र्‍यापर लाउरे भन्छन्, –राजनीतिमा आउनेछु तर अहिल्यै होइन (भिडियाेसहित)

पाेखरा | साउन ११, २०८०

र्‍यापर  लाउरे भन्छन्, –राजनीतिमा आउनेछु तर अहिल्यै होइन (भिडियाेसहित)

पोखरा:   गएको ०७९ को बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा केही स्थानमा युवाहरुले स्वतन्त्रबाट नै नेपाली राजनीतिमा बाजी मारे । 

 

निर्वाचनमा विजयी हुन राजनीतिक दलहरुको दबदबालाई चिर्दै स्वतन्त्र रुपमा काठमाडौं महानगरपालिकामा बालेन्द्र शाह (बालेन) उदाए र धरान उपमहानगरपालिकामा हर्क साम्पाङ राई चुनिए ।

 

यससँगै स्वतन्त्रको लहर चलिरहेको समयमा गत वर्ष नै संसदीय निर्वाचनलाई लक्षित गर्दै संचारकर्मी रवि लामिछानेले युवाहरुलाई संगठित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी खोले ।

 

पार्टी खोलेको ६ महिनामा नै राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको राजनीतिमा चौथो शक्तिको रुपमा उदायो ।  

 

 

 

नेपाली राजनीतिक दलहरुले युवाहरुलाई अवसर नदिएको भन्दै स्वतन्त्रको लहर झांगिदै गएको छ । अबको चुनावमा सक्षम नेतृत्वसँगै स्वतन्त्र उम्मेदवारको सँखया बढ्न सक्ने संकेत नेपाली राजनीतमा चुलिएको छ । उसो त स्थानीय निर्वाचन सम्पन्न भएको १ वर्ष बढी भइसकेको छ ।

 

१ वर्षको अवधिमा निर्वाचित जनप्रतिनिधिहरुले केकति काम गरे भनेर जनताले सामाजिक सञ्जालमा मुल्याङ्कन गरिसकेका छन् । 

 

पछिल्लो समय काठमाडौं, धरान र पोखरा महानगरपालिका चर्चाको केन्द्रमा छ । पोखराका मेयरलाई असफल मेयर धनराज आचार्यलाई खिसिट्यूरी गरिरहेका छन् भने बालेन्द्र शाह र हर्क साम्पाङ राईलाई वाहवाही गरिरहेका छन् । यद्यपी उनीहरुको पनि नकरात्मक पाटो भनएको भने होइन ।

 

पोखरा महानगरपालिका देशकै ठुलो महानगरपालिका पनि हो । त्यसैले यसको विकास केवल स्थानीयले मात्रै चाहेका छैनन् । सिंगो देशबासीलाई पोखराको चिन्ता छ । 

 

यहाँ गठबन्धनका साझा उमेदवार धनराज आचार्यले नेकपा एमालेका नेता कृष्ण थापालाई पराजित गर्दै पोखराको मेयर बने । तर मेयर आचार्यको पक्षमा प्रंशसा भन्दा बढी गुनासो र सुझाव आउन थालेका छन् । 

 

त्यही सुझाव दिनेहरुको भीडमा पोखरा महानगरपालिका ९ नयाँबजार घर भएका चर्चित र्‍यापर आशिष रानामगर ‘लाउरे’ पनि देखिए । 

 

र्‍यापर  लाहुरेले गत असार २७ गते पोखराका मेयर धनराज आचार्यलाई १९ बुँदे खुल्लापत्र लेख्दै जनमुखी काम गर्न सुझाए । उनले पोखरालाई स्वस्थ, पूर्ण प्राकृतिक र स्वर्गजस्तै देख्न चाहेको उल्लेख गर्दै आफुलेपनि सहयोग गर्न तयार रहेको स्पष्ट पारे । 

 

र्‍यापर लाउरेले मेयर आचार्यलाई चिठ्ठी लेखेपछि सुनगाभा न्यूजकर्मी सुशान्त गाहामगरले उनलाई प्रश्न सोधेका छन्, ‘र्यापर लाहुरेलाई हामीले अब राजनीतिमा देख्न पाउँछौं ?’
 

 

लाउरे जवाफिए, ‘बच्चामा साइकल खेल्न मन लाग्ने, अलि ठुलो भएपछि फुटबल अनि उमेर बढ्दै गएपछि देशको लागि केही गरौं भन्ने भावना मनमा जागृत हुनेरहेछ, त्यहीबीच धरान र काठमाडौंको मेयरले जुन उदाहरण सेट गरेका छन् त्यो पोखरामा देखिएन, उनले थपे, ‘त्यसैले पोखराको मेयर र उहाँको टिमलाई फेसबुकमार्फत भक्भकाउन र तारिफयोग्य काम गर्नुपर्छ भनेर मनका लागेको कुरामध्ये ११ बुँदा सेयर गरेको हुँ ।’
 

 

र्‍यापर  लाहुरेले तत्कालै राजनीतिमा नजोडिएपनि निकट भविष्यमा जोडिन सक्ने स्पष्ट पारे । 

‘अहिल्यै डाइरेक्ट राजनीतिमा जोडिने त सोच छैन तर भविष्यमा राम्रो एस्पर्टको टिम जम्मा गरेर राम्रो भिजन बन्यो भने डेफिनेट्ली आई वील गो टु पोलिटिक्स बट नट नाउ ।’ उनले भने ।

 

र्‍यापर लाउरेले आगामी ०८४ सालमा हुने स्थानीय निर्वाचनको तयारीमा नरहेपनि पोखरा महानगरको मेयरको उम्मेदवार बन्न सक्ने संकेत गरे ।

‘पोखराको कमी कमजोरीको विश्लेषण गरेको छु । वीक्नेस, स्ट्रेन्थ, अपर्चुनिटी र थ्रेट’ के हो भन्ने कुराहरुलाई मध्यनजर गरेर त्यो क्षेत्रको एक्सपर्टहरु जम्मा गरेर अगाडी बढ्न सक्ने स्थिती बन्यो भने डेफिनेट्ली मेयरको क्याण्डिडेटमा उठ्छु म तर फरक कुराले मेरो लाइफमा डिस्टर्ब गर्न थाल्यो भने चाँही म्युजिक र कलाकारितालाई नै निरन्तरता दिन्छु र अहिले सोध्नुभयो भने आई ह्याब नो प्लान टु कमिङ पोलिटिक्स,’ लाउरे जवाफिए ।
 

पोखरा:   नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीले पोखरामा आयोजना गरेको क्लबस्तरीय भलिबल प्रतियोगितामा जनकल्याण पोखरा–११ उपाधि नजिक पुगेको छ ।  जनकल्याणले माछापुच्छ«े गुराँसे भूमि घा...

थप पढ्नुहोस्

पोखरा:    कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समिति मार्फत समाधान हुदाँ अदालतमा मुुद्धाको भार घटेको बताउनु भएको छ ।  पोखरा महानगरपालिका न्यायिक समितिक...

थप पढ्नुहोस्

पोखरा:    पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार तेस्रो पोखरा राष्ट्रिय साइकल दौड प्रतियोगिता हुँदैछ ।  पोखरा महानगरपालिका १७ को कार्यालय र कास्की जिल्ला साइक्लिङ संघको...

थप पढ्नुहोस्