पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिगको मंगलबार हुने खेलहरु स्थगित गरिएको छ ।  आयोजक ईन्फिनिटी ड्रिम्स प्रालिले प्रेस विज्ञप्ती जारी गर्दै देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै...

पोखरा: हिन्दु नारीहरुको पर्व हरितालिका तीजको अवसरमा पोखरा महानगरपालिका २२ स्थित भ्यू पोइन्टमा ‘प्रथम भेडिखर्क कप सिक्स ए साइड फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ ।   स्थानीय क्लब भ्यू पोइन्ट कलबले ‘खेल स्वास्थ्यका लागि, स्वस्थ्य युवा देशका लागि’ भन्ने नारासहित आगामी अजोज १–३ गतेसम्म भेडिखर्क खेलमैदानमा प्रतियोगिता आयोजना गरिने क्लबका अध्यक्ष विश्वराज बास्तोलाले जानकारी दिए ।    उनका अनुसार प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ४० हजार प्राप्त गर्नेछ ।   यस्तै उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २० हजार हात पार्नेछ भने प्रतियोगितामा विधागत पुरस्कारको पनि व्यवस्था गरिएको छ ।    प्रतियोगितामा सहभागिताका लागि दर्ता शुल्क ४ हजार निर्धारण गरिएको आयोजकले जनाएको छ ।   

काठमाडौं:    एसिया कपअन्तर्गत शनिबार समूह ‘ए’मा भारत र पाकिस्तानबीचको खेल भारी वर्षाका कारण रोकिएको छ। श्रीलंकाको पालेकेले मैदानमा ४.२ ओभरको खेल चलिरहँदा वर्षा भएको थियो। अम्पायरले तत्काल खेल रोक्ने निर्णय गरेका छन्।  पिच र मैदानमा कर्भर राखिएको छ। भारतले पहिलो ब्याटिङ गरी विना विकेटको क्षतिमा १५ रन बनाएको छ। भारतका कप्तान रोहित शर्माले १८ बलमा दुई चौकाको सहयोगमा ११ रन जोडेका छन्। अर्का ओपनर सुभमान गिलले आठ बल खेलेका छन्। उनले रन जोडेका छैनन्। पाकिस्तानका फास्ट बलर साहिद साह अफ्रिदीले २.२ ओभरमा ११ रन र नसिम साहले दुई ओभरमा तीन रन दिएका छन्।

काठमाडौं:  भारतले एसिया कपमा पाकिस्तानविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा भर्खर सम्पन्न टसमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । पाकिस्तानले पहिलो खेलमा नेपाललाई २ सय ३८ रनले हराएको थियो । भारतको यो पहिलो खेल हो । भारतले समूह चरणको अन्तिम खेल सोमबार नेपालसँग खेल्नेछ । पाकिस्तान यस खेलमा विजयी हुँदा वा कुनै कारण रद्द भएमा पनि सुपर फोरमा पुग्नेछ । पराजित भएमा भने नेपाल र भारतबीचको नतिजाले निर्धारण गर्नेछ ।   एजेन्सीको सहयोगमा

काठमाडौं:    एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान  खेल्दैछन् । संसारभरबाट रुचिकासाथ हेर्ने यो खेल दिउँसो ३:१५ बजे श्रीलङ्काको पाल्लिकेमा शुरु हुनेछ । एसिया कपको आयोजक पाकिस्तान भए पनि भारत नजाने भएपछि श्रीलङ्कामा खेल हुन लागेको हो । भारत र पाकिस्तानको क्रिकेट खेललाई दुवै देशले ठूलो प्रतिष्ठाको विषय बनाउँदै आएका छन् । एसिया कपको आफ्नो पहिलो खेलमा पाकिस्तानले नेपाललाई हराएको थियो भने  भारतले आज पहिलो खेल खेल्न लागेको हो । नेपाल र भारतबीचको खेल पर्सि सोमवार हुनेछ ।  भारतले सर्वाधिक ७ पटक एसिया कपको उपाधि जितेको छ भने पाकिस्तानले दुई पटक मात्रै उपाधि जितेको छ । 

काठमाडौं:    आइसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ ।  मलेसियाको क्वालालम्पुरमा आज भएको खेलमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले २ दशमलव ५ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य पूरा गर्‍यो ।  नेपालका लागि कविता कुवँरले अविजित १७ रनको योगदान दिइन् । उनले १४ बल खेल्दै तीन चौकाको मद्दतमा १७ रन बनाएकी हुन् । त्यस्तै  सीता रानामगरले अविजित २ रन जोडिन् ।  त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १५ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ३१ रनमा समेटिएको थियो ।  बहराइनका लागि कप्तान दीपिका रसङ्गिकाले सर्वाधिक ११ रनको योगदान दिइन । त्यसबाहेक बहराइनका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।  बहराइलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले तीन विकेट लिइन् भने खुसी डङ्गोलले दुई विकेट झारिन् । कविता कुँवर, पूजा महतो र रुबिना क्षत्रीले समान एक एक विकेट लिए । यसअघि हिजो भएको पहिलो खेलमा नेपालले मलेसियालाई ५ रनले पराजित गरेको थियो । अब नेपालले आफ्नो तेस्रो खेल आइतबार भुटानसँग खेल्नेछ । 

काठमाडौं:     नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज बहराइनसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा ११ मा मलेसियामा शुरु हुनेछ । पहिलो खेलमा नेपालले हिजो घरेलु टोलीलाई ५ रनले हराएको थियो । पहिलो खेलमा बहराइनले कतारलाई हराएको थियो । तेस्रो खेलमा नेपालले पर्सि १७ गते भुटानसँग, चौथो खेलमा १८ गते कतारसँग र समूह चरणको अन्तिम खेलमा १९ गते यूएईसँग खेल्नेछ । प्रतियोगितामा सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी-२० क्वालिफायर खेल्न पाउनेछन् ।

काठमाडौं:    आइसीसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई पाँच रनको झिनो अन्तरले हराएको हो । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रनको योगफल बनायो । पचासी रनको विजयी लक्ष्य पछ्याएको मलेसियाको पारी ७९ रनमा समेटियो । यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि सीता राना मगरले अविजित ३८ रन बनाइन । उनले ५४ बल खेल्दै एक चौकासमेत हिर्काइन् । यस्तै अफसरी बेगमले १७ तथा कप्तान रुविना क्षेत्री बेलबासेले १२ रन बनाइन् । त्यसबाहेक अन्य खेलाडीले सम्झिनलायक रन बनाउन सकेकनन् । बलिङतर्फ मलेसियाकी ऐना हामिजाले दुई तथा महिराह इजाती, ऐश्या एलिसा र निक नुरले एक/एक विकेट लिए । मलेसियाले भने निर्धारित २० ओभर खेल्दै नौ विकेट गुमाउँदै ७९ रन मात्र बनाउन सक्यो । मलेसियाका लागि विनीफ्रेड दुरैसिङ्घमले २८, ऐना हामिजाले १४ तथा मास इल्यासाले १० रन बनाइन् । बलिङतर्फ नेपालका लागि कविता कुँवर र कविता जोशीले दुई/दुई तथा कप्तान रुबिना क्षेत्री बेलबासे र अश्मिना कर्माचार्यले एक एक विकेट लिए । नेपालले अब शुक्रबार दोस्रो खेल बहराइनसित खेल्ने छ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र युनाइटेड अरब इमिरेट्स (युएई) छन् । त्यस्तै समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यान्मार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टि–२० क्वालिफायर खेल्न पाउने छन् । 

काठमाडौं:    नेपाल एसिया कपको उद्धघाटन खेलमा घरेलु टोली पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको छ । यो नेपालको ओडिआई इतिहासको सबैभन्दा खराब हार हो । जितको लागि ३ सय ४३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल २३.३ ओभरमा १ सय ४ रनमा अल आउट भयो । नेपालका सोमपाल कामीले ४६ बलमा ४ चौकासहित सर्वाधिक २८ रन बनाए । सोमपाल हरिस रौफलको बलमा एज लागेर विकेटकिपर मोहम्मद रिजवानबाट उत्कृष्ट क्याच आउटको शिकार हुन पुगे । चौथो विकेटका लागि आरिफ शेख र सोमपाल कामीले ७८ बलमा ५९ रनको साझेदारी गरेका थिए । हरिस रौफको बलमा आरिफ क्लिन बोल्ड आउट भए । आरिफले ३८ बलमा ५ चौकासहित २६ रन बनाए । सोमपाल र आरिफ बाहेक अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालको यो ओडिआईमा रनको हिसाबमा सबैभन्दा ठूलो फराकिलो अन्तरको हार हो । यसअघि वेस्टइन्डिजविरुद्ध १ सय १ रनले हार्न पुगेको थियो । पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले पहिलो ओभरमै दुई विकेट लिएका थिए । नेपालका ओपनर कुशल भुर्तेलले शाहिन शाह अफ्रिदीलाई सुरुवाती दुई बलमा चौका प्रहार गर्दै सुरुवात गरेका थिए । तर लेग साइडको पाँचौं बलमा एज लागेर विकेटकिपर मोहम्मद रिजवानबाट ९ रनमा क्याच आउट भए । लगत्तै अर्को बलमा रोहित पौडेल गोल्डेन डक आउट भए । नसिम शाहको दोस्रो ओभरको चौथो बलमा आसिफ शेख एज लागेर स्लिपमा इफ्तिखर अहमदबाट पाँच रनमा क्याच आउट भए । नेपालका गुलशन झा १३, दीपेन्द्रसिंह ऐरी ३, कुशल मल्ल ६, सन्दीप लामिछाने र ललित डक आउट भए । करण ७ रनमा नट आउट रहे । पाकिस्तानका शादब खानले ६।४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । शाहिन शाह अफ्रिदीले ५ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । हरिस रौफले दुई, नसिम शाह र मोहम्मद नवाजले एक एक विकेट लिए । त्यसअघि मुल्तान क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४२ रन बनाएको थियो । यो नेपालविरुद्ध कुनैपनि टोलीले ओडिआईमा बनाएको उच्च योगफल हो । दुई महिना अघि वेस्टइन्डिजले विश्वकप छनोटमा बनाएको ३ सय ३९ रन यसअघि उच्च थियो । पाकिस्तानका कप्तान बाबर आजमले १ सय ३१ बलमा १४ चौका र ४ छक्कासहित १ सय ५१ रनको सानदार शतकीय इनिङ खेले । विश्व ओडिआई वरियताका बाबरले ब्यक्तिगत ५५ रनमा जीवनदान पाएका थिए । त्यसको भरपूर्ण सदुपयोग गरे । बाबरको ओडिआईमा उच्च प्रदर्शन २०२१ मा इंग्ल्यान्डविरुद्ध १ सय ५८ रनको शतकीय इनिङ थियो । बाबर ब्यक्तिगत ५५ रनमा जीवनदान पाएका थिए । २९ औं ओभरको पाँचौं बलमा बाबरलाई करणले कट एण्ड बोल्ड आउट गर्ने अवसर चुकाएका थिए । फिनिसर इफ्तिखार अहमद ७१ बलमा ११ चौका र ४ छक्कासहित १ सय ९ रनमा अविजित इनिङ खेले । इफ्तिखार अहमदले ६७ बलमा आफ्नो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हाने । पाँचौं विकेटका लागि अहमद र बाबरले १ सय ३१ बलमा २ सय १४ रनको सानदार दोहोरो शतकीय साझेदारी गरपछि कमजोर सुरुवातका बाबजुद विशाल योगफल बनाएको थियो । एक समय ६.१ ओभरमा २५–२ को अवस्थामा पुगेको पाकिस्तानलाई तेस्रो विकेटका लागि रिजवान र बाबरले ८६ रनको साझेदारी गरेका थिए । विकेटकिपर मोहम्मद रिजवान २४ औं ओभरको चौथो बलमा ५० बलमा ६ चौकासहित ४४ रनमा रन आउट भए । दीपेन्द्रको डाइरेक्ट थ्रो बलमा रिजवान नन स्टाइकमा अप्रत्याशित रुपमा रन आउट हुँदै पेभेलिएन फर्केका थिए । नेपालले सुरुवात राम्रो गरेपनि त्यसलाई निरन्तरता दिन सकेन । तीव्र गतिका बलर करण केसीले छैटौं ओभरको तेस्रो बलमा ओपनर फखार जमानलाई विकेटकिपर आसिफ शेखबाट १४ रनमा क्याच गराएका थिए । सातौं ओभरको पहिलो बलमा रोहित पौडेलले डाइरेक्ट थ्रोमा अर्का ओपनर इमाम उल हकलाई ५ रनमा रन आउट गरेका थिए । नेपालका सन्दीप लामिछानेले १० ओभरमा ६९ रन खर्चेर १ विकेट लिए । करण केसीले ९ ओभरमा ५४ रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले १० ओभरमा १ मेडनसहित ८५ रन खर्चेर २ विकेट लिए । सोमपाल नेपालबाट एकै ओडिआई खेलमा सर्वाधिक रन खर्चिने बलर बनेका छन् । यसअघि सोमपाल र करणले समान ८१ रन खर्चिएका थिए । नेपालले अन्तिम १० ओभरमा १ सय २९ रन खर्चिदा २ विकेट लिएको थियो । डेथ ओभरमा पुन एक पटक खराब प्रदर्शन गर्न पुग्यो । नेपालले भदौं १८ मा भारतसँग खेल्नेछ । सुपर फोरमा स्थान बनाउन उक्त खेलमा जितसँगै अन्य नतिजामा निर्भर हुनुपर्छ ।

काठमाडौं:    एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले बुधबार घरेलु टिम पाकिस्तानसँग खेल्दै छ । मुल्तान क्रिकेट रङ्गशालामा यी दुवै टिम विजयी सुरुवात गर्ने दाउमा छन् । नेपाल र पाकिस्तान पहिलो पटक एकअर्काविरुद्ध भिड्न लागेका हुन् । सो खेल खेलेर नेपालले एसिया कपमा पदार्पण गर्ने छ । गत हप्ता मात्र श्रीलङ्कामा भएको तीन खेलको शृङ्खलामा अफगानिस्तानलाई ३-० ले हराएर पाकिस्तान विश्व एकदिवसीय वरीयतामा नम्बर एक टिम बनेको थियो । बाबर आजमको नेतृत्वमा रहेको पाकिस्तानले एसिया कपमा सोही लयलाई कायम राख्न कोसिस गर्ने छ । नेपाल जिम्बाब्वेमा भएको आइसिसी विश्वकप छनोट–२०२३ मा सहभागी भएपछि एसिया कप खेल्दै छस जहाँ नेपालले अमेरिका र युएईलाई हराएको थियो भने जिम्बाब्वे र वेस्ट इन्डिज जस्ता ठुला टिमलाई कडा टक्कर दिएको थियो । पाकिस्तानविरुद्ध पनि सोही प्रदर्शन दोहो(याउने नेपालको प्रयास हुने छ । नेपालका कप्तान रोहितले सामाजिक सञ्जालमार्फत एसिया कपमा पहिलो सहभागितालाई सम्झनलायक बनाउने बताउनुभएको छ । उहाँले लेख्नुभएको छ, “सपना पूरा हुँदै छ तर चुनौती अझै छ । हामी एसिया कपमा पूर्ण रूपमा समर्पित भएर खेल्ने छौँ । टिम भावना, समर्पण र अथाह समर्थनले नेपालको नाम उच्च पार्ने छौँ ।” यसै गरी पाकिस्तान जानुअघि पनि रोहितले उच्च आत्मविश्वास देखाउँदै भन्नुभएको थियो, “पाकिस्तानविरुद्ध खेल्न उत्साहित हुनुका साथै मानसिक रूपमा पनि तयार छौँ ।” पाकिस्तानविरुद्ध कप्तान रोहितसँगै आसिफ सेख, कुशल भुर्तेल कुशल मल्लबाट रनको अपेक्षा हुने छ । पछिल्लो एक वर्ष हेर्ने हो भने विकेटकिपर ब्याट्सम्यान आसिफले एक शतक र पाँच अर्धशतकसहित नेपालका लागि सबैभन्दा बढी ६७३ रन बनाउनुभएको छ । कप्तान रोहित नेपालका लागि अन्तर्राष्ट्रिय एकदिवसीयमा सर्वाधिक रन बनाउने खेलाडी हुनुहुन्छ । उहाँले नेपालका लागि एक शतक र आठ अर्धशतकसहित एक हजार ४६९ रन बनाइसक्नुभएको छ । अलराउन्डर दीपेन्द्रसिंह ऐरी नेपाली टिममा एक्स फ्याक्टर क्रिकेटर पनि हुनुहुन्छ । एसिया कपमा नेपालको बलियो पक्ष भनेको एकजुट टिम नै हो । यस टिममा लामो समयदेखि एकसाथ खेलिरहेका खेलाडी धेरै छन् । कप्तान रोहितको नेतृत्वमा रहेको ब्याटिङ लाइनअपमा आसिफ, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह, आरिफ सेख जस्ता खेलाडी हुनुहुन्छ । नेपाली टिममा नवौँ क्रमसँग ब्याटिङ गर्न सक्षम खेलाडी छन् तर नेपाली ब्याट्सम्यानहरूले साहिद अफ्रिदी, जस्प्रित बुमराह, मोहम्मद सामी जस्ता तेज बलरको सामना गरेका छैनन्स जुन नेपालका लागि टाउको दुखाइ बन्न सक्छ । यसै गरी बलिङमा कप्तान रोहितलाई सात बलरको विकल्प छ । त्यसैले टिम सन्तुलित देखिन्छ । नेपालको सबभन्दा बलियो पक्ष भनेको स्पिनरहरू नै हुन् । सन्दीपको प्रदर्शनले धेरै हदसम्म नेपालको प्रदर्शन निर्धारण गर्ने छ । सन्दीपले सन् २०२३ मा मात्र ४२ विकेट लिनुभएको छ । अर्का स्पिनर ललित राजवंशी पनि विश्वस्तरीय बलर हुनुहुन्छ । यी दुई बलरमा जुनुसुकै टिमलाई पनि धराशायी बनाउने क्षमता छ ।  नेपालको कमजोरी भनेको तेज बलिङ आक्रमण हो । नेपालले लगातार प्रारम्भिक तेज बलिङ आक्रमणमा फेरबदल गर्दै आएकाले पनि यस पक्षमा नेपालको अस्थिरता थाहा हुन्छ । तर पनि पाकिस्तानविरुद्ध नेपालका प्रारम्भिक तेज बलरहरू सोमपाल कामी, करण केसीबाट चाँडै विकेटको अपेक्षा हुने छ ।  यसै गरी नेपालसँग ठुला टिमसँग खेलेको अनुभव पनि खासै छैन । अहिलेसम्म नेपालले खेलेका ५७ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमध्ये नेपालले तीन टेस्ट राष्ट्र जिम्बाब्वे, वेस्ट इन्डिज र आयरल्यान्डसँग मात्र खेलेको छ । नेपाल यी सबै खेलमा पराजित भएको थियो । पाकिस्तानको कुरा गर्ने हो भने सो टिममा कप्तान बाबर, प्रारम्भिक ब्याट्सम्यान फकर जमान, इमाम उल हक, मोहम्मद रिजवान, आगा सलमान र इफ्टिकार अहमद जस्ता एकसेएक ब्याट्सम्यान हुनुहुन्छ । अफगानिस्तानविरुद्धको शृङ्खलामा बाबर र इमाम शानदार लयमा देखिनुभएको थियोस जुन नेपाली टिमका लागि टाउको दुखाइ हुन सक्छ । साहिन सा अफ्रिदी, नसिम साह र ह्यारिस राउफको तेज आक्रमण नेपालका लागि ठुलो खतरा हुन सक्छ । नेपालविरुद्ध मोहम्मद नवाज र सादाब खानले स्पिन पक्ष सम्हाल्ने सम्भावना छ । नेपालले एसिया कपका लागि पाकिस्तानमै करिब एक हप्ता अभ्यास गरेको हो । नेपाल दोस्रो खेलमा समूह ‘ए’ मा रहेको अर्को टिम भारतको सामना गर्न भने श्रीलङ्का प्रस्थान गर्ने छ । नेपाल र भारतबिच भदौ १८ गते केन्डीमा खेल हुने छ । समूह ‘बी’ मा गत विजेता श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । दुवै समूहबाट दुई दुई टिम सुपर फोरमा पुग्ने छन् । सुपर फोरमा सबैले एकअर्कासँग खेलेपछि शीर्ष दुई स्थानमा रहने टिमबिच भदौ ३१ गते श्रीलङ्काको कोलम्बोमा फाइनल हुने छ ।