जसपाकी नेतृ गुरुङ राप्रपा प्रवेश
पाेखरा | साउन १२, २०८०
पोखरा: जनता समाजवादी पार्टीका महिला नेतृ बुद्धिकुमारी गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी छिन् ।
गत मंसिरमा सम्पन्न प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेकी (कास्की क्षेत्र नं २) गुरुङ जसपा परित्याग गरी आज (शुक्रबार) राप्रपा प्रवेश गरेकी हुन् ।
उनलाई राप्रपामा राप्रपा गण्डकी प्रदेशका अध्यक्ष तथा पूर्व मन्त्री माननीय पञ्चराम गुरुङ र राप्रपा कास्की अध्यक्ष नारायण गुरुङले पार्टीमा स्वागत गरे ।
सो अवसरमा पूर्व मन्त्री गुरुङले राजनीतिक सफलताका लागि शुभकामना व्यक्त गर्दै नयाँ शिराबाट राजनीतिमा होमिनुपर्नेमा जोड दिएका थिए ।

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

