ब्रेकिङ: पोखरामा एकाबिहानै करिव २४ तोला सुनसहित एक महिला पक्राउ
पाेखरा | साउन २५, २०८०
पोखराः काठमाडौंबाट पोखरा आएको बस चेकजाँचको क्रममा सुन जस्तो देखिने पहेलो धातुसहित एक महिला पक्राउ परेकी छिन् ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले काठमाडौंबाट पोखरा आएको बस पृथ्वीचोकमा चेकजाँच गर्ने क्रममा कल्पना गुरुङ सुन जस्तो देखिने पहेँलो धातुसहित पक्राउ परेका हुन् ।
वडा प्रहरी कार्यालय बैदामका डिएसपी बेद जोशीका अनुसार बस चेकजाँचको क्रममा सुन जस्तो देखिने पहेलो धातुसहित गुरुङ पक्राउ परेको पुष्टि गरे । झापाको बिर्तामोड घर भएका गुरुङ काठमाडौं बस्दै आएको र आज बिहान काठमाडौंबाट पोखरा आएको बस चेकजाँच गर्ने क्रममा उनी सुन जस्तो देखिने पहेलो धातुसहित प्रकाउ परेकी हुन् ।
पक्राउ परेका गुरुङका साथबाट बरामत भएको सुन जस्तै देखिने धातु २८० ग्राम २९ मिलीग्राम रहेको जसमा सुन नै प्रमाणित भए करिव २४ तोला रहेको डिएसपी जोशीले बताए । प्रहरीले भने पक्राउ परेकी महिलाको साथबाट बरामत गरिएको सुन जस्तो देखिने पहेलो धातु भएकाले परिक्षण गर्न बाँकी रहेको जनाएको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

