समृद्धि र विकासका लागि युवाहरुको साथ र सहयोग आवश्यक: वडाध्यक्ष तिमिल्सिना

पाेखरा | भदौ ६, २०८०

समृद्धि र विकासका लागि युवाहरुको साथ र सहयोग आवश्यक: वडाध्यक्ष तिमिल्सिना

पोखरा:   पोखरा महानगरपालिका वडा नम्बर २५ ले हेमजामा रहेका विभिन्न यूवा क्लबहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । 


युवाहरुलाई वडाको वार्षिक गतिविधिहरुको जानकारी दिनुका साथै चालु आ.व लक्षित आर्थिक, सामाजिक र भौतिक विकासात्मक छलफललाई जोड दिन कार्यक्रमको आयोजन गरिएको वडाध्यक्ष मोतिलाल तिमिल्सिनाले जानकारी दिनुभयो ।


कार्यक्रममा उपस्थित युवाहरुले हेमजामा नगर बस सेवा संचालन प्रभावकारी नभएको , मध्यपहाडी लोकमार्ग अन्तर्गत हरिचोक देखि यम्दी सम्मको सडक निर्माणमा ढिलाइका कारण वर्षायाम संगै हिलाम्मे सडकले आवतजावतमा हैरानी, डिजिटल पुस्तकालय अर्यात इ–लाइब्रेरीको अवस्यकता ,युवा उद्यमी सम्बन्धि सिफारिस निशुल्क गर्न आग्रह ,दुर्धटना न्युनिकरणका लागि स्कुल स्कुलका ट्राफिक जनचेतना कार्यक्रम गर्नुपर्ने,वडा तहका विभिन्न समिति गठनमा युवा प्रतिनिधित्व हुनुपर्ने, विनाधितो सहुलियत दरमा व्यवसायिक ऋण, एकीकृत कर  प्रणाली लागु गर्नुपर्ने लगायतका समस्या राखेका थिए । 


महानगर प्रवक्ता एवं वडाध्यक्ष तिमिल्सिनाले वडाबाट समाधान गर्न मिल्ने समस्यलाई तत्काल सम्बोधन गर्ने र अन्य विषयगत समस्या अनुरुप सम्बन्धित निकायमा पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै समृद्धि र विकासका लागि युवाहरुको साथ र सहयोग आवस्थक सहेको बताउनुभयो । 


महानगर व्यवसाय प्रवद्र्धन केन्द्रका कार्यकारी प्रमुख नवराज अधिकारीले साना व्यवसायीका लागी वित्तीय योजना तथा सहुलियतपुर्ण कर्जा सम्बन्धि जानकारी गराउनु भएको थियो । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्