कोशीका मुख्यमन्त्रीविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडाैं | भदौ ६, २०८०

कोशीका मुख्यमन्त्रीविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं:    कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले आज बुधवार सर्वोच्च अदालतमा दर्ता गराउनुभएको छ ।


सभाध्यक्षले मतदान गर्न नपाउने संवैधानिक व्यवस्था रहेको जिकिर गर्दै कार्कीले सर्वोच्चमा रिट दिनुभएको हो । सर्वोच्चले कार्कीको रिट दर्ता गरेर भोलि बिहीवारका लागि पेसी तोकेको छ ।


कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिँदा सभाध्यक्ष गरिरहनुभएका इस्माइल मन्सुरीले पनि मतदान गर्नुभएको थियो । कार्कीले थापाले लिएको विश्वासको मत असंवैधानिक रहेकोले त्यसलाई खारेज गरी संवैधानिक व्यवस्थाअनुसार आफूलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश पनि माग्नुभएको छ ।


कोशी प्रदेशसभामा एमाले सबैभन्दा ठूलो दल हो ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्