दाङमा विषालु च्याउ खाएर बिरामी परेकी महिलाकाे ज्यान गयाे

दाङ | भदौ १, २०८०

दाङमा विषालु च्याउ खाएर बिरामी परेकी महिलाकाे ज्यान गयाे फाइल तस्बिर

दाङ : दाङको बङ्गलाचुली गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकी ईश्वरी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज शुक्रवार ज्यान गएको छ ।

 

यसअघि उहाँकी छोरी अस्मिता सुनारको अस्ति बुधवार उपचारकै क्रममा ज्यान गएको थियो । जङ्गली च्याउ खाएर एकै घरका तीन जना बिरामी परेकामा दुई जना आमाछोरीको ज्यान गएको हो ।

 

गएको साउन २९ गते बेलुकी बङ्गलाचुली–४ भित्ताला जङ्गलबाट खोजेर ल्याएको जङ्गली च्याउ खाएर बिरामी परेका मृतक ईश्वरीका श्रीमान् अजय सुनारको पनि स्वास्थ्य अवस्था गम्भीर रहेको  छ ।

 

उहाँको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्