पोखरामा मादी ६ को घुम्ती सेवा

पाेखरा | साउन २०, २०८०

पोखरामा मादी ६ को घुम्ती सेवा

पोखरा:   कास्कीको मादी गाउँपालिका वडा नम्वर ६ वडा कार्यालयले पोखरामा तीन दिन घुम्ती सेवा प्रवाह गरेको छ ।  


मादी गाउँपालिका वडा नम्वर ६ का वडाका केही स्थानीयहरु पोखराको विभिन्न स्थानमा अस्थायी रुपमा बस्दै आएकाले वडाबाट उपलब्ध हुने सेवाहरु घुम्ती सेवा मार्फत प्रवाह गरेको वडाध्यक्ष डिल बहादुर क्षेत्रीले जानकारी दिए । 


‘मादी वडा नम्वर ६ घर भएका स्थानीयहरु विगत केही वर्षयता पोखरा लगायत विभिन्न स्थानमा बसोबास गर्दै आउनुभएको छ’, वडाध्यक्ष क्षेत्रीले भने, ‘अस्थायी रुपमा पोखरा लगायत अन्य क्षेत्रमा बसोबास गर्दै आएका मादी ६ का स्थानीयहरुलाई घुम्ती सेवा मार्फत सेवा प्रवाह गरेका हौं ।’


मादी गाउँपालिका वडा नम्वर ६ ले पोखरा महानगरपालिका १३ जुरे भुमे तप्रे समाजबाट साउन १८ गतेदेखि २० गतेसम्म घुम्ती सेवा प्रवाह गरेको थियो । घुम्ती सेवा प्रवाहमा २ सय ८४ जनाले सेवा लिएका छन् । जसमा सम्पत्ती कर भुक्तानी ४१, घटना दर्तातर्फ जन्मदर्ता ४ विवाह दर्ता २, सामाजिक सुरक्षा भत्ता नविकरण २ सय २६ र विविध सिफारिसतर्फ ११ जनाल सेवा लिएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए । 


 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्