श्रीकृष्ण जन्मष्टमी: पोखरामा कृष्ण प्राकट्य महोत्सव हुदै
पाेखरा | भदौ ७, २०८०
पोखरा: भाद्र २० गते श्रीकृष्ण जन्माष्टमी पर्वका दिन पोखरा ८ रत्नचोक स्थित श्री कृष्ण प्रणामी मन्दिरमा श्रीकृष्ण जन्मष्टमी प्राकट्य महोत्सव हुने भएको छ ।
हरेक वर्ष हुदै आएको महोत्सबमा कृष्ण भजन , कृष्ण लिला नृत्य ,बाल बालिकाको विभिन्न लोक तथा राष्ट्रिय गीत नृत्य लगाएतका विभिन्न मनोरञ्ननात्मक सास्कृतिक तथा धार्मिक गतिविधि गरिने र रात्री १२ बजे भगवान कृष्णको जन्म महोत्सव समापन गराइने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम रेग्मीले बताउनुभयो ।
मन्दिरमा साउन २१ गतेबाट सगिंतमय श्रीमद् वितक तथा कृष्ण कथा वाचन जारी छ । उक्त वाचनमा पछिल्लो समय भक्तजनको उल्लेख्य सहभागीता हुदै आएको छ । । कथाको वाचन कृष्ण प्रणामी धर्मका धर्मप्रचारीका साधवी पुजन शिखा माताले गर्दै आउनु भएको छ । प्रमुख वाचिका पुजन शिखा माताले आत्मा पहिचान गराउने धर्म शास्त्रहरु भनेको आफैलाई हेर्ने ऐना भएको बताउनु भयो । हरेक मानिसमा प्रेमको जागृत गराउन ज्ञानको आवश्यक हुने बताउनुभयो । उहाँले विगत देखि नै हिन्दु धर्म माथि प्रहार हुदै आएको बताउदै वितक कथा मार्फत हिन्दु जागरण सहित मानिसमा प्रेमको भाव प्रकट हुने बताउनुभयो ।
भाद्र २० गते कृष्ण प्राकट्य महोत्सव संगै यस वर्षको श्रीमद् वितक तथा कृष्ण कथा वाचन समापन हुने आयोजक श्री कृष्ण प्रणामी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

