फेवातालमा एक पुरुषको शव फेला
पाेखरा | साउन २७, २०८०
तस्बिर फाइल
पोखरा: पोखरा महानगरपालिका १८ फेवाताल रातामाटामा एक पुरुषको शव फेला परेको छ ।
फेवाताल रातामाटामा पानीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी बेद जोशीले जानकारी दिए ।
‘पोखरा १८ फेवाताल राटामाटामा आज पानीमा डुबेको अवस्थामा एक पुरुषको शव भेटिएको छ,अन्दाजी ३५–४० उमेरको पुरुषको शव भेटिएको हो’, डीएसपी जोशीले भने, ‘शवको पहिचान भएको छैन, आवश्यक मुजुल्का उठाएर शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाएका छौं ।’
उनले शवको पहिचान नभएकाले शवसँगै माछा मार्ने सामान र हातमा जिसस क्राइसको ट्याटु भएकाले यो हुलिया भएको मानिस हराएको भए कास्की प्रहरीमा खवर गर्न समेत आग्रह गरेका छन् ।
शवलाई पोष्टमार्टमका लागि अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

