एनआरएनए जापानको कोषाध्यक्षमा दिपकको उम्मेदवारी, यस्तो छ उनको प्रतिवद्धता

पाेखरा | साउन १२, २०८०

एनआरएनए जापानको कोषाध्यक्षमा दिपकको उम्मेदवारी, यस्तो छ उनको प्रतिवद्धता

जापान:     गैरआवासीय नेपाली संघ जापानको राष्ट्रिय समन्वय समितिका वर्तमान सह–कोषाध्यक्ष दीपक सुनारले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । 
 

गैरआवासीय नेपाली संघ जापान राष्ट्रिय समन्वय समितिको ११ औँ अधिवेशन नजिकिदैं गर्दा विभिन्न पदहरुमा उम्मेदवारी घोषणा भइरहेका छन् ।

 

समितिको वर्तमान सह–कोषाध्यक्ष रहिसकेका सुनारले आगामी कार्यकाल सन् २०२३–२५ का लागि कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । 

 

दिपकले सामाजिक सञ्जालमा उम्मेदवारी घोषणा गर्दै आफु सह कोषाध्यक्ष रहेको वर्तमान कार्यसमितिले, एनआरएनए जापानलाई धेरै सुधार गरेको कुरा अवगत गराउँदै, यो क्रमलाई पुनः निरन्तर दिदै आगामी कार्यकाल पनि

 

त्यस्तै सभ्य र सौहार्दपूर्ण बनाउने प्रतिवद्धतासहित कोषाध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरेको बताए । 

 

को हुन् दिपक ?

 

 

दिपक लामो समयदेखि जापानलाई आफ्नो कर्म भुमी बनाएर विभिन्न सामाजिक संघ संस्थामा काम गर्दै आएका छन् ।
 

एनआरएनए अभियानमा जोडिएर जापानमा रहेका नेपालीहरुको सेवा र एनआरएनए जापानको पहिलादेखि नै धमिलिंदै आएको छविलाई सुधार गर्न योगदान दिइसकेका छन् ।  

जापानमा लामो समयदेखि रहँदै आएका दिपकले एनआरएनए जापानमा भने सन् २०१३ बाट क्षेत्रीय समिति निगाताको साधारण सदस्य हुँदै यात्रा सुरु गरेका थिए । त्यस पछि उप–संयोजक, संयोजकको हुँदै अहिले केन्द्रीय सह–कोषाध्यक्षको जिम्मेवारी सम्हाली सकेका छन् । 

 

उनले, एनआरएनएमा जोडिनु अघि पनि लाएन्स क्लब लगाएतका सामाजिक संस्थामा रहेर पनि काम गरिरहेका छन् ।

 

दिपक हाल एनआरएनए बाहेक कास्की पोखरा जापानको उपाध्यक्ष तथा निगाता लाएन्स क्लबका अध्यक्ष एवं युथ फर सोसियल वेलफेयर नेपालको कन्ट्री रिप्रेजेन्टेटिभका रुपमा पनि सक्रिय छन् । 
 

 

दिपकले एनआरएनए जापानको आगामी कार्यकालको कोषाध्यक्ष पदमा दाबेदारी प्रस्तुत गर्दै आफ्ना योजनाहरु समेत सार्वजनिक गरेका छन् । 

 

उनका योजना तथा प्रतिवद्धताहरु यसप्रकार छन्:-

 

सन् २०२१–२०२३ को कार्यकालमा पनि कोषलाई नजिकबाट नियालि आफ्नो जिम्मेवारी पुर्णरूपमा काम गर्दै आएको छु । र जापानबासी संपुर्णलाई डिजिटल मार्फतआर्थिक पारदर्शिता हुनेगरि काम पनि गर्दै आएको छु ।

 

अहिलेको वर्तमान समय प्रविधि र विज्ञानको समय हो । यदि निकट भविष्यमा म NRNA JAPAN को कोषाध्यक्ष पदमा निर्वाचित भएको खण्डमा NRNA JAPAN लाई कोष बृदि प्रविधि मैत्री बनाउने लक्ष्य लिएको छु ।

 

आर्थिक डिजीटलाईजेसन गरेर सम्पुर्णले सुचना हेर्न चाहेको खण्डमा पारदर्शी रुपमा देखिने गरी प्रविधि मैत्री NRNA JAPAN बनाउने छु । NRNA JAPAN 2021–2023मा  पनि प्रविधि मैत्री बनाउन तयारी भएको छ। कामले पुर्णता पाएको छैन।

 

त्यही बाँकी कामलाई पुरा गर्नको लागी पनी मलाई सम्झनु हुनेछ भन्ने लागेको छ।

 

पछिल्लो समय नेपालीको संख्या बढे संगै आईपर्न सक्ने समस्याको बारेमा पनि नयाँ टिममा छलफल गरी योजना बनाएर अगाडी बढ्ने छौं ।

 

यदि मेरो विजय भएमा मैले गर्ने कामले संस्थाको गरिमालाई कति पनि घट्न दिने छैन । त्यसैले ‘संस्थागत समृद्धिको आधार, कोषाध्यक्षमा दिपकको उम्मेदवार’ मैले नाराको रुपमा छानेको छु ।
 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्