चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ ।   जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...

पोखरा:   स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा विभिन्न पार्टीका उम्मेदवारले आफ्नो प्रतिवद्धता सहित चुनावी प्रचारप्रसार तिव्र पारेका छन् ।  पोखरा महानगरपालिका १० मा नेकपा एमालेका उम्मेदवारले पनि मतदाता भेटघाट अभियानलाई व्यापक बनाएको छ । अध्यक्ष पदका उम्मेदवार पवित्रादेवी गुरुङ सहितको टोलीले बुद्धचोक, रक्षामार्ग, इन्द्रमार्ग, पिपलडाली लगायतको क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।  उक्त घरदैलो कार्यक्रमको केही अंश सुनगाभा न्यूजले तस्बिरमा समेटेको छ ।                                                

नुवाकोट, वैशाख २० गते । स्थानीय तह सदस्य निर्वाचनमा विदुर नगरपालिका–८ मा एकै परिवारका तीन सदस्यबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतिस्पर्धीहरू एकै आमाबुवाका तीन सन्तान हुन् भने उनीहरूले प्रतिनिधित्व गर्ने पार्टी भने फरकफरक रहेको छ ।   वडामा प्रतिस्पर्धा गर्न लागेका सहोदर दाजु, भाइ र बहिनीमा नेकपा एमालेका तर्फबाट खुला सदस्यमा सम्मरबहादुर रिमाल, गठबन्धनका तर्फबाट नेपाली काँग्रेसबाट महिला सदस्यमा देवकुमारी खड्का र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुला सदस्यमा ईश्वरबहादुर रिमाल हुनुहुन्छ ।   आमाबुवाका पाँच सन्तानमध्ये सम्मर जेठा र ईश्वर माइला हुनहुहुन्छ भने विवाहित देवकुमारी एक्ली छोरी हुनुहुन्छ । एकै परिवारका फरकफरक पार्टीबाट चुनावमा वडामै मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । दुई निर्वाचन केन्द्र रहेको विदुर नगरपालिका–८ मा तीन हजार ३३८ मतदाता रहेका छन् । गाेरखापत्रबाट साभार

काठमाडौँ, वैशाख २० गते । स्थानीय तह निर्वाचन, २०७९ मा हालसम्म ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । आयोगले सोमबार दिउँसोसम्म प्राप्त सूचनाका आधारमा ३५३ जना निर्वाचित भएको जनाएको हो ।   स्थानीय निर्वाचनको तयारीबारे जानकारी गराउन आयोजना गरिएको नियमित पत्रकार भेटघाट कार्यक्रममा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले हालसम्म ३५३ उम्मेदवार निर्विरोध निर्वाचित भएका र यो सङ्ख्या अझै बढ्ने बताउनुभयो । स्थानीय निर्वाचन २०७४ मा भने ४१२ उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए । सहायक प्रवक्ता अर्यालले निर्विरोध निर्वाचित भएको घोषणा गरिए पनि प्रमाणपत्र भने मतगणनापछि निर्वाचित उम्मेदवारसँगै हस्तान्तरण गरिने प्रस्ट्याउनुभयो ।    निर्विरोध निर्वाचित हुनेमा गठबन्धनतर्फका १९० जना छन् । गठबन्धनतर्फ नेपाली काँग्रेसबाट १०१, नेकपा (माओवादी केन्द्र)का ५४, नेकपा (एकीकृत समाजवादी)का ३४ तथा जनता समाजवादी पार्टी नेपालका एक उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का १२३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।    स्थानीय निर्वाचन २०७९ मा कुल ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदै छ । निर्विरोध निर्वाचित भएको पदमा भने मतदान हुनेछैन । आयोगका अनुसार हालसम्म १७० दलित सदस्यमा उम्मेदवारी परेको छैन । यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा १७६ दलित उम्मेदवारका लागि उम्मेदवारी परेको थिएन । ती स्थान रिक्त थिए ।   निर्वाचन ऐनबमोजिम देशभरिका सबै छ हजार ७४३ वडामा एक/एक जना दलित महिला सदस्य अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्था छ तर उम्मेदवारी नै नपरेपछि उक्त पद यस वर्षको चुनावबाट समेत रिक्त नै हुने भएको हो । सहायक प्रवक्ता अर्यालले उक्त सङ्ख्या अन्तिम भने नरहेको प्रस्ट्याउँदै बढ्न सक्ने बताउनुभयो । 

पोखरा:  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन धार्मिक एवं सांस्कृतिक चाडपर्वले महत्वपूर्ण योगदान दिएको बताएका छन् ।  मुस्लिम समुदायको पर्व ईद (इदुल फित्र) का उपलक्ष्यमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले यो पर्वले विविध धर्म, संस्कृति मान्ने सबै नेपालीबीच भातृत्व, प्रेम र एकताको भावना बढाइ समुन्नत, शान्त र समृद्ध मुलुक बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् ।    बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त विशेषता भएको हाम्रो मुलुक संविधानतः धर्म निरपेक्ष राज्य भए पनि धार्मिक सहिष्णुता अनुकरणीय रहेको मुख्यमन्त्रीले उल्लेख गरेका छन् । अरबी पात्रो हिजरी संवतअनुसार दसौं महिना (सौवाल) को पहिलो दिन मुसलमान समुदायले नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउने चलन छ ।   १ महिना (रमजान) भर बिहान सूर्योदयअघि र बेलुकी सूर्यास्तपछि मात्र भोजन ग्रहण गर्ने यो पर्वको आफ्नै विशेषता छ । आफूभन्दा कमजोर आर्थिक अवस्था भएकालाई दान गर्नु यो पर्वको मुख्य विशेषता हो । 

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा आइतबार कारको ठक्करबाट ज्यान गुमाएको बावु छोरीको पक्षमा न्याय माग्दै आफन्तहरुले सडक अवरुद्ध गरेका छन् । ठक्कर दिएर फरार रहेका कार चालक एन्जल बम मल्ललाई जिल्ला प्रहरी कार्यालयले पक्राउ नगरेको भन्दै करिब २ सय जनाको उपस्थितिमा पोखरा  २५ स्थित याम्दी पुलमा सडक अवरुद्ध गरेका हुन् ।   उनीहरुले यसअघि विहान जिल्ला प्रहरी कार्यालय कास्की अगाडी विरोध प्रदर्शन गरेका थिए ।  पोखराबाट पर्वततिर जाँदै गरेको ग ३ च ३५२५ नम्बरको कारले पोखरा आउंदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक कुश्मा नगरपालिका ४ का ४५ वर्षिय जितबहादुर पुनको आज उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो भने उनको १८ वर्षिया छोरी सविना पुनले आइतबारनै ज्यान गुमाएका थिए ।    मृतक परिवार तथा आफन्तहरुले फरार रहेको कार चालक एन्जल बम मल्ललाई पक्राउ गरि कारवाही गर्नुपर्ने र मृतक परिवारले उचित क्षतिपूर्ती पाउनुपर्ने माग राख्दै आएका छन्  ।

काठमाडौं, वैशाख १८ गते । स्थानीय तह निर्वाचनअन्तर्गत महानगरपालिका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले साढे सात लाख खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले जारी गरेको खर्च सीमामा सो कुरा उल्लेख छ ।   महानगरका प्रमुख र उपप्रमुखले मतदाता नामावली खरिद गर्न एक हजार रुपियाँ खर्च गर्न पाउने छन् । त्यस्तै, सवारी साधन–घोडामा साढे एक लाख रुपियाँ र घाेडाकाे दानामा ४० हजार रुपियाँ खर्च गर्न पाउनेछन् । त्यस्तै गोठी–कार्यकर्ता परिचालनका लागि एक लाख ३९ हजार रुपियाँ र कार्यालय सञ्चालन गर्न एक लाख रुपियाँ खर्च गर्न पाउने भएका छन् ।   त्यस्तै, वडाअध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्यक सदस्यले तीन लाख खर्च गर्न पाउने आयोगले जनाएको छ । आयोगका अनुसार उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले साढे पाँच लाख खर्च गर्न पाउने छन् ।   उपमहानगरपालिका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले सवारी साधान–घोडाका लागि एक लाख दश हजार रुपियाँ खर्च गर्न पाउने छन् । साथै गोठी–कार्यकर्ता परिचालन र छाप एवम् विद्युतीय माध्यम अन्य प्रचारप्रसारका लागि एक–एक लाख रुपियाँ खर्च गर्न पाउने छन् ।   त्यस्तै, वडा अध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्यक सदस्यले साढे दुई लाख रुपियाँ खर्च गर्न पाउने छन् ।   यसैगरी, नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले साढे चार लाख रुपियाँ खर्च गर्न पाउने छन् भने वडा अध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्यक सदस्यले दुई लाख रुपियाँ खर्च गर्न पाउने व्यवस्था छ ।   गाउँपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले साढे तीन लाख रुपियाँ र वडा अध्यक्ष, वडा सदस्य महिला र दलित वडा अल्पसङ्ख्यक सदस्यले डेढ लाख रुपियाँ खर्च गर्न पाउने छन् ।

पाेखराः शनिबार निर्वाचन आयोग कास्कीको कार्यालय अगाडी प्रदर्शन गरेको विषयलाई लिएर अटेरी अभियानका अभियन्ता अशोक खड्कालाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ ।    खड्कालाई निर्वाचन अधिकृतको आदेशमा पक्राउ गरिएको अभियानका परिकल्पनाकार एवं पोखरा महानगरपालिकाका मेयर प्रत्यासी गनेस पौडेलले जानकारी दिएका छन् ।    खड्का पक्राउ परेका पुष्टी गर्दै जिप्रका कास्कीका डिएसपी सुन्दर तिवारीले आयोगले पक्राउ गर्नु भनि पठाएको पत्रको आधारमा नियन्त्रणमा लिएको बताए ।  निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ उल्लंघन गरेको पत्रको आधारमा खड्का पक्राउ परेका हुन् ।    यस विषयमा खड्काले माफी मागे र आयोगले माफी दिएको खण्डमा बाहेक कानुन बमोजिम कारवाही हुने जिप्रका कास्कीले जनाएको छ । अभियानका मेयर प्रत्यासी पौडेलले भने चुनाव चिन्ह लौरो नदिने भन्ने विषयमा प्रदर्शन हुँदा आक्रोशमा बोलेको विषयलाई लिएर अभियानको चुनावी प्रचार प्रभावित पार्न खोजिएको प्रतिक्रिया दिएका छन् ।   ‘हामीलाई हिजैदेखि चुनाव चिन्ह दिने, पछि फेरी लौरो नमिल्ने भन्दै अनावश्यक तनाव दिने काम भइरहेको थियो’ पौडेलले भने ‘आज आएर अभियानलाई नै प्रभावित पार्न धरपकड सुरु गरिएको छ ।   

काठमाडौं:  २९ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा सरकारले धिरज प्रताप सिंहलाई नियुक्त गरेको छ ।   आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिंहलाई आईजीपीमा बढुवा गरेको हो ।  यसअघि शैलेश थापा क्षेत्री महानिरिक्षक थिए । उनी ३० वर्षे सेवा अवधि पुरा गरेर आइतबार मध्यरातबाट अवकाश भए । 

चितवन: बाघको आक्रमणबाट पूर्वी चितवनमा एक पुरुषको मृत्यु भएको छ ।   मृत्यु हुनेमा खैरहनी नगरपालिका–१३ का ६५ वर्षीय नारायण दाहाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो ।   कार्यालयका सूचना अधिकारी नरहरी अधिकारीका अनुसार आज बिहान घर नजिकै रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनको राप्ती घाँसे मैदानमा घाँस काट्न जाने क्रममा दाहाललाई बाघले आक्रमण गरेको थियो ।   उनका अनुसार दाहाललाई बिहान ८ बजे बाघले आक्रमण गरेको थियो । आक्रमणमा परेका दाहालको घटनास्थलभन्दा एक किलोमिटर पर शव भेटिएको कार्यालयले जनाएको छ ।