरातल, संस्कृत, यहाँको मौलिकता, ऋषि, वेद र पौराणिक विज्ञहरुलाई बुझ्न आवश्यक भएको बताए ।


साहित्यकार, संस्कृतिकर्मि तिर्थ श्रेष्ठले मुक्तक मक्त हुन्छ । यो स्वतन्त्र हुने भएकोले यसको ढाँचा र भावमा स्वतन्त्रता हुन्छ । चार लाईनको हुनैपर्छ, तुक मिलेको हुनैपर्छ, काटकुट गरेको, कैचीले काटेको जस्तै हनुपर्च भन्ने कुरा गलत हो । श्रेष्ठले भने, यो दुई लाईनको पनि हुनसक्छ वा चार, सात लाईनको पनि हुनसक्छ । तर हुनुपर्ने चाँही भाव र चोटिलो प्रहार यसको गुण हो । अधिकारीका मुक्तकहरुमा रुवाईया शैली अपनाएको भएपनि अब्बल भएको बताए । उनले नेपाली मुक्तक लेखनमा आफ्नो संस्कार, संस्कृति, मौलिकता र पहिचानलाई अटाउनु पर्ने बताए ।


कृतिकार ईश्वरमणि अधिकारीले ३० वर्षको अवधिमा लेखेर थन्किएका मुक्तकहरुबाट छानेर सम्बोधिका प्रकाशन गरेको बताए । मैले सकेसम्म सत्यको र यथार्थ परिवेशलाइ अङ्गालेको छु। तर बेईमानीलाई अस्वीकार गरेको छु । उनले भने, मानिस सर्वगुणको हुँदैन । केही कमजोरी भएका छन् भने म आगामी दिनहरुमा सच्याउनु पर्छ । सो अवसर’मा उनले छिट्टै अर्को पुस्तक निकाल्ने र पाण्डुलिपि पनि तयार भएको जानकारी दिए ।


कार्यक्रममा कवि जीवनसागर भण्डारीले अधिकारीको परिचय विवरण प्रस्तुत गरेका थिए भने कवि प्राञ्जलले उनका केहि मुक्तक वाचन गरेका थिए । कृतिको बारेमा कवि संजिव पौडेलले समिक्षा गरेका थिए ।


सो अवसरमा प्राज्ञ हरिदेवी कोईराला, प्राज्ञ, बिम्ब कवि रमेश श्रेष्ठ, गजलकार दीपक समिप, सरस्वती प्रतिक्षालगायतले शुभकामना व्यक्त गर्दै विषय विज्ञताका साथमा साहित्य लेखनमा अधिकारीको कर्मले नेपाली साहित्यमा योगदान पुगेको बताए ।


१२१ पृष्ठको पुस्तकमा १११ वटा मुक्तक रहेका छन् । यसलाई पोखरेली युवा सांस्कृतिक परिवारले प्रकाशन गरेको हो । यसअघि कार्यक्रममा कार्यक्रममा सहभागिहरुलाई संस्थाकी उपाध्यक्ष रीता अधिकारी ‘ऋतु’ले स्वागत, संस्थाका सचिव चैतन्य अधिकारीले सञ्चालन र अध्यक्षता अध्यक्ष उपेन्द्र पौडेलले गरेका थिए ।
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्