पोखरामा कांग्रेसको सभापति हटाउन कार्यकर्ता कस्सिए

पाेखरा | साउन २६, २०८०

पोखरामा कांग्रेसको सभापति हटाउन कार्यकर्ता कस्सिए

पोखरा:   नेपाली कांग्रेस पोखरा महानगरपालिका १७ ले इकाई सभापति देवराज आचार्य विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेको छ । 


पोखरा १७ का इकाई सभापति आचार्यले गएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको प्रत्यासीको समयमा दिएको कार्यवाहकको जिम्मेवारीको विषयमा विवाद गरेको, कार्यकर्तालाई पराजितको दोष लगाएको, किर्ते तथा आर्थिक अनियमितता गरेको भन्दै कार्यवाह सभापति डिल्लीराम भट्टराईको नेतृत्वमा  अविश्वासको प्रस्ताव पेश गरेको हो । 


वडा सभापति आचार्य विरुद्ध ०७९/०७/०६ गते बसेको भेलाले नेपाली कांग्रेसको विधान २०१७ (नवौ संशोधन) को दफा ४४ को उपदफा १ बमोजिम लिखित रुपमा इकाई कार्यवाहक सभापति भट्टराईको नेतृत्वमा आज (शुक्रबार) पोखरा महानगरपालिका, क्षेत्रीय कार्यालय, जिल्ला र प्रदेश कार्यालयमा वडा सभापति आचार्य विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेको हो । 


अविश्वासको प्रस्ताव पत्रमा विधानले तोके बमोजिम अविश्वासको प्रस्ताव पेश गर्ने विषयमा २०७९/०७/०६ गतेको ३५१ जना क्रियाशिल सदस्यहरुको भेलाबाट पारित निर्णयको छायाँकपी यसै गरिएको व्यहोराको साथै जिल्ला क्षेत्र, नगर र प्रदेश सभापति लगायतका कार्य समिति समक्ष वडामा भएको विवाद जानकारी गराउँदा पनि उपल्लो निकायबाट समस्याको समाधान गर्न कुनै पहल नभएको उल्लेख गरिएको छ । 


वडा सभापति आचार्य विरुद्ध स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा पत्यासी हुँदा बाँकी समयका लागि दिएको कार्यवाहक सभापतिको विषयमा विवाद गरेको, चुनावमा पराजित भएको जिम्मेवारी आफूले नलिएर कार्यकर्तालाई गालीगलौज गर्द संगठन कमजोर बनाएको विषयमा पटकपटक छलफल गरेर बहुसंख्यक क्रियाशिल सदस्यहरुको रोहबरमा जवाफ मागिएपनि उपस्थित नभई चुनावी समिक्षा बैठकमा कार्यकर्तामाथि पटकपटक ‘हार्दिक श्रद्धाञ्जली’ लगायतका अभिव्यक्ति दिएको, अभिव्यक्ति फिर्ता गर्न आग्रह गरेपनि यो विषयलाई लत्याएको कारण अविश्वासको प्रस्तावको गरेको पत्रमा उल्लेख गरेको छ । 


आचार्य विरुद्ध पार्टीको छाप र लेटर प्याड समेत किर्ते गरेर पार्टीको नाममा जग्गा खरिद  प्रकरणमा आर्थिक अनियमितता लगायतको कार्य गरेको उल्ल्ेख गरेको छ । पत्रमा बहुसंख्यक क्रियाशिल सदस्यहरुको अनुरोधलाई गम्भिर रुपमा बुझेर समस्याको समाधान गर्न आग्रह गर्दै समस्याको समाधान नभई यही रुपमा अन्याय, अत्याचार भए नैतिकताको आधारमा कुनै पनि कार्यक्रममा शहभागिता नहुने जनाइएको छ । 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्