कस्केली तामाङ पत्रकारलाई तालिम

पाेखरा | भदौ २, २०८०

कस्केली तामाङ पत्रकारलाई तालिम

देबिका तामाङ /पोखरा:   २९ औं तामाङ प्रसारण दिवसको अवसरमा नवगठित तामाङ पत्रकार संघ कास्कीले एक दिने तालिम सम्पन्न गरेको छ ।

 

आज (शनिबार) संगमटोलमा सञ्चार माध्यममा तामाङको सवाल एवं एक दिने पत्रकारिता तालिम सम्पन्न गरेको हो ।

 

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथिसमेत रहेकी पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले आफ्नो पहिचान र अस्तित्व संरक्षणमा स्वयमंको अग्रसरता महत्वपूर्ण रहेको बताइन् । 

 

उनले पत्रकारितामार्फत समुदायलाई माथि उठाउन सकिने बताउदै स्वच्छ र निष्पक्ष पत्रकारितामा सक्रिय हुनुपर्ने धारणा राखिन् ।

 

उपप्रमुख गुरुङले पत्रकारसँग न्यायिक समिति कार्यक्रम रहेको जानकारी दिदै आगामी दिनमा महानगर सहकार्य र सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता जनाएकी थिइन् ।

 

 

सो कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रिय उपाध्यक्ष दिपक तामाङ, संघका सल्लाहकार एवं नेपाल तामाङ घेदुङ कास्की समन्वय समितिका सचिव मिनमाया तामाङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका अध्यक्ष दिलप्रसाद गुरुङ लगायतले बोलेका थिए । 

 

रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जय कुमार मल्लले नवगठित तामाङ पत्रकार संघ कास्कीका पदाधिकारी एवं सदस्यहरुलाई लक्षित गरी पत्रकारिताबारे प्रशिक्षण दिएका थिए ।

 

सो तालिममा तामाङ सम्बद्ध विभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरु सहित करिब ७० जनाको उपस्थिती रहेको थियो ।

 

तामाङ पत्रकार संघ कास्कीका अध्यक्ष पवित्रा तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका सदस्य सुजन तामाङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन संघका उपाध्यक्ष सन्तोष तामाङले गरेका थिए ।

 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्