पाेखरा ।  पाँच वर्षपछि पोखरामा आयोजना हुन लागेको खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ ।   प्रतियोगिताको तयारी करिब अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मे...

पोखरा:  बुद्ध विशाल बजार व्यापारिक एशोसियसन पोखराले आयोजना गरेको दशौं आन्तरिक फुटसल प्रतियोगिताको उपाधि विशाल श्रेष्ठ नेतृत्वको टिमले जितेको छ ।   रानीपौवा स्पोर्टस् सेन्टरमा शनिबार सम्पन्न फाइनल खेलमा सञ्जय बुढाथोकी नेतृत्वको टोलीलाई हराउलै श्रेष्ठको टिम च्याम्पियन बनेको हो ।   उपाधि जितेसँगै श्रेष्ठको टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १५ हजार प्राप्त गर्याे भने उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १० हजार हात पार्याे ।   उक्त प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीको रुपमा रोशन नेप्कुल पुरस्कृत भए ।   कुल ५ टिमको सहभागिता रहेको उक्त प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई प्रमुख अतिथि समेत रहेका पोखरा महानगरपालिका ४ का नवनिर्वार्चित वडा अध्यक्ष देवकृष्ण पराजुली, सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष बालकृष्ण भण्डारी, बगर कल्याणकारी ब्यवसायी समितिका अध्यक्ष विष्णु वास्तोला, फेन्सी तथा रेडिमेड ब्यवसायी संघका अध्यक्ष राजु पौडेल तथा अग्रज व्यवसायीहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।   बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष केशवबहादुर खत्रीको सभापतित्वमा भएको कार्यक्रममा संयोजक थमनसिंह गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने महासचिव बुद्वी बहादुर कुावरले कार्यक्रम सञ्चालन गरेका थिए ।  

पोखरा:  पोखरामा जारी ब्रेकिङ बाउण्ड्रिज एमसिसी अन्तर विद्यालय छात्र छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा सिद्धार्थ मावि र भद्रकाली मावि विजयी भएका छन् ।   पहिलो खेलमा सिद्धार्थले शुक्रराज वलभद्र माविलाई ६ विकेटले पराजित गरेको थियो । अर्को खेलमा भद्रकालीले महेन्द्र माविमाथि ८ विकेटको जित निकाल्यो ।   पहिला व्याटिङ गरेको भद्रकालीले ६३ रनमै सम्पूर्ण विकेट गुमाएको थियो । खेलमा १ ओभर बलिङ गर्दै ३ रन खर्चिएर ४ विकेट लिएका सिद्धार्थका शन्देस नेपाली म्यान अफ द म्याच भए ।   अर्को खेलमा पहिला व्याटिङ गरेको महेन्द्र माविले १५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५९ रन  मात्रै बनाउन सक्यो । प्रत्युत्तरमा भद्रकालीले ८.४ ओभरमै ६० रनको लक्ष्य भेटाएको थियो ।   भद्रकालीका असिम गुरुङ्गले १८ बलमा ६ चौकाको मद्धतमा २६ रन बनाए ।   बलिङतर्फ ३ ओभरमा २ मेडन सहित २ विकेट लिएका भद्रकालीका रविन गुरुङ्ग म्यान अफ द म्याच भएका थिए ।

पोखरा:  हेमजा युनाइटेडको आयोजनामा हुने ‘छैटौं नेपाल आइस अन्र्तरराष्ट्रिय हेमजा गोल्डकप आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ ।   आगामी असारको ४ देखि ११ गतेसम्म हेम्जाको गौरीशंकर खेल मैदानमा हुने उक्त गोल्डकपको सबै तयारी पुरा भएको आज (बिहिबार) आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।   प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र वीरगञ्ज युनाइटेड भिड्ने क्लबका अध्यक्ष इन्द्र बहादुर कुँवरले बताए । उनका अनुसार दोस्रो खेल चर्च व्याइज एफसी र कालिका स्पोर्टस् एकेडेमी ५ गते दिनको १ बजे हुनेछ । त्यसैगरी तेस्रो खेल ६ गते खुमलटार युवा क्लब र बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।   क्वाटरफाइनलको अन्तिम खेल ७ गते फुटबल क्लब डाउला र विभागीय टोली सशत्र प्रहरी बलको एपिएफबीच प्रतिस्पर्धा हुनेछ । कुल ८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६ लाख प्रदान गरिने अध्यक्ष कुँवरले बताए । उनका अनुसार उपविजेता टोलीले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित ३ लाख हात पार्नेछ ।    यसैगरि प्रतियोगिताबाट सर्वाेत्कृष्ट हुने खेलाडीले ट्रफीसहित ५० हजार प्राप्त गर्नेछ । विधागततर्फ उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर, डिफेण्डर र उदीयमान खेलाडीले ट्रफीसहित नगद रु २० हजारबाट पुरस्कृत हुनेछ भने सर्वाधिक गोलकर्ताले नगद रु २५ हजार प्राप्त गर्नेछ । र प्रतियोगिताको प्रत्येक खेलबाट एक खेलाडी म्यान अफ द म्याच घोषित हुदै जहनी ५ हजार र ट्रफी प्राप्त गर्नेछन् ।    प्रवेश शुल्कः सयदेखि ३ सयसम्म   पोखरा महानगरपालिका २५ हेमजास्थित गौरीशंकर खेलमैदानमा एक हप्ता सञ्चालन हुने प्रतियोगितामा प्रवेश शुल्क निर्धारण गरिएको छ ।  मोफसलका प्रतिष्ठत क्लब र ए डिभिजन क्लबको सहभागिता रहेको सो प्रतियोगिताको महत्वलाई मध्यनजर गर्दै आयोजकले सिमित प्रवेश शुल्क निर्धारण गरेको कार्यक्रम संयोजक इन्द्र प्रसाद त्रिपाठीले जानकारी दिए । उनका अनुसार उक्त गोल्डकपमा कुल ७ खेल सम्पन्न हुनेछ ।   संयोजक त्रिपाठीले पहिलो चरणको ४ वटा क्वाटरफाइनलको लागि प्रवेश शुल्क १ सय निर्धारण गरिएको बताए । त्रिपाठीका अनुसार सेमीफाइनलका खेलमा टिकदर २ सय निर्धारण गरिएिको छ भने फाइनल खेलमा ३ सय रुपैया तोकिएको छ ।    उक्त गोल्डकप सम्पन्न गर्नका लागि नेपाल आइसले मुख्य प्रायोजन गरेको आयोजकले जनाएको छ ।     खेलकुदसँगै सामाजिक काममा ‘हेमजा युनाइटेड क्लब’   यही वर्ष सम्पन्न कास्की लिग च्याम्पियन हेमजा युनाइटेड क्लबले खेलकुदसँगै सामाजिक क्रियाकलापमा समेत अग्रणी भुमिका खेल्दै आएको छ ।    २०७० सालमा स्थापना भएको क्लबले सामाजिक उत्तरदायीत्व वहन गर्ने उद्देश्यसहित विभिन्न सचेतनामुलक कार्यक्रमहरु आयोजना गर्दै आएको क्लबका अध्यक्ष इन्द्र बहादुर कुँवरले बताए ।   उनले सबैभन्दा पहिले संस्थाको आफ्नै भवन निर्माण गरेको जानकारी दिए । उनका अनुसार छैटौं संस्करणसम्म आइपुग्दा खेलमैदानको स्तारोन्नती, हेमजाको याम्दीदेखि मिलनचोकको सडकखण्डमा ट्राफिक सचेताको साइनबोर्ड जडान सम्पन्न गरेको छ ।    यसैगरि युवा लक्षित नेतृत्व विकास तथा प्रशिक्षण कार्यक्रम, रक्तदान कार्यक्रम, राहात वितरण, सरसफाई तथा गाँजा फडानी, बालबालिकाहरुका लागि ग्रासरुट प्रशिक्षण तथा विभिन्न खेलकुद प्रतियोगिताहरुमा आर्थिक लगायतका सहयोग गरिसकेको छ ।    आगामी दिनमा समाज रुपान्तरणका लागि सकरात्मक र रचनात्मक कार्यक्रम निरन्तर आयोजना गर्दै जाने अध्यक्ष कुँवरले बताएका थिए ।  

काठमाण्डौँः     युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा नियुक्त हुनुभएका सुवास शाहीलाई आज नियुक्तिपत्र हस्तान्तरण गर्नुभएको छ ।        मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले शाहीलाई अध्यक्ष र कल्पना दियाकोटीलाई सदस्य पदमा मनोनीत गर्ने निर्णय  गरेको थियो । कार्यक्रममा मन्त्री गहतराजले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान नेपाली खेलकुदकै ‘ड्रिम प्रोजेक्ट’ भएकाले राम्रोसँग जिम्मेवारी बहन गर्न आग्रह गर्नुभयो ।      उहाँले यस रङ्गशाला निर्माणका लागि सबै राजनीतिक दलहरुका साथ र सहयोग लिन अध्यक्ष शाहीलाई सुझाव दिँदै प्रदेश सरकारलाई उक्त रङ्गशाला निर्माणका लागि उपयुक्त रकम छुट्याउन आग्रहसमेत गरेको बताउनुभयो ।        त्यस्तै अध्यक्ष सुवास शाहीले निर्धारित समयमा रङ्गशाला र खेलग्राम निर्माणको कार्य सम्पन्न गराउन आफू दिनरात मेहनत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आगामी तीन वर्षभित्र अन्तर्राष्ट्रिय रङ्गशालाको निर्माण कार्य पूरा गरी सरकारलाई हस्तान्तरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।        राष्ट्रिय प्राथमिकताको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण सुरु गर्नका लागि सरकारले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश–२०७९ जारी गरेको थियो ।  

पोखरा:  पोखरामा जारी ब्रेकिङ बाउण्ड्रिज एमसिसी अन्तर विद्यालय छात्र छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारका खेलहरुमा छात्रतर्फ बाराही मावि र नविन मावि विजयी भएका छन् ।   पोखरा क्रिकेट एकेडमीको आयोजना तथा मेरोलिवोन क्रिकेट क्लव फाउण्डेशन युके र किडासा युकेको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताको पहिलो खेलमा बाराहीले विन्ध्यवासिनी माविलाई ३२ रनले पराजित गर्दा अर्को खेलमा नविनले श्रीकृष्ण माविलाई ३७ रनले पराजित गर्‍यो  ।   पोखराको अम्मरसिंह खेल मैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा बाराही माविले प्रस्तुत गरेको ९१ रनको लक्ष्य पछ्याउने क्रममा विन्ध्यवासिनी मावि ५९ रनमा समेटियो ।   सो खेलमा ३ विकेट लिएका बाराहीका उत्सर्ग सर्मा म्यान अफ द म्याच भए ।   अर्को खेलमा नविन माविले दिएको ९३ रनको लक्ष्य पछ्याउने क्रममा श्री कृष्ण मावि ५६ रनमा सिमित बन्न पुग्यो । खेलमा १४ रन साथै ४ विकेट लिएका नविन माविका निर्मल जोशि म्यान अफ द म्याच भएका थिए ।  

पोखरा:  पोखरा महानगरपालिका १ पुरानो टुडिखेलमा निर्मित बास्केटबल कोर्टको उद्घाटन गरिएको छ । स्थानीय क्लब बुद्धटोल युवा क्लबको पहलमा निर्मित उक्त बास्केटबल कोर्टको उद्घाटन गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले गरेका हुन् ।    उक्त बास्केटबल कोर्ट निर्माणका लागि युवा तथा खेकदुद मन्त्रालयबाट ९ लाख सहयोग गरिएको बास्केटबल कोर्ट निर्माण समितिका अध्यक्ष तथा युवा व्यवसायी हिटलर घलेले जानकारी दिए ।    उनका अनुसार बुद्धटोल क्लबले ५ लाख र राष्ट्रिय उच्च माविले १ लाख सहयोग गरेको थियो ।    यसैगरि व्यक्तिगत रुपमा पनि कोर्ट निर्माणका लागि आर्थिक सहयोग गरेको अध्यक्ष घलेले बताए । ‘युवा तथा खेलकुद मन्त्रालयको लागतमा निर्माण गरेका हौं, उनले भने, ‘यसमा क्लबको पनि केही परेको छ केही व्यक्तिहरुको पनि सहयोग छ । अहिले पहिलो चरणको काम सकिएको छ । अब अर्काे चरणमा प्यरापिट तथा चेन्जिङ रुमको योजना छ ।’  उक्त उद्घाटनको क्रममा विभिन्न ४ टिमलाई मैत्रीपूर्ण खेल आयोजना गरिएको क्लबका उपाध्यक्ष असिम थापाले जानकारी  दिए । उनका अनुसार सो खेलमा पर्वत क्लब र मास्क टिम विजयी भएको थियो ।    बुद्धटोल क्लबका अध्यक्ष विजया गुरुङको सभातत्विमा सम्पन्न कार्यक्रममा युवा समाजसेवी अमृत लामा गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने अर्जुन परियारले कार्यक्रम सञ्चालन गरेका थिए ।

हेमजा:   आगामी असारको ४ देखि ११ गतेसम्म हेम्जाको गौरीशंकर खेल मैदानमा हुने छैटौं अन्तर्राष्ट्रिय शुभकामना कपलाई हेमजामा रहेका आमा समुहले साथ दिने भएको छ ।    हेम्जा युनाइटेडको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय शुभकामना कपलाई सभ्य र भब्य रुपमा सफल बनाउन हेम्जामा रहेका आमा समुहले सहयोग गर्ने भएका हुन्।   शुक्रवार बसेको आमा समुह र हेम्जा युनाइटेडको बैठकमा आमा समुहले सहयोग गर्ने बताएका हुन् । बैठकमा बोल्ने वक्ताहरुले पहिला पनि यो संस्थालाई सहयोग गरेको र अहिले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।   खेलकुदको माध्यमबाट युवाबीच एकता र भाइचारा सम्बन्ध बढाउँदै सृजनात्मक तथा रचनात्मक काममा अघि बढाउन साथै संचालनमा रहेको हेम्जा युनाईटेड एकेडेमीलाई निरन्तरता दिई नयाँ खेलाडी उत्पादन गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको हो ।   प्रतियोगितामा ए डिभिजनका ६ टीम, १ अन्तराष्ट्रिय टीम र आयोजक सहित आठ टिमको सहभागिता रहने छ । प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले तीन लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

पोखरा :   केआईइसी एम १२ ले जनएकता क्लबद्वारा आयोजित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । रामेश्वरी माविको खेल मैदानमा शनिबार भएको फाईनल खेलमा एम–१२ ले रत्नचोकलाई ४–१ गोलको फराकिलो गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।    उपाधिसँगै एम–१२ ले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्याे । भने उपविजेता बनेको रत्नचोकले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ६१ हजार १ सय ११ रुपैयाँ हात पार्याे ।  खेलमा एम १२ का लागि अविनास तामाङले ह्याट्रिक गरे ।   सरोज तितुङले १ गोलको योगदान दिए । यता हार व्यहोरेको रत्नचोकका लागि सोनु गुरुङले सान्त्वना एक गोल फर्काए ।    कुल ४६ टोलीको सहभागिता रहेको प्रतियोगितामा फाईनल खेलको म्यान अफ दि म्याच अनिवास तामाङ घोषित भए ।  प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडीको पुरस्कार मनोज गुरुङ घोषित भए । उत्कृष्ट गोलरक्षकका रुपमा  सोही क्लबकै रोमन थापामगर पुरस्कृत भए ।    यसैगरि उत्कृष्ट डिफेण्डरका रुपमा योगेश गुरुङ घोषित भए । सर्वाधिक गोलकर्ताको पुरस्कार सरोज तितुङ पुरस्कृत भए । उत्कृष्ठ खेलाडीले नगद ५ हजार प्राप्त गर्दा अन्य विधाका खेलाडीले ३÷३हजार रुपैयाँ प्राप्त गरेका थिए ।    विजेता तथा उपविजेता टोलीलाई पोखरा–१४ का नवनिर्वाचित वडाध्यक्ष बोधबहादुर कार्की, समाजसेवी अमृतबहादुर कार्की लगायतले पुरस्कार वितरण गरेका थिए ।

पोखरा:    जनएकता युवा क्लबको आयोजनामा सञ्चालित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार ७ खेल सम्पन्न भएका छन् ।    रामेश्वरी माविको खेल मैदानमा आयोजित प्रतियोगिताको मंगलबारको खेलमा भिमाद युथ क्लबले  रन्जन स्मृति युथ क्लब भिमादलाई ३–२ गोल अन्तरले पराजित गर्याे । भिमादका लागि लोकेश थापाले दुई र अभिषेक राईले एक गोल गर्दै जित दिलाउँदा रन्जन स्मृतिका लागि राजन सोसान गुरुङ र आगमन खड्काले गोल फर्काए ।    शहिद स्मृति विद्यालयले मेरो नेपाल युवा क्लब एलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्याे । शहिद स्मृतिको तर्फबाट आशिष थापा, सुजन तामाङ र सन्दीप गुरुङले गोल गरे ।  मेरो नेपाल लागि सौरभ कार्की र सरोज सुनारले गोल गरेपनि जित पर्याप्त हुन सकेन् । त्यसैगरी अर्को खेलमा  विजयपुर एफसीमाथि भण्डारढीकको आर्दश क्लबले २–० गोलको नजिता निकाल्यो । जितका लागि विकास परियारले दुवै गोल गरेका थिए ।    काउरे बयरघारी स्याङजालाई मसिना एफसीले ४–० फराकिलो गोल अन्तरले पराजित गर्यो । विजय श्रेष्ठले दुई, क्षितिज जिटीले एक र विश्व थापाले एक गोल गरेका थिए ।    केआईईसी एम १२ ले खाल्टे गैरीगाँउलाई १०–० गोलले पराजित गरेको छ । सरोज तितुङले डबल ह्याट्रिक गरे । त्यस्तै विकास गुरुङले २, मनोज गुरुङ र मीन गुरुङले एक एक गोल गरेका थिए ।  हाम्रो एफसीलाई जनएकता युवा क्लब हरियोले ४–० को नजिता निकाल्दै अर्को चरणमा प्रवेश गर्याे । जनएकताका लागि आशिष कार्कीले २, सन्देश देवकोटाले १ र समुन्द्र सुवेदीले एक थपेका थिए ।   विजयपुर एफसीले मसिना मेनचेष्टर फुडजोनलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा विजेताले १ लाख ११ हजार, उपविजेताले ६१ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ठ खेलाडीले समेत नगद पुरस्कार प्राप्त गर्ने जनएकता युवा क्लबका सचिव घनश्याम अधिकारी(श्याम)ले जानकारी दिए । फाईनल जेठ १४ गते हुने छ ।