काठमाण्डौको बूढानीलकण्ठ नगरपालिकाले परीक्षामार्फत् प्रधानाध्यापक नियुक्त गर्ने
काठमाडाैं | साउन ७, २०८०
काठमाण्डौ: काठमाण्डौको बूढानीलकण्ठ नगरपालिकाले परीक्षामार्फत् प्रधानाध्यापक नियुक्त गर्ने भएको छ ।
नगरपालिकाले प्रधानाध्यापक नियुक्तिका लागि साउन १८ गते परीक्षा गर्ने गरी तालिका सार्वजनिक गरिसकेको छ ।
बूढानीलकण्ठभित्रका सामुदायिक विद्यालयहरूमा कार्यरत स्थायी शिक्षकहरूले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
आवेदकले आधारभूत तहको लागि स्नातक तह वा सो सरह उतीर्ण गरेको र माध्यमिक तहको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
त्यस्तै सम्बन्धित तहको शिक्षक पदमा कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको व्यक्तिले प्रधानाध्यापकमा आवेदन दिन पाउनेछन् ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

