खेलकुद पत्रकार र खेलकुद विकास मञ्चबीच मैत्रीपुर्ण खेल सम्पन्न

काठमाडाैं | भदौ ९, २०८०

खेलकुद पत्रकार र खेलकुद विकास मञ्चबीच मैत्रीपुर्ण खेल सम्पन्न

पोखरा:     खेलकुद विकास मञ्च पोखरा र खेलकुद पत्रकार मञ्च गण्डकीबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा शनिबार विहान मैत्रीपुर्ण प्रतियोगिता सम्पन्न भएको हो । 


प्रतियोगितामा खेलकुद विकास मञ्चले खेलकुद पत्रकार मञ्च गण्डकीलाई ६-३ गोलअन्तरले हराउँदै विजयी भयो । 


मैत्रीपुर्ण खेलको समापनमा बोल्दै कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँले आफुहरुले जिल्लाको नेतृत्व गर्न पाएपनि अधिकार भने निकै सिमित रहेको बताए । 

उनले पछिल्लो समय कास्कीको फुटबल खेल सस्कदै गएको र युवा खेलाडीहरुले खेलकुदपत्रकारसँग मैत्रीपूर्ण खेल खेल्दै खेलकुदको विकास आवश्यक रहेको सन्देश दिएको बताए ।


‘हिजो कास्कीको फुटबलको स्तर कहाँ थियो र आज कहाँ छ त्यो सबैलाई थाहा भएकै कुरा हो । हिजोका दिनसम्म राष्ट्रिय टिममा कास्कीको खेलाडी नपरेको समय नै हुनेथिएन तर आज कास्कीका खेलाडी राष्ट्रिय टिममा पर्नै छाडे यो फुटबलमा मात्र होइन अन्य खेलमा समेत समस्या छ’ उनले भने, ‘हामीले जिम्मेवारी त पाएका छौ तर अधिकार पाएका छैनौं । आज रंगशालाको उपभोग गर्न प¥यो भने राष्ट्रिय खेलकुद परिषदको अनुमति चाहिन्छ । हाम्रै आगनमा समेत हामीले केहि गर्न पाउँदैनौ खाली समिति बनाएर मात्रै खेलकुदको विकास हुँदैन ।’ 


उनका अनुसार गण्डकीको खेलकुदमा निकै अस्तव्यस्त रहेको छ । यस्तै गण्डकी प्रदेश फुटबल संघका उपाध्यक्ष मिलन गुरुङले फुटबल खेलका लागि गण्डकी प्रदेश फुटबल संघ सधैं साथ र सहयोग गर्न तयार रहेको बताए । 


नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिनानाथ बरालले मैत्रीपूर्ण खेलले दुई संस्थालाई जोड्ने काम गरेको सुनाए । उनले अरबौ रुपैयाँमा बनेको रंगशालाको उपयोग खासै नभएकोमा चिन्ता व्यक्त गरे । पोखरामा अन्तर्राष्ट्रिय स्तरको पुर्वाधार निर्माण भएपनि स्तरीय प्रतियोगिता भने खासे नभएको सुनाए । खेलकुद विकास मञ्चका अध्यक्ष विक्रम थापाले खेलकुदको विकासका लागि मञ्चको स्थापना भएको सुनाए । उनले हरेक वर्ष खेलकुद पत्रकारहरुसँग मैत्रीपुर्ण खेल खेल्दै दुई संस्थाबीच सम्बन्ध गास्ने सुनाए ।


फुटसल प्रतियोगिताको आयव्यय सार्वजनिक

 

यस्तै खेलकुद विकास मञ्चले असार २९ र ३० गते आयोजना गरेको स्व।याम (राम) बहादुर थापा स्मृति फाइभ ए साइड फुटसल प्रतियोगिताको आयव्यय समेत सार्वजानिक गरेको छ । संस्थाकी उपाध्यक्ष अञ्जली भुषालले प्रतियोगिताबाट कुल एक लाख ४० हजार आम्दानी भएको छ भने दुई लाख रुपैयाँ खर्च भएको जानकारी दिइन् ।

 

प्रतियोगितामा टिम दर्तामार्फात ८० हजार, सहयोगमार्फत ६० हजार रुपैयाँ उठेको हो । प्रतियोगिताबाट ६० हजार रुपैयाँ घाटा भएको उनले बताइन् ।
 

काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।   सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप स...

थप पढ्नुहोस्

सुनसरी:  सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ...

थप पढ्नुहोस्

काठमाडौं: नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा&ndas...

थप पढ्नुहोस्