पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिगको मंगलबार हुने खेलहरु स्थगित गरिएको छ ।  आयोजक ईन्फिनिटी ड्रिम्स प्रालिले प्रेस विज्ञप्ती जारी गर्दै देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै...

पोखरा:    नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तर्गत वर्ष उत्कृष्ट खेलाडी (पुरुष) मा टेनिसका प्रदीप खड्का, क्रिकेटका अर्जुन कुमाल र भलिबलका हिमाल सुनारी मगरबीच प्रतिष्पर्धा हुने भएको छ ।  उनीहरू तीनजना मनोनयनमा परेको सार्वजनिक भएसँगै यो विधातर्फको अवार्ड कसले चुम्ला आ–आफ्नै अड्कलबाजी हुन थालेको छ ।  यहीं वैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा मनोनयनमा पर्ने तीनैजना आ–आफ्नो खेल क्षेत्रमा दख्खल राख्छन् ।   अर्जुन कुमाल – क्रिकेट गुल्मीको छत्रकोट–५ खज्र्याङ घर भएका अर्जुन कुमालको जन्म भारतको नयाँदिल्लीमा भएको हो । त्यसैले पनि उमेरले १८ टेकेका अर्जुन भारतको क्रिकेट संस्कारबाट अर्जुन टाढा हुन सकेनन् ।  उनले भारतमा गण्डकीका राहुल शर्मासँग क्रिकेट सिके । अहिले पनि उनी समय मिलाएर राहुलसँग प्रशिक्षण लिन भारत गइरहन्छन् ।  राहुलको आग्रहमै उनी पोखरा आएर गण्डकीबाट खेल्न सुरु गरे । १३ वर्षकै उमेरमा यू–१६ क्रिकेट लिग प्रतियोगितामा गण्डकी प्रदेशबाट विकेटकिपरको रुपमा टियुमा खेलेका थिए ।  २०२१ को प्रधानमन्त्री कपमा विभागीय टोली आर्मीविरुद्ध डेब्यू खेलमै ६ चौकासहित ३६ रन जोड्दै धेरैको ध्यान तानेका थिए ।  पाँच वर्षअघि यू–१६ हुँदै सुरुआत गरेका उनले घरेलु र अन्तर्राष्ट्रिय दुवै क्रिकेटमा लगातार सानदार प्रदर्शन गर्दै आएका छन् ।  २०१९ मा थाइल्याण्डमा सम्पन्न यू–१६ इस्टर्न रिजन प्रतियोगिताको छनोटबाट नेपाली क्रिकेटमा सुरुआत गरे ।  सानै उमेर यू–१९ को विश्वकप खेलेका अर्जुन २०८० सालको प्रदर्शनका आधारमा नै पोखरा स्पोर्ट्स अवार्डमा मनोनयनमा परेका छन् ।  अर्जुन यू–१९ टोलीमा पुगेको करिब एक वर्ष भइसकेको छ । २०८० सालमा उनले ४ वटा अन्तर्राष्ट्रिय टुर गरे । यो सँगै आयरल्याण्ड र क्यानडासँग नेपाल ‘ए’ बाट खेले ।  यू–१९ को विश्वकपमा पाकिस्तान, अफगानिस्तान, न्यूजिल्याण्डसँगै नेपाल समुह ‘डि’ मा थिए । जसमा अर्जुनको प्रदर्शन उत्कृष्ट थियो । उनले न्युजिल्यान्डसँग ९० रन प्रहार गरेका थिए । उनकै प्रदर्शनमा विश्वकपको सुपर सिक्समा पुगेको थियो ।  मलेसियामा आयोजना भएको यू १९ एसीसी प्रिमियर कपको उपाधि जिताउँदा पनि उनले नेपालका लागि महत्वपूर्ण इनिङ्स खेलेका थिए । त्यहाँ उनले साउदी अरबविरुद्धको खेलमा १११ बलमा १७ चौका र २ छक्कासहित १४३ रन प्रहार गरे । फाइनलमा यूएईलाई हराउन ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।  उनले यू–१९ एशिया कप पनि खेले । जहाँ उनले अफगानिस्तानविरुद्ध ९१ रनको इनिङ्स खेलेका थिए । यो बाहेक उनी २०८० सालमा गण्डकी प्रदेशबाट पिएम कप टि–२० र एक दिवसीय खेल खेलेका थिए ।    प्रदीप खड्का – टेनिस मनोनयनमा परेका प्रदीप खड्का कास्की बस्छन् । उनी टेनिसका खेलाडी हुन् । २०५० साल वैशाख ७ गते पोखरामा जन्मिएका प्रदीप सानैदेखि टेनिस कोर्टसँग नजिक भए ।  जुनियर गेम खेल्दै १७ वर्षको उमेरमा उनले छैटौं सिटिजन बैंक ओपन टेनिस प्रतियोगिता खेले । अहिले उनी नेपालको टेनिसमा पुरुषतर्फ सिंगल र डबल दुबैमा नम्बर १ मा छन् ।  उनको यात्रा अहिलेसम्म जारी नै छ । उनले सातौं राष्ट्रिय खेलकुदमा टिम इभेन्टसतर्फ गोल्ड मेडल हात पार्दै आफूलाई राष्ट्रिय प्रतियोगितामा उभ्याएका हुन् ।  त्यसलगत्तै १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा टिम इभेन्टतर्फ कास्य पदक जित्न सफल भए । उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ओपन डबल्सतर्फ रजत, मेन्स सिंगल्सतर्फ कास्य, मेन्स टिम इभेन्टसमा कास्य पदक जिते ।  नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३ स्वर्ण पदक जित्न सफल खेलाडी हुन् । उनले मेन्स सिंगल, मेन्स डबल र टिम इभेन्टमा स्वर्ण पदक जिते । यो विचमा उनले नेपाल र विदेशमा भएका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । दश जोड २ पूरा गरेका प्रदीप २२ वर्षकै उमेरमा विदेशी प्रशिक्षक बन्नु पनि उनको अर्को सफलता हो । २०८० साल उनका लागि अझै उत्कृष्ट रह्यो । उनी १९ औं एसियन खेलकुदमा नेपालबाट सहभागिता जनाउँदै दोस्रो चरणमा पुगे । बहराइनमा भएको डेभिस कपमा पनि उनी सहभागी बने । दोस्रो सिलीगुरी मनिप्राइजमा सहभागी बनी दोस्रो भए । सोही वर्ष नै उनी १२ औं सहविर मेमोरियल ओपन टेनिसमा सिंगलतर्फ विजेता र डबल्समा उपविजेता भए । छैटौं बुटवल ओपन टेनिसमा विजेता (सिंगल) बने । २० औं माछापुच्छ«े ओपनमा सिंगततफै दोस्रो भए । यस्तै पहिलो राइजिङ स्टार ओपनमा सिंगलतर्फ दोस्रो, तेस्रो विर गणेशमान सिंगल र डबल्समा प्रथम, नवौं सिटीजन बैंक ओपनमा मिक्स डबल्समा पहिलो र सिओएस राष्ट्रिय ओपस टेनिसमा मिक्स डबल्समा पनि प्रथम भएका थिए ।  हिमाल सुनारी मगर – भलिबल गण्डकी प्रदेशबाट भलिबल खेल्ने हिमाल सुनारी मगरको जन्म २०५५ मंसिर २० गते पाल्पाको निस्दी गाउँपालिका ४ मा भएको हो ।  अहिले उनी नवलपुरको बौदीकाली ४ आमडाँडा बस्दै आएका छन् । उनको सानैदेखि भलिबलमा औधि रुचि थियो । दाइ होमबहादुर सुनारीको पछिपछि झुम्राको बल लिएर हिड्दाहिडदै उनी पनि भलिबल खेलाडी भए ।  सानैदेखि टोल, गाउँ, विद्यालय, पालिकाहुँदै जिल्ला स्तरीय प्रतियोगिता खेलेका उनी ६ वर्ष अघि नवलपुरको जिएम समाजसँग जोडिए । त्यसपछि गण्डकी प्रदेश भलिबल टिममा पर्न थाले ।  उनले २०७८ सालमा दोस्रो टाइगर कप पनि खेले । त्यो प्रतियोगितामा गण्डकीले उपाधि त जित्न सकेन तर, हिमालको क्वीक स्पाइकले सबैको ध्यान तानेको थियो । दोस्रो टाइगर कपमा उपाधि विहिन बनेको गण्डकीले तेस्रोमा भने उपाधि नै उचाल्यो ।  २०८० साल उनको लागि निकै उपलब्धीमुलक रह्यो । गण्डकीले सहभागिता जनाएको धेरैजसो प्रतियोगितामा उपाधि हात प¥यो ।  उनको उत्कृष्ट प्रदर्शनमा चितवनमा भएको अन्तर प्रदेश स्तरीय खेलकुदमा भलिबलतर्फ गण्डकीले स्वर्ण पदक हात पा¥यो । त्यहाँ हिमाल सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । यस्तै पोखरा मै भएको लामाचौर कप, मुख्यमन्त्री कप (झापा) र विरजंग कपमा गण्डकी प्रथम भयो ।  पोखरा भएको चौथो टाइगर कपमा गण्डकी दोस्रो बन्दा उनले उत्कृष्ट सर्भरको पुरस्कार हात पारे । कञ्चनपुरमा भएको मुख्यमन्त्री कप र बुटवलमा भएको मणिमुकुन्द कप गण्डकी द्वितिय भयो ।  यस्तै, ३४ औं राष्ट्रिय खेलकुद भलिबल र नवलपुरमा भएको जिएम कपमा तेस्रो बनेको गण्की एनभिए कप र बागलुङमा भएको बुकी कपमा चौथो बन्यो । उनले जिल्ला तथा पालिका स्तरीय प्रतियोगिताहरु पनि जितेका छन् ।   उनी २०८० सालमा दुवै र मलेसिया भलिबल खेल्न कै लागि पुगे । तनहुँ सेवा समाजको निमन्त्रणामा दुबै उत्कृष्ट खेल प्रस्तुत गरे । सगरमाथा क्लबको निमन्त्रणामा मलेसिया खेली उपाधि जित्दै सर्वोत्कृष्ट खेलाडी भएका थिए । अवार्ड कार्यक्रममा वर्ष खेलाडी पुरुष सहित लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले जनाए । मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५÷३५ हजार प्रदान गर्दछ । प्रवेश निःशुल्क रहने अवार्ड कार्यक्रममा चर्चित गायक प्रकाश सपुत, सन्तोष बस्याल, निर्मल दाहाल, नृत्यतर्फ तरेली साँस्कृतिक परिवारको लाठी नाच, कौरा र झ्याउरे नृत्य तथा बि बोइङ गण्डकीको प्रस्तुती समेत रहने मञ्चका महासचिव राजाराम पौडेलले बताए । अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्नेछ । पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ ।

पोखरा:   पोखरामा बिहीबार देखि खुल्ला अन्तर विद्यालयस्तरीय मोहन मेमोरियल तथा पोखरा महानगर स्तरीय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।  पोखरा महानगर खेलकुद विकास समिति तथा मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनको संयुक्त आयोजनामा बैशाख २७–२९ गतेसम्म खुल्ला विद्यालयस्तरीय तथा पोखरा महानगरस्तरीय व्याडमिन्टन प्रतियोगिता हुन लागेको आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।  मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनका अध्यक्ष भुवन गुरुङले खुल्ला विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगितामा छात्राछात्र यू–१३, यू–१९ उमेर समूह र पोखरा महानगरपालिकास्तरीयमा एकल र युगल विधामा प्रतिष्पर्धा हुने बताए ।  उनका अनुसार विद्यालयस्तरीय (निमावि)तर्फ यू–१३ उमेर समूह र माध्यमिकतर्फ यू–१९ उमेर समूहका छात्राछात्रले प्रतिष्पर्धा गर्नेछन् ।  यस्तै पोखरा महानगरपालिकास्तरीयमा अन्तर वडा एकल र युगलतर्फ महिला÷पुरुषले प्रतिष्पर्धा गर्नेछन् ।  खुल्ला अन्तर विद्यालयस्तरीय मावि यू–१९ उमेर समूह छात्राछात्रको विजेता, उपविजेता र तृतीय हुनेले क्रमशः ३०, २० र १० हजार रुपैयाँसहित मेडल प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।  यस्तै खुल्ला अन्तर विद्यालयस्तरीय यू–१३ र यू–१९ उमेरसमूहका सर्वोत्कष्ट खेलाडीले साइकल पुरस्कार पाउने फाउण्डेशनका अध्यक्ष गुरुङले बताए । यस्तै यू–१३ का विजेता खेलाडी व्याडमिन्टन खेलका गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।  यस्तै पोखरा महानगरपालिकास्तरीय एकल र युगलतर्फको विजेता, उपविजेता र तृतीय हुनेले क्रमशः ३०, २० र १० हजार रुपैयाँसहित मेडल प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिता पोखरा रंगशालाको व्याडमिन्टन कोर्टमा सञ्चालन हुनेछ । बिहीबारबाट सुरु हुने व्याडडिमन्टन प्रतियोगितामा देशभरबाट करिब ४ सय खेलाडीहरुको सहभागिता रहने आयोजकले दावी गरेको छ ।  प्रतियोगिताका उत्कृष्ट खेलाडी वैदेशिक प्रशिक्षणसँगै मैत्रीपुर्ण खेलकुदमा सहभागी पोखरा महानगर खेलकुद विकास समिति तथा मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनको संयुक्त आयोजनामा गतवर्ष सम्पन्न भएको व्याडमिन्टन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका ११ खेलाडीहरुले जापानमा प्रशिक्षणसँगै मैत्रीपुर्ण खेल खेल्ने अवसर समेत पाएका छन् ।  प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका ११ खेलाडीहरुले जापानको नागाकाओ शहरमा प्रशिक्षण र वाकाभा कप र यू–१३ को प्रशिक्षणमा सहभागि समेत हुन पाएको अध्यक्ष गुरुङले बताए ।  ग्रासरुटबाटै खेलाडी उत्पादनमा ध्यान दिएका छौं: अध्यक्ष गुरुङ मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनका अध्यक्ष भुवन गुरुङले विद्यालय तथा ग्रास रुटबाटै खेलाडी उत्पादन गर्न प्रतियोगिता सञ्चालन गर्दै आएको बताए ।  ‘हामीले फाउण्डेशनबाट कुनै नाफा कमाउनु छैन्, फाउण्डेशनको लक्ष्य व्याडमिन्टन खेलाडी उत्पादन गर्ने हो’, अध्यक्ष गुरुङले भने, ‘प्रतियोगितामा विद्यालयस्तरबाट उमेर समूहको खेलाडी सहभागी गराई खेलको विकास गर्ने उद्धेश्यसहित प्रतियोगिता आयोजना गरिएको हो ।’ उनले पुरानो व्याडमिन्टन खेलाडीहरु मिलेर मोहन भुगोल व्याडमिन्टन फाउण्डेशनमा अक्षयकोष स्थापना गर्ने योजना समेत अगाडि बढाएको बताए । 

पोखरा:     नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड आयोजना हुँदैछ ।  यहीं वैशाख २८ गते पोखरा सभागृहमा हुने उक्त अवार्डको वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा परेका ३ खेलाडीको नाम समेत सार्वजानिक भइसकेको छ ।  वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मीता थापामगर पर्न सफल भएका छन् । तीनै जना खेलाडी वर्ष ०८० मा पाएका उपलब्धिको आधारमा मनोनयनमा परेका हुन् ।  अनुस्का शेरचन (आर्चरी) अनुस्का उमेरले बल्ल १७ वर्षकी पुगिन् । ११ वर्षको उमेरदेखी आर्चरीमा प्रवेश गरेकी उनले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि भइन् ।  नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत पदक हासिल गरेकी अनुस्का आर्चरीको भविष्य हुन । सानै उमेरमा उदायकी उनले आर्चरीबाट नेपाललाई ठूलै पदक दिलाउने आशा गर्न सकिन्छ । आर्चरीप्रति इच्छा जाहेर गरेपछि परिवारले उनलाई समर्थन गर्दै प्रशिक्षणमै व्यस्त गराएका छन् ।  २०८० मा अनुस्काले इराकको बागदादमा भएको एसिया आर्चरी कपमा सहभागि भई दोस्रो चरणसम्म प्रवेश गर्न सफल भइन् । उनको ०८० को मुख्य उपलब्धि भनेको पोखरामा सम्पन्न ११ औं राष्ट्रिय च्याम्पियनसिपमा व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण र मिक्स टिममा स्वर्ण पदक हो । अरुणा शाही (भलिबल)  म्याग्दी जिल्ला हालको रघुगँगा गाउँपालिकाकी अरुणा शाही नेपाली महिला राष्ट्रिय टिमको कप्तान हुन् ।  मुक्तिदान विद्यालयबाट आफ्नो खेल जीवनको सुरु गर्दा उनी मात्र १३ वर्षकी थिइन् । परिवारको बाधाका बिच उनले भलिबललाई नै रोज्दै अघि बढिन् ।  गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खेल्ने अरुणाले सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गर्ने मौका पाएकी थिइन् । त्यसयता नियमित राष्ट्रिय टोलीमा आफ्नो स्थान बनाइराख्न सफल अरुणाले भारतसँगको मैत्रिपूर्ण, साउथ एशियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन, १२ र १३ औं दक्षिण एशियाली खेलकुद (साग) खेल्दै भलिबलमा आफ्नो एकछत्र राज गरिरहेकी छिन् ।  अरुणाले राष्ट्रिय टोलीमा डेब्यु गरेको पाँच वर्षपछि अर्थात सन् २०१९ मा राष्ट्रिय टोलीको कप्तानमा नियुक्त भइन् । नेपाली टोलीको कप्तानी सम्हाल्दै उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई ऐतिहासिक पदक समेत दिलाउन सफल भइसकेकी छिन् ।  अरुणाको कप्तानीमा नेपालले सन् २०१९ मा बंगलादेशमा भएको एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप खेल्दै २० बर्षपछि अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिताको उपाधि जितेको थियो ।  उनकै कप्तानीमा रहेको टोलीले ०८० सालमा चीनमा भएको १९ औं एसियाडमा पहिलो पटक सहभागिता जनायो ।  ०८० मै सम्पन्न काभा कपमा कास्य पदक जित्न सफल भयो । ०८० सामा यी दुई प्रतियोगितासँगै अरुणाले राष्ट्रियस्तरको एनभीए कप भलिबलमा एभरेष्ट क्लबको प्रतिनिधित्व गर्दै च्याम्पियन भइन् ।  उनको कप्तानीमा गण्डकी प्रदेशको टोलीले टाइगरकप, अन्तर प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा रजत र पाल्पामा भएको महिला राष्ट्रिय भलिबल प्रतियोगिता सहभागी भएको थियो ।  सुस्मीता थापामगर (आइटीएफ तेक्वान्दो) वि.स. २०६० सालमा बागलुङको बडिगाड गाउँपालिका वडा नं १० को साधारण परिवारमा जन्मिएकी सुस्मीता थापामगर आएटीएफ तेक्वान्दोकी खेलाडी हुन् ।   गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै आइरहेकी सुस्मीताले छोटो समयमै उचाई हासिल गरिसकेकी छिन् ।  कक्षा ६ मा पढ्दा भलिबल खेलेकी उनी विद्यालय स्तरमा प्रतियोगिताहरुमा भाग लिई विभिन्न पदक जितेपनि २०७४ कार्तिकमा उनी पढ्दै गरेको श्री भानु निम्न माध्यामिक विद्यालयमा रवीन्द्र बुढामगरले आईटीएफ टेक्वान्दो दोजाङ सञ्चालन गरे पछि तेक्वान्दो तर्फ आकर्षित भइन् ।  २०७४ मंसिर १६ गते देखि उनले औपचारिक रुपमा गुरुबाट आईटीएफ तेक्वान्दो सिक्न सुरु गरिन्,जुनबेला उनी कक्षा ८ मा पढ्थिन् । छोटो समयमै निगलापनी आईटीएफ तेक्वान्दो डोजाङकै उत्कृष्ट खेलाडी बनेकी उनले आठाँै राष्ट्रिय खेलकुदमा स्वर्ण पदक हासिल गरिन् । उनले १ स्वर्ण र २ रजत पदक जितेकी थिईन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीलाई २ वटा पदक दिलाउन सफल रहिन् । उनले एक स्वर्ण र एक रजत पदक हासिल गरिन् ।  ०८० सालमा उनी खर्च जुटाएरै काजकिस्तानमा भएको २२ औं वल्र्ड आइटीएफ च्याम्पियनसिपमा सहभागि भइन् ।  ११ औं नेसनल जेनेरल चोइ आइटीएफ तेक्वान्दो डो च्याम्पियनसिप एकलतर्फ १ स्वर्ण, टिम प्यार्टन १ स्वर्ण, व्यक्तिगत १ कास्य हासिल गरिन् भने ८ औँ नेसनल प्रोफेसनल तेक्वान्दो आईटीएफ च्याम्पियनसिप व्यक्तिगततर्फ १ स्वर्ण प्राप्त गरिन् । अवार्ड कार्यक्रममा वर्ष खेलाडी महिला सहित लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले जनाए । मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५÷३५ हजार प्रदान गर्दछ । प्रवेश निःशुल्क रहने अवार्ड कार्यक्रममा चर्चित गायक प्रकाश सपुत, सन्तोष बस्याल, निर्मल दाहाल, नृत्यतर्फ तरेली साँस्कृतिक परिवारको लाठी नाच, कौरा र झ्याउरे नृत्य तथा बि बोइङ गण्डकीको प्रस्तुती समेत रहने मञ्चका महासचिव राजाराम पौडेलले बताए । अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्नेछ । पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रा.लि., सहारा क्लब पोखरा, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप÷आभ्या क्लब, मादी गाउँपालिका, बुम¥याङ रेष्टुरेन्ट लेकसाइड, सिटीजन फर्निचर, परिचय एड्भटाइजिङ, नेपाल भुतपूर्व खेलाडी मञ्च, रुपा गाउँपालिका, निसीखोला गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, गण्डकी प्रादेशिक क्रिकेट संघ, इन्द्रधारा विष्ट (मुस्ताङ गल्फकोर्ष), लक्ष्मी हाउस प्रालि, थ्रीसिक्स इञ्जिनियर रेजिमेट एण्ड क्यूजिईका संयोजक क्याप्टेन कृष्ण पुन, गुरुङ व्युटी पार्लर प्रा.लि., पूर्व नेपाली राष्ट्रिय महिला भलिबल उपकप्तान लक्ष्मी गुरुङ, दीपक थापा (हक्की संघ गण्डकी), कास्की जिल्ला भलिबल संघ, भलिबल संघ गण्डकी, पोखरा १५ वडा कार्यालय, पोखरा ६ वडा कार्यालय,  भिजन उर्जा लुम्बिनी कम्पनी, ज्ञानुबाबा आवासिय मा.वि.,मोबाईल टावर प्रा.लि. लगायत सहयोगी रहेका छन् । लाइभ पार्टनरका रुपमा पब्लिक फोर के टेलिभिजनले साथ दिनेछ । खेल क्षेत्रमा उर्जा थप्न मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ । 

पोखरा:    नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको मिति नजिकिदै गएको छ ।  अवार्ड कार्यक्रमले गण्डकी प्रदेशको खेलकुद क्षेत्रमा बेग्लै रौनकता थप्दै आएको छ । अवार्ड कार्यक्रम भव्य बनाउन आयोजकले मुल आयोजक समिति र तेह्रवटा विभिन्न उपसमिति निर्माण गरेर तयारीलाई तीव्रता दिइरहेको मञ्चले जनाएको छ । चार बिधाको मनोनयन सार्वजनिक भइसकेकोले अवार्ड कसको पोल्टामा पुग्ला जिज्ञाशा बढ्न थालेको छ । अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ पनि उस्तै प्रतिष्पर्धा देखिन्छ । मनोनयनमा पर्न सफल सबैजना आफ्नो क्षेत्रमा अब्बल भएकोले प्रतिष्पर्धा पेचिलो बनेको छ । यो विधामा टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजु मनोनयनमा परेका छन् । अवार्ड कार्यक्रम यहीं बैशाख २८ गते शुक्रबार दिउँसो ३ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुनेछ । नीरज थापा (टेनिस) काठमाडौँ रङ्गशालामा रहेको टेनिस कोर्टमा विसं २०४९ सालमा बल टिप्न र कोर्ट मर्मत गर्न पुगेका थिए नीरज थापा । लगातार बल टिप्ने र कोर्ट मर्मत गर्न जाने नीरजलाई अरूले हेरेको खेल्न थाले । उनी २०५४ सालमा बल टिप्न र कोर्ट बनाउन पोखरा आए । त्यसपछि उनी बल टिप्दै गर्दा ¥याकेट चलाउन सक्न थाले । एक दशक अघि नेपालको शीर्ष वरियतामा रहेका कुमार अधिकारीले नीरजसँगबाट टेनिस ¥याकेट समात्न सिकेका हुन् । अनि बिस्तारै बल टिप्नबाट खेलाडी बन्न पुगे । उनले २०५८ सालमा काठमाडौँ एक वर्षे कोचिङ टेनिङ लिए । त्यसपछि भने उनी निरन्तर कोचिङ क्षेत्रमा क्रियाशील भए । उनले २०५९ मा रत्न श्री जिम हलमा उनले टेनिस सिकाउँदा पोखरामा मात्र १० जनाले टेनिस खेल्थे । अहिले भने १०० भन्दा बढी टेनिस खेल्ने उनी बताउँछन् । उनी बिहान साँझ टेनिस कोर्टमै हुन्छन् । उनले बालकदेखि वृद्धासम्मलाई टेनिस सिकाउने गर्दछन् । नीरज थापाले अहिलेसम्म सयौँ चेलाहरू बनाइसकेका छन् । ती मध्ये अहिले नेपालका शीर्ष वरियता खेलाडी प्रदीप खड्का उनकै चेला हुन् । पोखरालाई टेनिस सरहका रूपमा चिनाउन नीरजको ठुलो योगदान छ । उनी ‘सबैका गुरु नीरज गुरु’ भनेर चिनिन्छन् । टेनिसलाई नै व्यवसाय बनाएका नीरजले फिस्टेल एकेडेमीमा लङ टेनिस सिकाउने गर्दछन् । रमेश केसी (भलिबल) चैतमा चितवनमा भएको अन्तर प्रदेश भलिबलमा सबै प्रदेशलाई पाखा लगाउँदै गण्डकी च्याम्पियन बन्यो । गण्डकीले प्रदेशलाई मात्र होइन विभागीयलाई समेट पछारेर उपाधि जितेको धेरै उदाहरण छन् । गण्डकीलाई भलिबलमा उत्कृष्ट बनाउन भूमिका खेलिरहेका छन्, प्रशिक्षक रमेश केसी ।  एक दशक भन्दा बढी पश्चिमाञ्चलबाट योगदान दिएका केसी अहिले गण्डकीको मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् । प्रदेशले साथ नदिएको बेला होस् या भलिबल सङ्घको सहयोग नगरेको बेला । जुनसुकै बेला पनि उनले व्यक्तिगत खर्च गरेर उनले टिमलाई खेल्न लगेका हुन्छन् । गण्डकीले २०८० मा १९ वटा प्रतियोगिता खेल्यो । त्यसमा ३ वटामा चौथो र २ वटामा तेस्रो रह्यो । अन्य प्रतियोगितामा गण्डकी विजेता र उपविजेता बन्न सफल भयो । केही वर्षअघिदेखि प्रशिक्षक केसीले पश्चिमाञ्चल भलिबल टेनिङ सेन्टर समेत सञ्चालन गरेका छन् । उनले प्रदेशका खेलाडीहरूलाई समेत उक्त सेन्टरमा नै प्रशिक्षण गराउँदै आएका छन् । प्रतियोगिताबाहेकको समय अरू नयाँ खेलाडीहरूसमेत प्रशिक्षण गर्ने गरेको उनको भनाइ छ । सानैदेखि भलिबल खेल्न सुरु गरेका रमेशले ९ वर्ष तत्कालीन पश्चिमाञ्चलको कप्तानी गरेका थिए । उनले अहिले पनि भलिबलमा उत्तिकै योगदान दिइरहेका छन् । विजय थापा, रवि केसी, रुपेन्द्र गैरे, सफल विक, हिमाल सुनारी, सरोज बर्देवा, सन्जुविक्रम शाह जस्ता प्रतिभावान् खेलाडी उनकै प्रशिक्षणबाट उत्पादन भएका हुन् । रिजन प्रजु (क्रिकेट) खेलाडीको भूमिकामा रहँदै प्रशिक्षक बनेको रिजन प्रजु गण्डकी प्रदेशका मुख्य प्रशिक्षक हुन् । उनले विगत केही समयदेखि गण्डकीको क्रिकेटलाई सम्हाल्दै आएका छन् । उनले कोचिङ गरेर सहभागिता भएको पहिलो प्रतियोगिताको उपाधि जिताएका थिए । सुदूरपश्चिममा भएको यु–१९ महिला प्रतियोगिताको उपाधि जितेको हो ।  उपाधि जितेपछि गण्डकीका ५ खेलाडी राष्ट्रिय टोलीको क्लोज क्याम्पमा र ३ जना टोलीमै परेका थिए । २०७८ मा मलेसियामा यु–१७ विश्वकप छनोटमा प्रशिक्षक प्रजुले सहायक प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । सन् २००७ सालमा खेलेका उनी यु–१७ राष्ट्रिय टोलीको क्लोज क्याम्पमा परेका थिए । २०१३ सालबाट भने उनी कोचिङतिर लागेका थिए । लेभल १ को कोचिङ ट्रेनिङ लिएका उनले २०१६ पछि भने जागिर छोडेर फुल समय क्रिकेटलाई दिन थालेका हुन् । उनले अहिले आइसिसीबाट लेभल २ को कोचिङ ट्रेनिङ लिएका छन् । उनीसहित नेपालमा लेभल २ को टेनिङ लिएका ८ जना छन् । उनकै प्रशिक्षणमा पहिलोपटक गण्डकीले राष्ट्रियस्तरमा उपाधि जितेको छ । गत चैतमा भएको अन्तर प्रदेश क्रिकेटको उपाधि गण्डकी प्रदेशले जितेको हो । हाल यु–१९ टोलीमा गण्डकी प्रदेशबाट ३ खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनी दृष्टीविहिन महिला क्रिकेट टिमको पनि प्रशिक्षक हुन् । उनको प्रशिक्षणमा टोलीले सन् २०१९ मा पाकिस्तान र सन् २०१७ मा भारतमा भएको विश्वकप क्रिकेटमा सहभागिता जनाएको थियो । नेपालले पाकिस्तानमा साउथ अफ्रिका र न्यूजिल्याण्डलाई तथा पाकिस्तानमा अष्टे«लियालाई पराजित गरेको थियो । अवार्ड कार्यक्रममा वर्ष उत्कृष्ट प्रशिक्षकसँगै लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जनाए । मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५÷३५ हजार प्रदान गर्दछ । प्रवेश निःशुल्क रहने अवार्ड कार्यक्रममा चर्चित गायक प्रकाश सपुत, सन्तोष बस्याल, निर्मल दाहाल, नृत्यतर्फ तरेली साँस्कृतिक परिवारको लाठी नाच, कौरा र झ्याउरे नृत्य तथा बि बोइङ गण्डकीको प्रस्तुती समेत रहने मञ्चका अध्यक्ष दीननाथ बरालले बताए । अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्नेछ । पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रा.लि., सहारा क्लब पोखरा, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप÷आभ्या क्लब, मादी गाउँपालिका, एम.ए. कन्स्ट्रक्सन प्रा.लि, बुम¥याङ रेष्टुरेन्ट लेकसाइड, सिटीजन फर्निचर, परिचय एड्भटाइजिङ, नेपाल भुतपूर्व खेलाडी मञ्च, रुपा गाउँपालिका, निसीखोला गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ«े गाउँपालिका, गण्डकी प्रदेश क्रिकेट संघ, इन्द्रधारा विष्ट (मुस्ताङ गल्फकोर्ष), लक्ष्मी हाउस प्रालि, थ्रीसिक्स इञ्जिनियर रेजिमेट एण्ड क्यूजिईका संयोजक क्याप्टेन कृष्ण पुन, गुरुङ व्युटी पार्लर प्रा.लि., पूर्व नेपाली राष्ट्रिय महिला भलिबल उपकप्तान लक्ष्मी गुरुङ, दीपक थापा (हक्की संघ गण्डकी), पोखरा १५ वडा कार्यालय, मोबाईल टावर प्रा.लि. लगायत सहयोगी रहेका छन् । लाइभ पार्टनरका रुपमा पब्लिक फोर के टेलिभिजनले साथ दिनेछ । खेल क्षेत्रमा उर्जा थप्न मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।  

काठमाडौं:    नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी–२० सिरिजको अन्तिम खेलमा जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिज ए लाई ६ विकेटले पराजित गरेको हो । वेस्ट इन्डिज ए ले दिएको १७३ रनको लक्ष्य पछाएको नेपालले १८।५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरको थियो ।  नेपालका लागि अनिल शाहले ५८ र आसिफ सेखले ५१ रन बनाउँदै अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै कुशल भुर्तेलले १३, कुशल मल्लले अविजित ३७ र दीपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए । त्यस्तै वेस्ट इन्डिजका बलर ओबेड म्याककोयले ३ र म्याथुज फोर्डले एक विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो । वेस्ट इन्डिज ए का लागि एलिक एथानाजले सर्वाधिक ४२ रन बनाएका थिए भने कप्तान रोस्टन चेजले ३३ रन बनाएका थिए । त्यसैगरी जोन्सन चार्लेजले २४, म्याथ्युज फोर्डले २३ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर सागर ढकाल र सोमपाल कामीले ३(३ विकेट लिएका थिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए । योसँगै वेस्ट इन्डिज ए ले ३–२ ले टी–२० सिरिज जितेको छ । योसँगै नेपाली क्रिकेट टिम विश्वकपका लागि आइतबार अमेरिकातर्फ प्रस्थान गर्ने तालिका रहेको छ

काठमाडौं:     वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका र ३ छक्का सहित ४२ रनको अविजित इनिङ खेले । कप्तान रोस्टन चेजले २३ बलमा ३३ रन बनाए ।   नेपाललाई पहिलो सफलता सागर ढकालले दोस्रो ओभरमै दिलाए । पहिलो विकेटका रुपमा कडिम अलेइनलाई ६ बलमा ११ रन बनाएर पेभेलियन फर्काउन रोहित पौडेलले सानदार क्याच गरे ।  पहिलो विकेट पछि केहि सम्हालिएको वेस्ट इन्डिज ‘ए’ को थप दुई विकेट सागरले नै आठौ ओभरमा लिए । सो ओभरको पहिलो बलमा नै जोनसन चार्ल्स २० बलमा २४ रन बनाएर सागरद्वारा कट एण्ड बोल्ड आउट भए । सोहि ओभरको तेस्रो बलमा मार्क डेयाल पनि पेभेलियनको बाटो लागे । डेयाल सुस्त इनिङ खेल्दै १९ बलमा ११ रन बनाएर रोहितद्वारा क्याच आउट भए ।  चौथो विकेटका लागि ४४ रनको साझेदारी गरिसकेपछि कप्तान रोस्टन चेज अविनाश बोहोराको शिकार बने । १४औ ओभरमा चेज २३ बलमा ५ चौकासहित ३३ रन बनाएर सन्दिप जोराद्वारा समातिए ।    पाचौ विकेट सोमपाल कामीको १७औ ओभरमा म्याथ्यु फोर्डको रुपमा आयो । फोर्डले विष्फोटक इनिङ खेल्दै १२ बलमा ३ छक्कासहित २३ रन बनाएर कुशल भुर्तेलको हातबाट लङ(अनमा क्याच आउट भए । छैठौं विकेट पनि सोमपालकै नाममा रह्यो । १९औ ओभरमा फेबियन एलेन ३ रनमा विकेटकिपर आसिफ शेखद्वारा क्याच आउट भए । तीन बलको अन्तरालमा सोमपालले गुडकेश मोतीलाई १ रनमा बोल्ड गरे । अथान्जे ४२ र हेडन वाल्श ७ रनमा अविजित रहे । नेपालका लागि सागर ढकालले २ ओभरमा १७ रन दिएर ३ विकेट लिए भने सोमपाल कामीले पनि ४ ओभरमा १६ रन मात्र दिएर समान ३ विकेट नै लिए । अविनाश बोहोराले ४ ओभरमा ४९ रन दिँदै १ विकेट आफ्नो नाम गराए ।  ३ ओभर बलिङ गरेका दीपेन्द्र सिंह ऐरीले महंगो सावित हुंदै ३९ रन दिएर कुनै विकेट लिन सकेनन् । प्रतिश जिसीले ३ ओभरमा २२ रन खर्चिए । कुशल भुर्तेलले भने ४ ओभरमा कुनै विकेट नलिएपनि २५ रन मात्र दिन सफल रहे ।      नेपालले पाँच खेलको सिरिज ३(१ ले गुमाइसकेको छ । नेपालले गत शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो । कप्तान रोहित पौडेलको शानदार शतकमा नेपालले पहिलो खेल जितेको थियो । दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित निकाल्यो । उक्त खेलमा पनि कप्तान रोहित बाहेक अन्य ब्याटर खास चल्न सकेनन् । तेस्रो खेलमा पाहुना टोली ७६ रनले विजयी भएको थियो । सो खेलमा नेपालका कप्तान रोहित पौडेलले विश्राम लिएका थिए । चौथो खेलमा वेस्ट इन्डिज २८ रनले विजयी भएको थियो । नेपालले आज पछिल्लो खेलमा हार बेहोरेको टोलीबाट दुई परिवर्तन गरेको छ । पछिल्लो खेलबाट गुलशन झा र ललित राजवंशी टोलीबाट बाहिरिएका छन् भने टोलीमा सागर ढकाल र अनिल शाह टोलीमा आएका छन् । वेस्ट इन्डिजले पनि टोलीमा तीन परिवर्तन गरेको छ । आन्द्रे फ्लेचर, केसी कार्टी र कीमो पलको स्थानमा मार्क डेयाल, जोशुवा विशप र कडिम अलेइन टोलीमा आएका छन् । विश्वकप अगाडि नेपालको घरेलु मैदानमा यो अन्तिम खेल रहेको छ । टोली आजको खेल पछि नै विश्वकपका लागि वेस्ट इन्डिज प्रस्थान गर्नेछ 

पोखरा:      नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोटर््स अवार्ड २०८० को तयारी तीव्र छ । यही वैशाख २८ गते शुक्रबार हुने अवार्डका लागि ४ विधामा उत्कृष्ट तीन खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ ।  जसमध्ये उदीयमान खेलाडीतर्फको विधामा क्रिकेटकी ज्योत्सनिका मरासिनी, ब्याडमिन्टनकी दिलासा राना र एथलेटिक्सका बादल कार्की उत्कृष्ट तीनमा परेका छन् ।  ज्योत्सनिका मरासिनी (क्रिकेट)  १३ वर्षमै राष्ट्रिय प्रतियोगितामा चर्चा पाएको नाम हो ज्योत्सनिका मरासिनी । स्याङ्जामा जन्मिएकी मरासिनीले २०७७ सालमा दाङमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट डेब्यु गरेकी थिइन् ।  १३ वर्षको उमेरकी मरासिनीले आफूभन्दा दोब्बर बढी उमेरका दिदीहरू विरुद्ध क्रिकेट खेल्दै धेरै चर्चा बटुलेकी हुन् । उनले प्रदर्शन पनि उत्तिकै राम्रो गरेकी थिइन् । घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरेकी ज्योत्सनिकाले कम उमेरका कारण २०७९ मा मलेसियामा भएको यु–१९ विश्वकप गुमाएकी थिइन् ।  यस वर्ष भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा १६ वर्षकी ज्योत्सनिका प्रतियोगिताकै उदीयमान खेलाडी घोषित भइन् ।  २०८० मा भएको सिनियर टोलीको एसिसि महिला प्रिमियर कपको क्लोज क्याम्पमा परे पनि अन्तिम टोलीमा भने नाम बनाउन सकिनन् । उनले नेपाल क्रिकेट सङ्घ (क्यान) ले गर्ने केन्द्रीय सम्झौतामा उदीयमान खेलाडीको रूपमा स्थान बनाएकी छन् ।  यस वर्ष नेपालगन्जमा भएको सुशील कोइराला मेमोरियल यु–१९ क्रिकेट प्रतियोगितामा ज्योत्सनिका चौथो सर्वाधिक रन बनाउने खेलाडी बनिन् । चितवनमा भएको मैयादेवी यु–१९ राष्ट्रिय क्रिकेटमा गण्डकी उपविजेता बन्यो । उक्त प्रतियोगितामा ज्योत्सनिका सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो नम्बरमा रहिन् । प्रदेशस्तरीय प्रधानमन्त्री कपमा उनी उत्कृष्ट बलर घोषित भइन् ।  दिलासा राना (ब्याटमिन्टन)  १० वर्षको उमेरमा बाबाले खेलेको खेल पछ्याएकी दिलासा राना सानै उमेरमा अन्तर्राष्ट्रिय खेल मात्र खेलेकी छैनन्, नेपाललाई अन्तर्राष्ट्रिय पदकसमेत दिलाएकी छन् ।  लकडाउनको समयबाट उनले ब्याडमिन्टन खेल्न सुरु गरेकी हुन् । उनले यो वर्ष नेपालमा भएको साउथ एसियन रिजन जुनियर च्याम्पियनसिपमा ३ पदक जित्न सफल भइन् । त्यसमा उनले एक रजत र दुई काश्य पदक जितेकी हुन् ।  उनले २०७९ मा गण्डकी प्रदेश भएको नवौँ राष्ट्रिय खेलकुदबाट राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकी थिइन् । त्यसयता उनले जुनियर स्तरमा राष्ट्रिय प्रतियोगितामा आफ्नो पकट जमाउन सफल भएकी छन् । उनले पुष्पलाल राष्ट्रिय यु–१९ प्रतियोगितादेखि अन्तर प्रदेश राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पदक जितिसकेकी छन् ।  उनले फागुनमा काठमाडौँमा भएको १३ औँ पुष्पलाल स्मृति राष्ट्रिय ¥याङकिङ ब्याडमिन्टनमा जुनियरतर्फ उपाधि जितेकी हुन् । चितवनमा भएको अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा दिलासाले ३ पटक हार पारिन् । उनले डब्बलमा प्रथम, मिक्स डब्बलमा दोस्रो र सिङ्गलमा तेस्रो भइन् । गत पुसमा भएको ललितपुर मेयर कपको दोस्रो र दोस्रो मोहन भुंगल फाउन्डेसन जुनियर राष्ट्रिय प्रतियोगितामा पहिलो हुन सफल भइन् ।  बादल कार्की (एथलेटिक्स)   एथलेटिक्सका भविष्य हुन्, बागलुङका बादल कार्की । बागलुङ काठेखोला गाउँपालिका ७ का १७ वर्षीय बादलले नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा पदक ल्याउनेदेखि म्याराथन दौडनसमेत भ्याइसकेका छन् ।  उनले भारतको नागाल्यान्डमा भएको यु–२० साउथ एसियन क्रस कन्ट्री प्रतियोगिता अन्तर्गत ८ किमी दौडमा नेपालको तर्फबाट काश्य पदक जितेका थिए । यस्तै पोखरा सञ्चालन हुने सफल पोखरा म्याराथनमा २ वर्ष अघि नै भाग लिएका थिए । सानै उमेरमा उनले ४२ किलोमिटर दुरी पूरा गरे ।  कार्कीले भर्खरै सकिएको १४औँ केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत एथलेटिक्स खेलमा दुई स्वर्ण पदक जित्न सफल भए । १५०० र ८०० मिटर इभेन्टमा उनले स्वर्ण पदक जितेका हुन् । उनले तेस्रो पटकमा राष्ट्रपति रनिङ शिल्डमा पदक जित्न सफल भएका हुन् । उनी जिल्ला, प्रदेशमा पदक जित्दै केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्डमा भाग लिएका थिए । उनले प्रदेश स्तरमा दुई स्वर्ण, एक रजत र एक काश्य जितेका थिए । जिल्ला स्तरीय प्रतियोगितासमेत उनको प्रदर्शन उत्कृष्ट थियो । २०७९ मा गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदमा ३ हजार मिटर स्टपल चेजमा दौडेका बादल छैटौँ भएका थिए । पोखरा सभागृह हलमा हुने स्पोर्ट्स अवार्डमा उदीयमान खेलाडी सहित कुल ७ विधामा अवार्ड प्रदान गरिनेछ । वर्ष खेलाडी पुरुष र महिला हुन सफल खेलाडीले इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।  लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार सहित ट्रफी पाउने महासचिव पौडेलले खुलाए ।  अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्नेछ । पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपालले प्रायोजन गर्ने सम्झौता भएको मञ्च अध्यक्ष दीननाथ बरालले जनाए ।   यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रा.लि., साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप÷आभ्या क्लब, मादी गाउँपालिका, बुमराङ रेष्टुरेन्ट लेकसाइड, नेपाल भुतपूर्व खेलाडी मञ्च, रुपा गाउँपालिका, निसीखोला गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ«े गाउँपालिका, गण्डकी प्रदेश क्रिकेट संघ, इन्द्रधारा विष्ट (मुस्ताङ गल्फकोर्ष), लक्ष्मी हाउस प्रालि, थ्रीसिक्स इञ्जिनियर रेजिमेट एण्ड क्यूजिईका संयोजक क्याप्टेन कृष्ण पुन, गुरुङ हर्वल व्युटी पार्लर, दीपक थापा (हक्की संघ गण्डकी), पोखरा नेचुरल फुड एण्ड वेभरेज प्रा.लि., सहारा क्लव हङकङ, राष्ट्रिय महिला भलिबल टोलीका पूर्व उपकप्तान मञ्जु गुरुङ, पोखरा १५ वडा कार्यालय, वल्र्ड लिंक, मोहन भूगोल फाउन्डेसन लगायत सहयोगी रहेको बरालले खुलाए । लाइभ पार्टनरका रुपमा पब्लिक फोर के टेलिभिजनले साथ दिनेछ ।    खेल क्षेत्रमा उर्जा थप्न मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ । मञ्चमा हाल ७४ जना पत्रकार आवद्ध छन् ।  

काठमाडौं:     वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टी–२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३–१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ रनले पराजित गर्यो । वेस्ट इन्डिजले दिएको २१० रनको विशाल लक्ष्य पछ्याएको नेपाल इनिङको अन्तिम बलमा १८१ रनमा समेटियो ।  नेपालका लागि कप्तान रोहित पौडेलले लगातार तेस्रो अर्धशतक जडे । रोहितले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ८२ रन बनाए । रोहितले अन्य ब्याटरको साथ नपाउँदा नेपालले हार टार्न सकेन ।  नेपालको सुरुवात आज पनि राम्रो रहन सकेन । ओपनर आरिफ शेख इनिङको दोस्रो बलमै म्याथ्यु फोर्डद्वारा शुन्यमा नै बोल्ड आउट भए । यस्तौ अर्का ओपनर कुशल भुर्तेल भने पाचौ ओभरको पाचौ बलमा १ रन बनाएर फेबियन एलेनद्वारा बोल्ड भए । चौथो नम्बरमा आएका कुशल मल्ल पनि एक चौका प्रहार गर्दै एलेनकै बलमा रोस्टन चेजद्वारा क्याच आउट भए । पाचौँ नम्बरमा आएका सन्दिप जोराले सुरुवात राम्रो गरेपनि ठुलो स्कोर बनाउन सकेनन् । उनी १४ बलमा १९ रन बनाएर १०औ ओभरमा हेडन वाल्शको शिकार बने ।    चौथो विकेटको पतन पछि रोहित र दीपेन्द्र मिलेर साझेदारी अगाडी बढाइरहेका थिए । तर १४औ ओभरमा रोहित वाल्शको बलमा लङ(अफमा क्याच आउट भएपछि ५३ रनको सो साझेदारी तोडियो । दीपेन्द्र पनि धेरै बेर क्रिजमा रहेनन् । १७औ ओभरमा १४ बलमा १९ रन बनाएर उनीफोर्डको बलमा चार्ल्सद्वारा क्याच आउट हुन पुगे । सोहि ओभरमा गुलशन झा पनि १९ रन नै बनाएर अथान्जेद्वारा समातिए । अर्को ओभरमा प्रतिश जिसी वाल्शको बलमा शुन्यमै पेभेलियन फर्किए ।  सोमपाल कामीलाई अन्तिम ओभरमा गुडकेश मोतीद्वारा १० रनमा आउट भए । अन्तिम ओभरको अन्तिम बलमा ललित राजबंशी पनि शुन्यमा स्टम्प आउट भए ।  वेस्ट इन्डिज ‘ए’ का लागि म्याथ्यु  फोर्ड र हेडन वाल्शले समान ३÷३ विकेट लिए । फेबियन अलें र गुडकेश मोतीले २(२ विकेट लिए ।   त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनायो । वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्कासहित अविजित ८४ रनको इनिङ खेले । यस्तै ओपनर जोनसन चार्ल्सले ३० बलमा ३ चौका र ६ छक्कासहित ५८ रन जोडे । फेबियन एलेन १९ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३३ रन बनाएर नटआउट रहे । दोस्रो ओभरमा नै पहिलो विकेट लिएको नेपालले त्यसपछि भने दुई विकेट मात्र निकाल्न सक्यो । आज सिरिजमा पहिलो पटक खेलिरहेका प्रतिश जिसीले नेपाललाई आफ्नो पहिलो बलमा नै पहिलो सफलता दिलाए । दोस्रो ओभरको पहिलो बलमा नै एलिक अथान्जे ५ रन बनाएर सन्दिप जोराद्वारा क्याच आउट भए । दोस्रो विकेटका लागि भने ओपनर जोनसन चार्ल्स फ्लेचर मिलेर ९२ रनको साझेदारी गरे । सो साझेदारी कुशल भुर्तेलले तोडे । चार्ल्स अर्धशतक बनाएर १०औ ओभरको अन्तिम बलमा दीपेन्द्र सिंह ऐरीको हातबाट मिड(विकेटमा क्याच आउट भए ।  १४औ ओभरमा कुशलले नै नेपाललाई तेस्रो सफलता दिलाए । कुशलले केसी कार्टीलाई ४ रन बनाएको अवस्थामा कप्तान रोहित पौडेलद्वारा क्याच आउट गराए ।  नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा २३ रन दिएर २ विकेट लिए । प्रतिश जिसीले ४ ओभरमा नै ४३ रन दिएर १ विकेट लिए ।  अन्य बलरले भने विकेट लिन सकेनन् । ललित राजबंशीले ४ ओभर बलिङ गरेर महँगो सावित हुँदै ५३ रन दिए । अविनाश बोहोराले पनि ४ ओभरमा ४२ रन खर्चिए । सोमपाल कामी र गुलशन झाले समान दुई÷दुई ओभरमा क्रमशः १५ र २५ रन दिए ।    नेपालले शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो । कप्तान रोहित पौडेलको शानदार शतकमा नेपालले पहिलो खेल जितेको थियो ।दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित निकाल्यो । उक्त खेलमा पनि कप्तान रोहित बाहेक अन्य ब्याटर खास चल्न सकेनन् । हिजो भएको तेस्रो खेलमा पाहुना टोली ७६ रनले विजयी भएको थियो । सो खेलमा नेपालका कप्तान रोहित पौडेलले विश्राम लिएका थिए । सिरिजको अन्तिम खेल आउँदो शनिवार हुनेछ ।   

काठमाडौं:     वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई टी–२० सिरिजको चौथो खेलमा २१० रनको विशाल लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनायो । वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्कासहित अविजित ८४ रनको इनिङ खेले । यस्तै ओपनर जोनसन चार्ल्सले ३० बलमा ३ चौका र ६ छक्कासहित ५८ रन जोडे । फेबियन एलेन १९ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३३ रन बनाएर नटआउट रहे । दोस्रो ओभरमा नै पहिलो विकेट लिएको नेपालले त्यसपछि भने दुई विकेट मात्र निकाल्न सक्यो । आज सिरिजमा पहिलो पटक खेलिरहेका प्रतिश जिसीले नेपाललाई आफ्नो पहिलो बलमा नै पहिलो सफलता दिलाए । दोस्रो ओभरको पहिलो बलमा नै एलिक अथान्जे ५ रन बनाएर सन्दिप जोराद्वारा क्याच आउट भए । दोस्रो विकेटका लागि भने ओपनर जोनसन चार्ल्स फ्लेचर मिलेर ९२ रनको साझेदारी गरे । सो साझेदारी कुशल भुर्तेलले तोडे । चार्ल्स अर्धशतक बनाएर १०औ ओभरको अन्तिम बलमा दीपेन्द्र सिंह ऐरीको हातबाट मिड(विकेटमा क्याच आउट भए ।  १४औ ओभरमा कुशलले नै नेपाललाई तेस्रो सफलता दिलाए । कुशलले केसी कार्टीलाई ४ रन बनाएको अवस्थामा कप्तान रोहित पौडेलद्वारा क्याच आउट गराए ।  नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा २३ रन दिएर २ विकेट लिए । प्रतिश जिसीले ४ ओभरमा नै ४३ रन दिएर १ विकेट लिए ।  अन्य बलरले भने विकेट लिन सकेनन् । ललित राजबंशीले ४ ओभर बलिङ गरेर महँगो सावित हुँदै ५३ रन दिए । अविनाश बोहोराले पनि ४ ओभरमा ४२ रन खर्चिए । सोमपाल कामी र गुलशन झाले समान दुई/दुई ओभरमा क्रमशः १५ र २५ रन दिए ।    सिरिजमा हाल वेस्ट इन्डिज २–१ ले अगाडि छ । नेपालले शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो । कप्तान रोहित पौडेलको शानदार शतकमा नेपालले पहिलो खेल जितेको थियो । दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित निकाल्यो । हिजो भएको तेस्रो खेलमा पाहुना टोली ७६ रनले विजयी भएको थियो । सो खेलमा नेपालका कप्तान रोहित पौडेलले विश्राम लिएका थिए ।