पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीको फुटसल प्रतियोगता
पाेखरा | साउन १८, २०८०
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टीको कास्कीका निर्वाचन क्षेत्र समितिको संयुक्त आयोजनामा पोखरामा फुटसल प्रतियोगिता हुने भएको छ ।
प्ले फर फेलोसिप अन्तर क्षेत्र हुन लागेको फुटसल प्रतियोगिता आगामी (साउन) २० गते शनिबार मुस्ताङचोक फुटसल जोनमा हुनेछ ।
हालसम्म प्रतियोगितामा ६ टिमको दर्ता भइसकोको प्रतियोगिताका मिडिया संयोजक श्रीकृष्ण न्यौपानेले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितमा सहभागी हुने टिमले कास्की क्षेत्र नम्बर १ मा सुजन बस्ताकोटी, क्षेत्र नम्बर २ मा संयोजक पोखरेल र क्षेत्र नम्बर ३ मा सहसंयोजक अधिकारीसँग समन्वय गर्नुपर्ने छ ।
यस्तै, महानगरबाट प्रतिनिधित्व गर्ने टिमले नारायण आचार्य र प्रदेशको टिमले नवीन त्रिपाठीसँग समन्वय गर्नुपर्ने गरी जिम्मेवारी तोकिएको प्रतियोगिताका मिडिया संयोजक न्यौपानले बताए ।
प्रतियोगितमा सहभागी हुनका दर्ता शुल्क २ हजार निर्धारण गरिएको आयोजकले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

